साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चिन्तन

पाएको उपकार स्वच्छ मनको सिँच्ने स्वयं रोशनी कायाकल्प गराउने छ भवको संस्कारले जीवनी सेवामा जनको समर्पित सफा श्रद्धा चमत्कार यो आविर्भाव लिएर स्नेह ममता पस्कौँ नमस्कार पो ।

Nepal Telecom ad

चन्द्रमणि अधिकारी :

निन्दा गर्न समेत योग्य नहुने पालिन्छ जो चिन्तन
भ्रष्टाचार विभागको प्रमुखको कस्तो छ खै सिर्जन
शिष्टाचार विचार भित्र नहुली बन्दैन केही कुरो
कस्ले भन्दछ खोज्छ चिन्छ बबुरो गाँठी कुराको चुरो ?१

खोज्ला मात्र खराब चाल जनमा शङ्का निराधारको
राम्रो चिन्न सकेन देख्न जसले स्वार्थी अहङ्कारको
बन्ने गर्दछ दास नित्य धतुरो खाएर सिल्ली बनी
कालो देख्दछ छिर्छ भित्र उसमा त्यो कालिमा जीवनी ।२

गर्ने हो उपकार श्रेष्ठ जनको श्रद्धा समेटी सब
आफ्ना भाव विचार भित्र छ भने निन्दा लखेटी अब
साटासाट हुने छ मेल गहिरो सम्पर्क उस्तै सफा
होस् जाज्वल्य प्रभा विकास सुकिलो खोज्ने गरेको कथा ।३

छ्याङ्ङै खुल्दछ प्रात रश्मि मनमा सत्स्नेह सम्भावना
गर्ने हो उकार विश्व भरको भन्ने भरोस् कामना
स्वाध्यायी मनसाय व्याप्त मनमा बन्दै गरोस् निर्मल
आराध्या मनकामना प्रकटमा देदीप्य हुन् झल्मल ।४

बोक्दा चिन्तनमा सदैव लफडा निन्दा प्रशंसा स्तुति
आफ्नै ढोङ रचेर व्यर्थ बिचरो खस्कन्छ त्यो प्रस्तुति
होस् खोजी शुभ मार्गको विनयको सल्लाह दिन्छन् कवि
भाग्ने गर्दछ अन्धकार दिनहूँ झुल्की नसक्दै रवि ।५

पाएको उपकार स्वच्छ मनको सिँच्ने स्वयं रोशनी
कायाकल्प गराउने छ भवको संस्कारले जीवनी
सेवामा जनको समर्पित सफा श्रद्धा चमत्कार यो
आविर्भाव लिएर स्नेह ममता पस्कौँ नमस्कार पो ।६

छन् माङ्गल्य घडा सफा सडकमा उत्साहमा स्वागत
गर्दा मख्ख र छक्क देख्छु हँसिलो अध्यात्मको आगत
खुल्ने यौवन धारणा सरलता देखिन्छ स्वाभाविक
दस्तावेज खुले प्रकाश युगका सम्पूर्ण आयामिक ।७

०००
तनहुँ 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
होस् भ्रष्ट मास्ने मति

होस् भ्रष्ट मास्ने मति

चन्द्रमणि अधिकारी
आमाको सम्झना

आमाको सम्झना

चन्द्रमणि अधिकारी
छ भ्रष्ट चाल

छ भ्रष्ट चाल

चन्द्रमणि अधिकारी
बुढ्यौलीको बात

बुढ्यौलीको बात

चन्द्रमणि अधिकारी
आमा

आमा

चन्द्रमणि अधिकारी
जान्छु एक्लै मलाम

जान्छु एक्लै मलाम

चन्द्रमणि अधिकारी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x