साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धरोधर्म गर्छु (२५)

जन्माउँदै नयाँवाद गाउँगाउँ डुलाउँछु हल्लखल्ल चलाएर गाउँबासी भुलाउँछु । नयाँवाद नयाँकर्म पेटपाल्ने नयाँ कुरा हत्तपत्त बनाएर बोल्छु सुर्नेर पाखुरा ।

Nepal Telecom ad

डिल्लीप्रसाद मुलतिहुन :

नानाथरी बिगो गर्दै जेल पर्दै र निस्कँदै
गर्नसक्ने उँभो उक्ले इमानी जन कुल्चदै । (२८६)

इमान्दार पुगेमाथि बाधा पर्छ विकासमा
सोझा सोझ्याउने बाङ्गो नीति चाहिन्छ देशमा । (२८७)

जुरुक्क निमुखा बोक्ने नारा लिएर आउँला
सेवा गर्ने अझै अर्को पारा लिएर आउँला । (२८८)

सर्वहारासँगै नारा दिन्छु समाजवादको
कुर्सी मोह छ आत्मामा चाख्ने इच्छा छ स्वाद त्यो । (२८९)

भन्न मिल्दैन यो आत्मा चाह गर्छ नयाँनयाँ
म गोप्य योजना भोलि लागु गर्नेछु देशमा । (२९०)

आजै गोप्य कुरा खोल्दा योजना हुन्छ निष्फल
त्यसैले गोप्यतातर्फ मैले गर्छु सधैँ बल । (२९१)

श्रम गर्न नजान्दै म श्रमजीवी स्वयं भएँ
अर्काकै श्रममा बाँच्ने जुक्ति सिकेँ उँभो गएँ । (२९२)

खोसेर जीविका गर्ने आफ्नो सिद्धान्तमा हिडेँ
सत्य निष्ठा सबै फ्याँकी निर्धा सोझाहरू गिडेँ । (२९३)

यसरी नाङ्गिँदै जानू अहो ! भाग्य म ठान्दछु
अत्याचार दुराचार भन्ने धर्म म मान्दछु । (२९४)

सेवा नै धर्म हो भन्ने कुरा विश्वास गर्दिनँ
सेवा गर्न त्यसैले म कतै अगाडि सर्दिनँं । (२९५)

खान्छु किसानको अन्न आफ्नो धर्म निभाउँछु
माया किसानको गर्न बोरा लिएर आउँछु । (२९६)

सोझाका पसिना चाख्न पाए आनन्द आउँछ
हाम्रा किसानको खेती बारीतिरै हराउँछ । (२९७)

केही काम नपाएमा ब्यवस्था फेर्न खोज्छु म
विध्वंशको नयाँ बाटो मौका हेरेर रोज्छु म । (२९८)

जन्माउँदै नयाँवाद गाउँगाउँ डुलाउँछु
हल्लखल्ल चलाएर गाउँबासी भुलाउँछु । (२९९)

नयाँवाद नयाँकर्म पेटपाल्ने नयाँ कुरा
हत्तपत्त बनाएर बोल्छु सुर्नेर पाखुरा । (३००)
क्रमशः

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
कति मर्नु ?

कति मर्नु ?

डिल्लीप्रसाद मूलतिहुन
जान्दछौँ

जान्दछौँ

डिल्लीप्रसाद मूलतिहुन
राम्रो पाठशाला

राम्रो पाठशाला

डिल्लीप्रसाद मूलतिहुन
देउ पैसा

देउ पैसा

डिल्लीप्रसाद मूलतिहुन
देख्छस् डिल्ली तँ (२)

देख्छस् डिल्ली तँ (२)

डिल्लीप्रसाद मूलतिहुन
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x