सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

नेपाल तो धोतीय धोतीय छ

सवयी खाली बोल्छ मात्र, ट्वारट्वार। पोखरियामा बस्ने वो भ्याकुताजस्तो, ट्वारट्वार, ट्वारट्वार... । अनि कसैले वो रामरो काम- बाम गर्‍यो भने स्याबासी तो कहाँ दिन्छ ? वो के छ पिछाडी से खुट्टा मात्र तानिलिन्छ ।

Nepal Telecom ad

विश्व शाक्य :

एकदिन कामविशेषले म पार्दीतिर गइरहेको थिएँ । बाटामा चना चटपट बेच्ने धोतीभैया कराइरहेको सुनेँ- “चनाचटपट, चनाचटपट ।” त्यो बोली मैले कताकति सुनेको, परिचितझै लाग्यो । नभन्दै चनाचटपट बेच्ने त्यो मान्छे धोतीभैया रामखिलावन रहेछ । उसले मलाई देख्नेवित्तिकै भन्यो- “ओ दाजु नमस्कार ! हजुर शाक्य दाजु हो न ? पोहर दसहरा में जो भेट भएको थियो ।” “अरे भैया, रामखिलावन ! तिमीले मलाई पहिचान लियौ ?” मैले ठट्टयौलो पारामा भनेँ ।

“हजुरको कहाँ बिर्सिलिन्छ ?” उसले परिचित भाषामा भन्यो ।

“अनि के तिमी उबेलादेखि यहीँ थियौ ?” मैले जिज्ञासा राख्दै सोधेँ- ‘अनि के छ ? तिमीले फेरि सादीवादी गौ कि क्या हो ? अस्ति नै एकपटक कता हो न्युरोडतिर हो कि कता हो देखेको थिएँ । एउटी नेपाली केटी पनि थिई । तिमीले पहाडी केटीसँग बिहे गर्‍यौ कि क्या हो ?”

“अरे शाक्य दाजु ! उबेला दसहरा में हजुरके दोकान में आयो न उस् वक्त तक सादीवादी भएको थियोन । ओ एकोदिन के बात भयो, म यस्तै चना चटपट बेच्दै थियो । ओ नया सडक में एकथो सिनेमा हल छ न, के नाम छ त्यसको, हाँ वहाँ एकोदिन राममायासँग भेट भयो । ऊ चनाचटपट निकैय मनपराउँछ । उसलाई धेरैय पटक मुफत में पनि दियो । एकोदिन के भएछ कि दाजु, मसँग लिएर गएको चनाचटपट बेलुकी खाइलिएछ । उस रात में के भै लिएछ, मसँग सादी-वादी भएको सपना वपना देखिलिएछ । बस्, तब तो के थियो रातयभर छटपटछटपट भैलिएछ। ऊ सोनै सकेन। के छ न भोलि जब उसले यी बात कहिलियो तब मैले पनि झपाक से भनिलियो- “हेर राममाया ! तिमी मसँग सादी करी लिन्छ ? हमार तराई में ढेर सारी जमीन वमीन छ, बर्सात में पानी पानी भैलिन्छ वस् त्यत्तिमात्र हो । तब तो राममायाले भन्यो- “हुन्छ म तिमीसँग विवाह गर्छु । अनि त हाम्रो सादी भै लियो ।”

उसका कुरा सुनेर मैले हाँसो थाम्न सकिनँ । मैले हाँस्दै भनें- “एऽऽ त्यसोभए रामखिलावन, तिमीले राममायालाई चनाचटपट ख्वाएर रातभर छटपट पारेर झटपट बिहे पनि गरेछौ हगि ? अनि तिम्रो त्यो पोहोर इन्डिया पोइल गएकी स्वास्नी फर्केर आईभने के गछौं ?”

“के गर्ने दाजु ? हमार ओ मर्चबार में तलको बडका छिमेकी ने अपना जमीन में जो यँचा बाँध लगादिया ना तब से पूरा मर्चवार पानीय पानीय भैलियो । बडका सँग कौन कराइबो ? त्यो इन्डिया पोइल गएको स्वास्नी आयो भने उसलाई त्यही पानी मुनिया जो जमीन छ न उसी में बस भन्ने, अरु के भन्ने ?” “अनि दाजु आईसी होला नि ।” उसले आत्मीयतापूर्वक भन्यो- “हजुरसँग वो “के आईसी ?” मैले बुझेर पनि नबुझेझै गरेर सोधेँ- “आईसी नोट चाहिन्छ भने बैंकमा जाने नि, बैंकमा जति भने पनि पाइहालिन्छ नि । हामीसँग कहाँ आईसी हुनु ? तिमीले त हामीलाई पनि धोतिया नै मान्यौ कि क्या हो ?”

