साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आमाबाबाका शुभ वचनले

पार्दै छन् सारा सुजनमतिका दिव्य सन्तानलाई खट्तै हिँड्दै छन् दिन र निशिमा गर्नलाई भलाइ गर्मीका हुन् छाया असल मनका शौख्य खोज्दै म जाऊँ आमाबाबाका शुभ वचनले यो जगत् जित्न पाऊँ ।

Nepal Telecom ad

कविराज घिमिरे :

भित्री मायाँको रहर चुलिँदा हैमझैँ स्वच्छ पारी
हुर्केका हामी मदनसँगले मिल्न पाई छहारी
आस्था हुन् मेरा हरसमयका चित्त सङ्लो बनाऊँ
आमाबाबाका शुभ वचनले यो जगत् जित्न पाऊँ ।। १

आमाबाबाका खटनसँगले बस्न पाए त हामी
बन्नेछौँ उम्दा भुवनभरिमा लोककै स्वाभिमानी
छातीमा राखी पलपल अहा ! नित्य गाथा म गाऊँ
आमाबाबाका शुभ वचनले यो जगत् जित्न पाऊँ ।। २

सत्कर्मी ज्ञानी पथ सुरभि हुन् चढ्न सक्ने पहाड
फ्याँक्छन् यी सारा जनकजननी जिन्दगीका उजाड
बालूँ आफैँले झलमल दियो अन्ध फाली रमाऊँ
आमाबाबाका शुभ वचनले यो जगत् जित्न पाऊँ ।। ३

द्यौता हुन् मेरा हृदयबिचका बाबुआमा पवित्र
दिन्छन् यी आशिष् नजिक रहँदा रम्न सक्छन् मभित्र
दाता हुन् शिक्षा खुरुखुरु दिने शुद्ध आत्मा मिलाऊँ
आमाबाबाका शुभ वचनले यो जगत् जित्न पाऊँ ।। ४

पार्दै छन् सारा सुजनमतिका दिव्य सन्तानलाई
खट्तै हिँड्दै छन् दिन र निशिमा गर्नलाई भलाइ
गर्मीका हुन् छाया असल मनका शौख्य खोज्दै म जाऊँ
आमाबाबाका शुभ वचनले यो जगत् जित्न पाऊँ ।। ५

हाँस्छन् मेरा यी सुखदपलका कर्मका सान देखी
वैरीका झार्छन् कुनियत यिनै टिक्न सक्तैन सेखी
गङ्गाझैँ चोखा समयगतिका पुण्य आत्मा रिझाऊँ
आमाबाबाका शुभ वचनले यो जगत् जित्न पाऊँ ।। ६

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

कविराज घिमिरे
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

कविराज घिमिरे
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

कमला पन्थी अधिकारी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x