नन्दलाल आचार्यजलिरहेको प्रश्न
युवा ढुक्क भएर बोल्यो- “अनि दोषी को ?” काकाले खरानी हावामा छरे र भने- “दोषी दुई थरीका छन् बाबु- देश बेच्ने जो कोही, र चुप लागेर हेरेर बस्ने हामी सबै ।”

नन्दलाल आचार्य :
“काका, देश किन जलेको ?”
धुवाँतिर हेर्दै युवाले बिस्तारै सोध्यो ।
सहरको आकाश कालो थियो ।
कार्यालयका सिसा फुटेका थिए,
स्कूल जलेका थिए,
मानिस चिच्याइरहेका थिए- “दोषी समात, देश बचाऊ !”
काका शान्त भएर बाटो छेउको खरानी मुठ्ठीमा लिए ।
“देश आज मात्रै जलेको होइन बाबु,” उनले थकित स्वरमा भने,
“देश त धेरै पहिलेदेखि जलिरहेछ ।”
युवाले अचम्म मान्यो- “कहाँ जलेको त ?”
काकाले एक एक गरी औँलाले गने-
“न्याय नपाएर चिच्याउने आमाबुबाको मनमा,
परदेशिँदै रित्तो छाती लिएर हिँड्ने युवाको सपनामा,
धनीका लागि मात्र चल्ने कानून हेरेर टुटेको विश्वासमा,
नेता-अफिसरको भ्रष्टाचार देखेर मौन बस्ने हाम्रै डरमा ।”
युवा ढुक्क भएर बोल्यो- “अनि दोषी को ?”
काकाले खरानी हावामा छरे र भने-
“दोषी दुई थरीका छन् बाबु-
देश बेच्ने जो कोही,
र चुप लागेर हेरेर बस्ने हामी सबै ।”
०००
२०८२ असोज २७ गते ।
उदयपुर
Subscribe
Login
0 Comments
Oldest









































