साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जलिरहेको प्रश्न

युवा ढुक्क भएर बोल्यो- “अनि दोषी को ?” काकाले खरानी हावामा छरे र भने- “दोषी दुई थरीका छन् बाबु- देश बेच्ने जो कोही, र चुप लागेर हेरेर बस्ने हामी सबै ।”

Nepal Telecom ad

नन्दलाल आचार्य :

“काका, देश किन जलेको ?”
धुवाँतिर हेर्दै युवाले बिस्तारै सोध्यो ।

सहरको आकाश कालो थियो ।
कार्यालयका सिसा फुटेका थिए,
स्कूल जलेका थिए,
मानिस चिच्याइरहेका थिए- “दोषी समात, देश बचाऊ !”

काका शान्त भएर बाटो छेउको खरानी मुठ्ठीमा लिए ।
“देश आज मात्रै जलेको होइन बाबु,” उनले थकित स्वरमा भने,
“देश त धेरै पहिलेदेखि जलिरहेछ ।”

युवाले अचम्म मान्यो- “कहाँ जलेको त ?”

काकाले एक एक गरी औँलाले गने-
“न्याय नपाएर चिच्याउने आमाबुबाको मनमा,
परदेशिँदै रित्तो छाती लिएर हिँड्ने युवाको सपनामा,
धनीका लागि मात्र चल्ने कानून हेरेर टुटेको विश्वासमा,
नेता-अफिसरको भ्रष्टाचार देखेर मौन बस्ने हाम्रै डरमा ।”

युवा ढुक्क भएर बोल्यो- “अनि दोषी को ?”

काकाले खरानी हावामा छरे र भने-
“दोषी दुई थरीका छन् बाबु-
देश बेच्ने जो कोही,
र चुप लागेर हेरेर बस्ने हामी सबै ।”

०००
२०८२ असोज २७ गते ।
उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
जाम

जाम

नन्दलाल आचार्य
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
ग्याँस

ग्याँस

नन्दलाल आचार्य
रैथाने व्यापारको करामत !

रैथाने व्यापारको करामत !

ठाकुरप्रसाद अधिकारी
भाग्यमानीको निधार ठूलो

भाग्यमानीको निधार ठूलो

कृष्ण शर्मा सुमु
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x