साइबर अपराध सम्बन्धी सचेतना सामग्री

होस् भ्रष्ट मास्ने मति

भागाभाग हुने छ भ्रष्ट सबको लुक्छन् दुलामा पसी ताजा तार्किक धारणा सरलले छन् दुष्ट पार्ने खसी फोर्नेछन् शिर यी प्रहार बलियो पार्दै सबै भ्रष्टकोे झण्डा फर्फर शैलको शिखरमा गर्नेछ उत्कृष्ट याे ।

Nepal Telecom ad

चन्द्रमणि अधिकारी :

अचम (अभिनव व्यास)

१.
कोदालो घन बञ्चरो र हँसिया डोको र नाम्लो सब
भ्रष्टाचार निवारणार्थ उभिए बाँधिन्छ दाम्लो अब
नेपाली मन स्वच्छ मान मनितो विस्तार गर्ने क्रम
गर्जन्छन् पहरा र साथ लहरा मेट्ने बनेका भ्रम ।

२.
माटोका कणमा उठ्यो सनसनी उड्दै गरे वालुवा
हल्लन्छन् अब यी समस्त विरुवा सङ्केतमा पालुवा
निस्केका पहिरो लिएर गहिरो अत्यास पार्दा जब
मासे ध्वस्त बनाउँदै जब गए याे राष्ट्रको गौरव ।

३.
निस्केका युवती युवा सडकमा यी भ्रष्ट मास्ने भनी
यस्तो वैभव पूर्ण राष्ट्र गरिमा छिट्टै उकास्ने बनी
फर्कन्छन् परदेशबाट घरमा होस् राष्ट्रको उन्नति
भन्ने भाव उकासिएर जनको होस् भ्रष्ट मास्ने मति ।

४.
नेपाली इतिहासको उदयको आयाम नौलो खुली
जुट्छन् उद्यम गर्न निम्ति जनता बढ्दा नयाँ खुल्दुली
यो नेपाल सदैव विश्व भरको सर्वोच्च माथासित
चम्केला जन हौसला अति बढी आदर्श उत्कर्षित ।

५.
भागाभाग हुने छ भ्रष्ट सबको लुक्छन् दुलामा पसी
ताजा तार्किक धारणा सरलले छन् दुष्ट पार्ने खसी
फोर्नेछन् शिर यी प्रहार बलियो पार्दै सबै भ्रष्टकोे
झण्डा फर्फर शैलको शिखरमा गर्नेछ उत्कृष्ट याे ।

०००
मणिकुञ्ज, म्याग्दे ४, तनहुँ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाको सम्झना

आमाको सम्झना

चन्द्रमणि अधिकारी
छ भ्रष्ट चाल

छ भ्रष्ट चाल

चन्द्रमणि अधिकारी
बुढ्यौलीको बात

बुढ्यौलीको बात

चन्द्रमणि अधिकारी
आमा

आमा

चन्द्रमणि अधिकारी
जान्छु एक्लै मलाम

जान्छु एक्लै मलाम

चन्द्रमणि अधिकारी
स्वस्ति गान छ आजभोलि

स्वस्ति गान छ आजभोलि

चन्द्रमणि अधिकारी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x