साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म नेता

सुवर्ण किन्छु बेच्छु त्यो मिलाउँदै छिराउँछु । विधान मिच्न कर्मले अनेक प्वाल पाउँछु ॥ पुगेन भाग हेमको म छेक्न बढ्छु रोष्ट्रम । बिहाल देशको भयो रहेन छेक्न क्यै दम ॥

Nepal Telecom ad

दीनानाथ पोख्रेल :

गमक्क गम्किएँ यता फुरुक्क फुर्किएँ पनि ।
रहेन ज्ञान कर्ममा घुम्यो दिमाग फन्फनी ॥
घुटुक्क निल्छ कण्ठ यो म देख्छु देशको धन ।
जुरुक्क चेत उठ्छ यो छरेर जाल बन्धन ॥०१॥

म खिप्छु जाल शब्दमा सचेत पार्छु दुर्बल ।
लडाउँदै छु देवता छरेर दुष्ट दुर्मल ॥
सकार कर्मले सधैँ नकारमात्र पाउँछन्।
मकार टिप्छु यत्नले अनन्त सौख्य आउँछन् ॥०२॥

विषाक्त पार्छ जो धरा उही छ पूणर् सौख्यमा ।
सशक्त कर्ममा हुने उही छ नित्य मारमा ॥
छ देह मांसपिण्डको अनन्तसम्म घोट्छ जो ।
छियाछिया छ वक्ष त्यो विचारसाथ हेर्छ को ? ०३॥

कठैबरा ! म भन्छु त्यो थपक्क बस्छ जालमा ।
म नेत्र छोप्छु बातले र पार्छु घोर हालमा ॥
अनन्त कालदेखि यो यही दशा बिहोर्छ ऊ ।
निधार हान्छ हातले अभाग्यको छु ठान्छ ऊ ॥०४॥

म बातले सधैँ यहाँ हिमाल माल पार्दछु ।
जुटेर नित्य बातमै अनन्त सौख्य झार्दछु ॥
कराल कष्ट देशमा पसी सुके सबै जरा ।
म पार्छु देश यो सधैँ कुरा छरी हराभरा ॥०५॥

छ भाइबन्धु को कहाँ म दिन्छु उच्चको पद ।
कुटुम्ब खोज्छु बाँड्छु क्यै उचाल्छु हर्षले कद ॥
स्वयम् उठे छ फाइदा विचार योग्य मान्दछु ।
विरोध फैलिए त्यहाँ म रोक्न जाल हान्दछु ॥०६॥

सबै उठी मिले भने लुलो अवश्य पार्दछन् ।
जुधाउँदो छु यत्नले उनै लडेर हार्दछन् ॥
कटक्क देश काटिँदा चरक्क चेत चर्किए ।
खुरुक्क भेष फेरिँदा सनक्क कष्ट तर्किए ॥०७॥

कतै छ द्वन्द्व लिङ्गमा कतै छ द्वेष जातमा ।
छरेँ विकार धर्ममा लिएर शक्ति हातमा ॥
लगाउँदै छु शब्दमा हिमालमा र मालमा ।
म उठ्छु सौख्यमा सधैँ सबै परे बिहालमा ॥०८॥

सुवर्ण किन्छु बेच्छु त्यो मिलाउँदै छिराउँछु ।
विधान मिच्न कर्मले अनेक प्वाल पाउँछु ॥
पुगेन भाग हेमको म छेक्न बढ्छु रोष्ट्रम ।
बिहाल देशको भयो रहेन छेक्न क्यै दम ॥०९॥

युवा किसान लम्कँदै मिली सबै उठे भने ।
बिहान दिव्य आउला जुटी सबै डटे भने ॥
विदेशका दलाल छन् स्वदेशमा बिहाल छन्।
उठी लडौँ स्वदेशमै अनेक अर्थ माल छन् ॥१०॥

०००
सूर्यविनायक, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धवृद्धा सबै …

वृद्धवृद्धा सबै …

दीनानाथ पाेखरेल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दीनानाथ पाेखरेल
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
0
Would love your thoughts, please comment.x
()
x