साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रुद्रकलि र खगेन्द्रलाई बिदाइ

मुर्दा शान्ति छ देशमा गजबको खाने र लुट्ने क्रम हाम्रा पुत्र कलत्र खेदिन पुगे बेचिन्छ हाम्रो श्रम यस्तोमा अब भूमिका अघि बढोस् तिम्रो छ त्यो योग्यता हाम्रा ती बलवाहु जो अनिकझैँ सम्बन्ध जोड्नु उता ।

Nepal Telecom ad

घनश्याम रेग्मी :

जाऊ रुद्रकलि खगेन्द्र मरुमा हाम्रा युवा छन् जता
लाखौँ हन्डर खानु पर्दछ सधैँ बस्दा र बाँच्दा यता
यस्तो कष्ट सहेर बस्नु न निको सम्मान होला उता
कैयौंपल्ट मरेर बाँच्नु छ यहाँ भोग्दै सयौं दासता ।१

बेचिन्छन् दिनरात भूमि र नदी हाम्रा युवा स्वार्थमा
चेलीका करुणा कथा हृदयका कारुण्यता बाध्यता
यस्तो देश भयो कि पारि नगए चल्दैन मानो यता
भ्रष्टाचार बढेर ढाकिन गयो अग्लो सबै स्वच्छता ।२

मुर्दा शान्ति छ देशमा गजबको खाने र लुट्ने क्रम
हाम्रा पुत्र कलत्र खेदिन पुगे बेचिन्छ हाम्रो श्रम
यस्तोमा अब भूमिका अघि बढोस् तिम्रो छ त्यो योग्यता
हाम्रा ती बलवाहु जो अनिकझैँ सम्बन्ध जोड्नु उता ।३

जाऊ भन्न थिएन कत्ति मन यो सन्तानलाई उता
निर्धो राज्य भएर हो कि किन हो सारा युवा छन् उता
हाम्रो राष्ट्रिय स्वाभिमान बलियो हुन्थ्यो भने सन्तति
आफ्नै यो घर देशमा सब बसी गर्ने थिए उन्नति ।४

०००
हाल बैजनाथ १, चिसापानी, बाँके

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाकाहरूबाट सिकाैँ (६)

पाकाहरूबाट सिकाैँ (६)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (५)

पाकाहरूबाट सिकाैँ (५)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (४)

पाकाहरूबाट सिकाैँ (४)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकाैँ (३)

पाकाहरूबाट सिकाैँ (३)

घनश्याम रेग्मी
पाकाहरूबाट सिकौँ (२)

पाकाहरूबाट सिकौँ (२)

घनश्याम रेग्मी
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x