साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कृषिप्रधान देश र झापडको खेती

के नेता, के नेताको झोला बोक्ने कार्यकर्ता ? सबैका लागि ‘झापड’ निक्कै लोकप्रिय भएको छ । नहोस् पनि किन ? झापड खाएर देशकै प्रधानमन्त्री हुन पाइँदो रहेछ भने झापड को महत्त्व किन नबढोस् ?

Nepal Telecom ad

विश्व शाक्य :

हाम्रा बाजेले पछि छोरा नातिका पालामा केटकेटीले चामल खान पाउने छैनन् भनेर मुरी बीसएकैको खेत किनिदिनुभा’रैछ । हाम्रा बाजे आफैँले ती खेतमा मजाले मुरी बीस पच्चीसै धान फलाउनु हुन्थ्यो रे । हाम्रा बाउ हुने पुग्नेका छोरा भएर हुन् वा जाँगर हराएका मोरा भएर हुन् खेतीपातीतिर लाग्दै लागेनन् । भएका ती गहिरी खेत पनि कताकताबाट ल्याइएका माटो थुपारेर मैदान बनाएका छन् । हाम्रा बाउ फूटबल प्रेमी रहेछन् कि भनेको त होइन रहेछन्, हाम्रा बाजेले पसिना छरेर सुनजस्ता धान फलाएको त्यो खेत अहिले मैदान बनाएर चिराचिरा पारेर बेच्दै क्यासिनोमा जुवा खेल्न पो रहेछ ।

यो मेरो बाउको कुरा मात्र होइन । हुतिहारा धेरैजसो बाउछोराको यही हाल छ । सुन फल्ने खेतमा नून दल्ने अनि खेती खान सकिएन भन्दै चिरा पारेर बेच्ने । त्यही भएर अचेल कृषिप्रधान देश भन्नै पनि लाजमर्दो भएको छ । तैतै हाम्रा दिव्यदृष्टिधारी नेताहरूले कृषिप्रधान देश हुनुको लाज बचाएर राखिदिएका छन् । होइन भने ‘सहमति’ शब्दको बिचल्ली भएजस्तै ‘कृषिप्रधान देश’को पनि विचल्ली हुने थियो ।

हाम्रो कृषिप्रधान देशमा खेती भएन त के भयो र ? यत्रो गण्डकी गण्डकीले भरिएको देशमा पानी खान नपाएर मान्छे काकाकुल भएर बाँचिरहेका छन् खै कसैलाई केही बितलो पऱ्या छैन । यत्रो नदीनालाले भरिभराउ देशमा १४/१४ घण्टा लोडसेडिङ हुँदा पनि कसैको बाउको केही बितेको छैन । अनि कृषिप्रधान देशमा खेतीपाती नहुँदैमा कसको बाउको के पो जाने भयो र ? बाउको मात्र किन बाजेकै पनि के जाने भयो र ? छँदैछन् नि भाषणका खेती गर्ने नेताहरू ।

अचेल धान फल्ने खेत चिराचिरा परोस् वा हुँदो नहुँदो बोल्नेको मुखमा कीरा परोस् तर यतिखेर यस मुलुकमा झापडको खेती भने मजाले फस्टाइरहेको छ । के नेता, के नेताको झोला बोक्ने कार्यकर्ता ? के बोली ठोक्ने, के गोली ठोक्ने ? सबैका लागि ‘झापड’ निक्कै लोकप्रिय भएको छ । नहोस् पनि किन ? झापड खाएर देशकै प्रधानमन्त्री हुन पाइँदो रहेछ भने झापड को महत्त्व किन नबढोस् ? त्यही भएर देश र जनताका लागि हजारौं शहीदको कुर्वानी, बलिदान र महान् त्याग गरेकाहरूसमेत अचेल झापडमहिमा गाउन थालेका छन् । कसैले आएर हाम्रा गालामा पनि थप्पड हानिदिए हुन्थ्यो भन्न थालेका छन् । त्यही भएर कृषिप्रधान देश नेपालमा अरू खेती सबै हराए पनि झापडको खेती खूब मौलाउने यस फुट्या आँखालाई लागेको छ ।

०००
२० फागुन २०६७
फुट्या आँखा (२०७०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाहुरेकाे हुर्मत

लाहुरेकाे हुर्मत

विश्व शाक्य
धर्मपुराण

धर्मपुराण

विश्व शाक्य
दुई छोटा कविता

दुई छोटा कविता

विश्व शाक्य
लाैराेकाे जात थर

लाैराेकाे जात थर

विश्व शाक्य
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x