साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अर्थशास्त्र

“विचार गरेर आफैँ बुझ्नुपर्छ” सरको झर्को स्वरमा नबुझ्ने जवाफ सुनेपछि आफैँले विचार गरेँ- तर्क सिक्ने तर्क शास्त्र, लाजसरमको सर्मशास्त्र र धर्मको धर्मशास्त्र जस्तै अर्थ सिकाउने अर्थशास्त्र ।

Nepal Telecom ad

सञ्जय साह मित्र :

कन्सिरीको रौँलाई मास्टर साहेबले समातेर टाउकोको डाँडातिर घुमाउँदा दिउँसै तिरिमिरी झ्याइँ तिनतारा देख्ने म एक्लो विद्यार्थी थिएँ । नानीदेखिको बानी थियो । जुन दिन कुनै मास्टर साहेबले यसो गर्दैनथे, मेरो टाउको दुख्थ्यो । टाउको यसकारण दुख्थ्यो कि म बुझ्थेँ आज मास्टर साहेबलाई कुनै समस्या भएछ ।

शब्द र अर्थ कहिल्यै याद हुँदैनथ्यो । कहिलेकाहीँ गालामा चड्कन चिउरा त कहिले ढाडमा मुक्का परीक्षण त कहिले कुखुरी काँ गर्नुपर्ने मूल कारणै यही थियो । अझ उल्टो अर्थ, उही अर्थ, सङ्केत अर्थ के के हो, अर्थ न बर्थका व्यर्थका कुरा सोधेर मलाई अभिमन्यु झैँ चक्रव्यूहमा पार्नुहुन्थ्यो सरहरू । बाँकी कुरामा त ठिकै थिएँ । यो शब्द र अर्थ भनेपछि म बुझ्थेँ- कुनै जयन्ती होओस् कि दिवस, मेरो मरम्मत जयन्ती अवश्य हो ।

कक्षाकोठामा दिनहुँ नेप्से परिसूचक जस्तो इज्जत ओरालो लाग्न थालेपछि स्कुल हुँदै गाउँसम्म परिचर्चा पुग्नु स्वाभाविकै हो । एक दिन हिम्मत जुटाएर सोधेँ- कुन किताब पढ्दा मलाई सबै अर्थ आउँछ ?

“विचार गरेर आफैँ बुझ्नुपर्छ” सरको झर्को स्वरमा नबुझ्ने जवाफ सुनेपछि आफैँले विचार गरेँ- तर्क सिक्ने तर्क शास्त्र, लाजसरमको सर्मशास्त्र र धर्मको धर्मशास्त्र जस्तै अर्थ सिकाउने अर्थशास्त्र । सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरे झैँ मलाई भयो ।
मलाई लाग्यो- मेरो दिमाग महान् छ । दिमागमा चेतनदीपको रूपमा बलेको अर्थशास्त्र किन्न म दौडेँ पसलतिर ।

०००
रौतहट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पागलको पनि पापी पेट हुन्छ

पागलको पनि पापी पेट...

सञ्जय साह मित्र
परिधानको भद्र आन्दोलन

परिधानको भद्र आन्दोलन

सञ्जय साह मित्र
दुइमुखे म

दुइमुखे म

सञ्जय साह मित्र
हात्ती पाटी

हात्ती पाटी

सञ्जय साह मित्र
नागरिकता

नागरिकता

सञ्जय साह मित्र
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x