साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दण्डनीय

आफ्नैका भकारी कोतरेर लाद्रो भर्न थाल्यो, आफ्नै कोख कोतर्न थाल्यो तर म माकुरो हुन सकिन । नालायक सन्तानको आमा भएर समाजमा घृणित हुन सकिन ।

Nepal Telecom ad

मनीषकुमार शर्मा ‘समित’ :

“किन तिमीले उसको हत्या गर्‍यौ ?”
भर्खर मात्र पन्ध्र वर्ष टेकेको आफ्नो सन्तानको हत्याको अभियोगमा कठघरामा उभिएकी बुढी महिलालाई न्यायधीशले केरकार गर्दै थिए ।

“आफ्ना अघिल्ला सन्तानले पिरोलिएकी म यो सन्तान जन्मदा निकै हर्षित थिएँ । हुर्काउन निकै सकस पर्‍यो । जन्मेको दस वर्ष सम्म निकै बिरामी पर्‍यो । सबैले आस मारेका थिए । वल्लो घर पल्लो घर धेरैले दागा धरे पनि । तर ममा साहस थियो, आत्मविश्वास थियो । निकै सकस पछि संवैधानीक बुटीले उसलाई तङ्ग्राएँ ।” – महिला केहीबेर चुप भइन् ।

“अनि यस्तो दुःखले हुर्काएको सन्तान प्रति किन निर्दयी भएको त ?” फेरि न्यायधीशको प्रश्न तेर्सियो ।
“उसले आफ्नो जात धर्मकर्म सबै छाड्यो । पहिलाका सन्तान भन्दा झन् गतिछाडा भयो । समाजको लागि सीनो भयो, महामारी भयो । आफ्नैका भकारी कोतरेर लाद्रो भर्न थाल्यो, आफ्नै कोख कोतर्न थाल्यो तर म माकुरो हुन सकिन । नालायक सन्तानको आमा भएर समाजमा घृणित हुन सकिन । सामाजिक उत्थानको लागि तिलाञ्जली दिएँ ।”

“तर यस्तो जघन्य अपराधमा निकै ठुलो सजाय हुन सक्छ नि”
फिस्स हाँस्दै उनले जवाफ दिइन्-

“खै के सजाय दिन्छौ र तिमीले ? हिजोको दिनमा तीस वर्षे लक्का जवान छोरा र १३ महिने नाबालकको घाँटी निमोठ्दा त केही गर्न सकेनौ ?”

०००
मध्यपुर ठिमी, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उधारो कात्रो

उधारो कात्रो

मनीषकुमार शर्मा ‘समित’
अपूर्व झोली

अपूर्व झोली

मनीषकुमार शर्मा ‘समित’
अनुत्तरित प्रश्न

अनुत्तरित प्रश्न

मनीषकुमार शर्मा ‘समित’
सन्तृप्त

सन्तृप्त

मनीषकुमार शर्मा ‘समित’
शून्यक

शून्यक

मनीषकुमार शर्मा ‘समित’
दुर्गधो

दुर्गधो

मनीषकुमार शर्मा ‘समित’
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x