“लऽऽ… शाक्य दाजु हजुर गजबको बात करलिनुहुन्छ । नेपाल में आईसी नोट कहाँ पाइँदैन ? ओ खाली सिसी बोतलतस्तै हो । वह हिमालदेखि तराईयैसम्म जहाँ पनि पाइलिन्छ । दाजु गजब बात करलिनुहुन्छ । बरू बैंकमा आईसी पाइन्दैन, यहाँ हरमान्छे, हर दोकानवा में जहाँ पनि पाइलिन्छ । हजुर कस्तो बात करलिनुहुन्छ ?”

“कस्तो बात भन्ने नि अब, यस्तै बात नि । मैले पनि उसलाई जिस्क्याउँदै भनेँ- “तिमी धोतीले पो धोतीधोती बात करिलिन्छ । यहाँ पहाडमा बसेर धोती, आईसीको कुरा गर्छ ।”

“अरे दाजु ! आईसीको कुरा मात्र होइन, यहाँ नेपाल में तो सबैया बात धोतीय धोतीय छ । हजुरको वो छ न आलु, प्याज टमाटरदेखि सबैय बात धोतीय छ ।”

“के धोतीय छ ?” मैले उसलाई उक्साउँदै भनें- “मूला ! तिमीले हामीलाई पनि धोती बनाइदियौ । तिमीहरूले ल्याएका आलु, प्याज, टमाटर र चना चटपट खायो भन्दैमा हामी पनि धोती हुन्छौँ कि क्या हो ?”

“उ बात होइन दाजु ।” उसले स्पष्ट पार्ने कोसिस गर्दै भन्यो- “यहाँको पहाडी मान्छे छ न हामीको धोती बोल्छ, हाँ वो तो ठीकई छ । हामी तराई में धोती लगाउँछ, हामीलाई धोती भनिलियो वो बात ठीक छ तर यहाँ त नाम मात्र पहाडिया छ सब तो धोतीय धोतीय छ । सबथोक धोतीय धोतीय तो कर्छ ।”

“कस्तो धोतीय धोतीय छ ?” मैले अलि झर्केझै गरेर भनेँ “तिमी मोराले यस्तैयस्तै कुरा गछौ र त झोँक चलेर आउँछ ।”

“ओ झोँक भनेको के छ दाजु ?” उसले अनभिज्ञता जाहेर गर्दै सोध्यो । “के हुनु नि, तेरो टाउको…!” मैले पनि झिजो मान्दै भनेँ- “यार तिमी धोतीभैया । त्यति धेरै कुरा जानेको छ आफू झोँक भनेको थाहा छैन । कुनै दिन कसैको झोँकको फन्दामा पर्छ अनि थाहा पाउँछ झोँक भनेको के हो ?”
“वो के छ कि दाजु, हजुरको पनि थाहा छैन ।” उसले पनि मलाई अल्झायो ।

“के थाहा छैन ?” जिज्ञासु भएर मैले सोधेँ ।

“वही, वो जो नेपाल छ न…” उसले आफ्नो कुरा स्पष्ट पार्ने प्रयास गर्दै भन्यो- “वो तो नाम मात्र के छ । अरु तो सबैय धोतीय धोतीय छ ।” “मोरो धोती ..!” मैले जिस्किदै भनेँ “याँ पहाडमा बसेर मजासँग पैसा कमाइरहेको छ भन्दाखेरी भने सबैय धोतीय धोतीय छ भन्छ । के धोतीय छ यहाँ ? तिमीले के धोतिय देख्यौ यहाँ ?”

“लऽऽ..! सबैय त धोतीय धोतीय छ ।” उसले दृढताका साथ दोहोर्‍याउँदै भन्यो- “सबैय त धोतिया धोतिया छ । वो आलुप्याजवाला छैन वो धोतिया छ । वो खाली सिसी बोतल वाला छैन वो भी धोती छ । वो बाटो बनाउनेवाला वो भी धोतिया छ । हजुरको वो खाने को सामान से लेकर वो लगाने का कपडा- वपडा सबैय धोतीय धोतीय छ । बाहर लगानेवाला कपडा के बात छोड्लेनुस् दाजु, तपाईं और भाभीजी के वो भित्र लगाउने चड्डीबड्डी जो छ न वो भी धोतिया छ । पेटके भीतर से बाहरी शरीरतक का, शिर से पाउतक सब धोतीय धोतीय छ ।”

मुखले पनि बोल्दैछ हातले पनि चनाचटपट बनाउँदै छ । ग्राहकलाई चनाचटपट दिइसकेपछि उसले पुनः आफ्ना कुरा चालू गर्दै भन्यो- “वो के छ कि दाजु ! हामीलाई तपाईंहरू मधिसे, धोती भनिलिन्छ । और यो पनि भनिलिन्छ कि धोतिया नेपालको खा लियो । अरे दाजु धोतिया नेपालको के खा लियो ? जबजब नेपाल में सङ्कट परिलिन्छ वही धोतिया तो नेपालको बचाइलिन्छ । अब हेरिलिनुस् न नेपाल में वो २०४६ साल में आन्दोलन भयो न उस टायम में धोतीया नेता नेपाल में आएर भाषण-वाषण करिलियो । नेपालका सब नेता एक हो लियो और भन्छ, नेपाल में पर्जातन्त्र आइगयो । भन्छ ऊ ७ साल में भी तस्तै भयो । अहिले पनि तस्तै हुन्छ । तर के भयो कि दाजु ! ? नेपाल में पर्जा ती चाहरीका वहीं रह गयो तन्त्र तो बदलिएको बदलियै छ । वही भएर नेपाल आज तस्तो छ । सधैय पर्जातन्त्रके लिए हडताल, बन्द, चक्काजामका मन्त्र लेनि पढ्यो । अब दाजु तपाई नै भनिलिनोस् धोतीभैया तपाईंको के बिगारी लियो ? ऊ त तपाईयहरूको नचाइरहेको छ, बचाइरहेको छ ।”

