मुक्तिनाथ शर्माटाउकोमा टुटिलो
आखिर पसलेकै सरणमा पर्न बाध्य भइयो । परियो । त्यो पनि कति किन्ने ? किन्ने बजेट पनि हुनपर्यो नि । आफ्ना देशमा नफल्ने जात । किन्न पनि महङ्गो मूल्य । भ्याट कर मुनाफा गर्दा गर्दा महङ्गो अति नै । जे भए पनि त्यो त नभै नहुने ।

मुक्तिनाथ शर्मा :
अचेल मलाई बाहिर जान पटक्कै मन लाग्दैन । कारण के भने मान्छे अनेक तवरका देखिने । कोही अङ्गालो मारेर हिँडेका देखिन्छन् । कोही कता कता हात पुर्याएका हुन्छन् त कोही नसुहाउँदो फेसनमा पनि देखिन थालेका देखिन्छन् । नयाँ राम्रो लुगा कैचीले काटेर प्वाल पारेर लाउने पनि देखिन्छन । कस्लाई देख्नेलाई लाज जस्तो अवस्था ।
घरभित्र त उकुसमुकुस छ छ बाहिर झनै साह्रो हुने । कसैलाई भनौँ भनौँ हुन्छ । तर पनि उचित पात्र पाउन गाह्रो छ । यस्तै यस्ता कुरा मनमा आइरहेका बेलामा मिश्रमामा टुप्लुुक्क उदाउनु भो । अलिकति राहत हुने आशामा म पुगेको हुँ । तर मामा झनै तनावमा भएको अनुमान भइहाल्यो । मैले मनमनै भने आज मामा तनावमा हुनुहुन्छ ।
उसो त मिश्रमामा गतिलो पोसाकमा कहिल्यै देखिनु भएको होइन । सधैँ मड्किएका मैला पुराना लुगामा देख्ने गरेको हुँ मैले । बेसार बेच्ने बेसारेको पोसाकको अवस्था जोसुकेले अनुमान । गर्ने कुरै हो । झन् आज त व्यथा थपिए छ । थपिएको टाउकोको व्यथा के हो भने “टाउकोमा टुटिलो” ।
टुटिलो साधारण खालको होइन । अनौठाको पो हो त । यसो हेर्दा सोह्र वर्षेको छातीको टुटुलो जस्तो जस्तै । तर त्यो ठ्याक्कै हो्इन । दाइ गरेर खलामा थुपारिएको धानको रास जस्तो त्यो पनि होइन । हिमाली डाँडाको थुम्को जस्तो त्यो झन् हुँदै होइन । टुटिलो त अप्ठेरो ठाउँमा हुने पिलो जस्तो पो देखियो । कपालले छोप्न खोजेको तर नछोपिएको देखियो । निधारमा यस्तो मांसपिण्ड देख्दा अनौडो नै लागेर आयो ।
के हो मामा यो भनेर सोध्न पनि,सकिन तर स्पष्ट जान्न भने मनले अह्राइरह्यो ।
आखिर नसोधी बस्न सकिनँ । भनेँ “यो के हो मामा ?”
मिश्रमामालाई अप्ठेरो लागेछ टोपी मिलाएर छोप्न खोज्नु भो । तर छोपिएन त्यो हान्ने । चोली उठाउन खोजे जस्तो । उठाएरै, हेर्यो । मामाले अँठ्याएर दबाउन खोज्नु भो के दबिन्थ्यो दबिएन । न भन्न पनि नहुने । यस्तैलाई हो क्यारे “बोल बोल मछली मुखभरी पानी” भनेको ।
म जवाफको पर्खाइमै बसेको देखेर मामा भन्न थाल्नु भो – त्यो डाम्नुलाई आफैँ उत्पादन गर्न भनेर नलागेको होइन । कति पटक पोका बनाएर बारीमा घुसारे उम्रनै जानेन । घुसारेर नहुँदो रहेछ भनेर घैया छरेझैँ छरे उम्रेन । खोजी गरे हाम्रै देशमा छ भन्छन् । तर सरकार खोजी गर्दैन । आखिर पसलेकै सरणमा पर्न बाध्य भइयो । परियो । त्यो पनि कति किन्ने ? किन्ने बजेट पनि हुनपर्यो नि । आफ्ना देशमा नफल्ने जात । किन्न पनि महङ्गो मूल्य । भ्याट कर मुनाफा गर्दा गर्दा महङ्गो अति नै । जे भए पनि त्यो त नभै नहुने ।
बिहाना खाना खान बसेको थिएँ, दाल त खानै नहुने जस्तो पो रहेछ । भान्छेतिर यसो हेरेर के सोध्दै थिएँ एक्कासी डाँडु डाम्नु टाउकोमा आइपुग्यो भाञ्जा !
अब यस्तै खाने बानी बनाउन पर्यो मामा ! भन्न खोज्दै थिए, मामा त चुपचाप जुरुक्क उठेर सरासर आएकै बाटो तताउन पुग्नु भो ।
०००
बानेश्वर, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































