साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आगो लगायो गयो

काला नोठ जले कतै सहरमा,सेता जले पुस्तक थाहा भो अब ता सचेत जनको, को भ्रष्टचारी रछ। जे जे गर्नुथियो गर्‍यौ सजन हो पोल्यौ र बेकार भो नामै सिंह थियो डढेर सब यो, सारा खरानी भयो।।

Nepal Telecom ad

बालकृष्ण खनाल :

सन्नाटा हुनगो पुरै मुलुकयो, मुस्लो धुवाँको उठ्यो
हेरी दु:ख बसे निहत्थ जनले, यो राज्य केमा चुक्यो ?
कस्ले गर्न सक्यो विनास यसरी, केयो अचम्मै भयो
आयो राम बनेर रावण यहाँ, आगो लगायो गयो।।

तोड्यो जेल र नेल यो मुलुकका, कैदी भगायो सबै
कालो बादल देख्छु यो गगनमा, केके हुने हो अझै।
जेन् जीको हुलमा पसेर कसले, पोल्यो डढायो सबै
चिन्ता लाग्छ मलाइ यो मुलुकको, के के हुने हो अझै।।

यस्तैहुन्छ कुरा बुझौं कि अब ता, आफू नपुङ्सक भए
रुन्छौ दोष लुकाइ ए पुरुष हो, छोडेर स्वास्नी गए।
आफ्नै खोट भए पराइ जनको,के दोष दिन्छौ भन
को हो राष्ट्र जलाउने लुकिछिपी, देखेर रोयो मन ।।

काला नोठ जले कतै सहरमा,सेता जले पुस्तक
थाहा भो अब ता सचेत जनको, को भ्रष्टचारी रछ।
जे जे गर्नुथियो गर्‍यौ सजन हो पोल्यौ र बेकार भो
नामै सिंह थियो डढेर सब यो, सारा खरानी भयो।।

अर्को छैन विकल्प राजनीतिमा, भन्नेहरू भन्दछन्
फालिन्छन् जनले उठे समरमा, मैमत्त जो बन्दछन्।
आइन्दा नगरे कुरा अब झुठा, लाटा बनाई कन
यस्तै हालत हुन्छ शुद्ध जनको, बिग्रेपछिमा मन।।

०००
टिकापुर, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
के के नयाँले गरे

के के नयाँले गरे

बालकृष्ण खनाल
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
पैसा कमाएपछि

पैसा कमाएपछि

बालकृष्ण खनाल
बोल्दै नबोल्ने भयो

बोल्दै नबोल्ने भयो

बालकृष्ण खनाल
भागेर जो गैगयो

भागेर जो गैगयो

बालकृष्ण खनाल
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
तस्बिरको राजा

तस्बिरको राजा

कृष्णभक्त श्रेष्ठ
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x