चपाइरहेको पान थुक्दै उसले मतिर हेरेर भन्यो- “तपाईंके एउटा कुरा भनौं दाज्यू ?”

“भनन” मैले भनेँ ।

उसले फेरि खार्दै भन्यो- “तपाईं रिसाउनु त हुन्न ?”

“के भन्नुपर्ने हो धोती खुरुक्क भनन” मैले भनेपछि उसले मजाले पान चपाउँदै भन्यो- “हामीको के लाग्छ कि दाजु यहाँ तो नेता पनि छैन देवता पनि छैन । सबै तो उहीं धोतीया में छ । हिन्दू अधिराज्य कहलिने से के भयो सवैय देवीदेवता त उतै छ । एउटा बुद्भगवान् जो छ ऊ नेपाल को तराई में हमार वो मर्चवारके आसपास जन्म लिएको थियो । अहिले त भन्छ, ऊ पनि इन्डिया के उडीसा में जन्म लिएको। अब भन्नुस् यहाँ सबैय धोतीय नभए के हुनछ ?”

“त्यै भएर त भनेको, जिउँदो नेपालीलाई मरेको धोतीले पनि ठग्छ भनेर ।” मैले आफ्ना कुरालाई पुष्टि दिन भनें- “तिमीहरू पस्दाखेरी सियो भएर पस्छौ, एउटा लोटा लिएर बस्छौ अनि निस्कँदा हात्ती भएर निस्कन्छौ ।” “हामी के ठगिलिन्छ दाजु ?” उसले दिक्क मान्दै भन्यो- “हामी त आफ्नो मिहिनत करिलिन्छ, आफ्नो कामवाम करिलिन्छ, वो पनि मुस्किल छ । वो के छ भने दाजु, जो पनि आउँछ ‘साले धोती’ भन्छ और मोफत् में मुमफली खाइलिन्छ ।”

“अरे धोतीभैया !” मैले पनि थपेँ “तिमीहरूको अलिकति मुमफली र चनाकेराउ मात्र खाइदिया छ, हामीलाई त ठूला माछाले साना माछालाई निलिदियाझैँ निल्नु निलिसक्या छ ।”

“दाज्यू, हजुरहरूको के निल्नु ?” उसले कुरा समाउँदै भन्यो- “वो जो माछा भए पो निल्नु । यहाँ तो सबयी भ्याकुताजस्तो छ । भ्याकुता, वो भ्याकुताको के निल्ने ?”

“मोरो धोतीभैया, सोझो मान्छे भनेको त यहाँ बस्दाबस्दा कुरा पनि बेस्करी जान्ने भैसकेछ ।” मैले जिज्ञासा राख्दै भनेँ “यसले त झन् उल्टै हामीलाई नै भ्याकुतो बनाउँदो पो रहेछ । तिमीले यस्ता कुरा कसरी सिक्यौ हँ ?“ “के सिक्नुपर्छ जानिहाल्छ नि, यहाँ सवयी भ्याकुता तो छ नि ।” उसले निश्चिन्तताका साथ भन्यो- “सवयी खाली बोल्छ मात्र, ट्वारट्वार। पोखरियामा बस्ने वो भ्याकुताजस्तो, ट्वारट्वार, ट्वारट्वार… । अनि कसैले वो रामरो काम- बाम गर्‍यो भने स्याबासी तो कहाँ दिन्छ ? वो के छ पिछाडी से खुट्टा मात्र तानिलिन्छ । अनि भन्छ- “धोती हामीको खाइलियो ।” अनि भ्याकुता भएन ?” “हाँऽ…हाँऽऽ… धोतीभैया ! अहिले भने तिमीले ठीक कुरा भन्यौ ।” मेरो प्रतिक्रियामा ऊ मख्ख पर्‍यो ।

०००
‘मिस्टर मोमो’ (२०६५)
२०५९ भदौ ९, पोखरा ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
देखाउने कुरा

देखाउने कुरा

रामप्रसाद अर्याल अभिराम
जन्मोत्सव

जन्मोत्सव

भोलानाथ सुबेदी
अर्थशास्त्र

अर्थशास्त्र

सञ्जय साह मित्र
टाउकोमा टुटिलो

टाउकोमा टुटिलो

मुक्तिनाथ शर्मा
सत्य मर्दैन

सत्य मर्दैन

अशोककुमार शिवा