साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गायत्रीकाे ‘रुद्रघण्टी’ हास्यव्यङ्ग्य कृतिमाथि परिचर्चा कार्यक्रम 

कार्यक्रममा हरेक समीक्षकहरूले तोकिएको समय सिमाभित्र ‘रुद्रघण्टी’ का हरेक पाटाहरूको व्यापक विश्लेषण गर्नुभएकाे थियो ।

Nepal Telecom ad

काठमाडौं, २०८२ असोज २६ । नेपाली हास्यव्यङ्ग्य साहित्यलाई अन्तराष्ट्रियकरण गर्ने प्रमुख उद्देश्यका साथ स्थापना भएको बाङ्गा अक्षरले पछिल्लो समय हास्यव्यङ्यकार गायत्री लम्सालको हास्यव्यङ्ग्य निबन्धसंग्रह ‘रुद्रघण्टी’को प्रविधिमैत्री परिचर्चा कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा हरेक समीक्षकहरूले तोकिएको समय सिमाभित्र ‘रुद्रघण्टी’ का हरेक पाटाहरूको व्यापक विश्लेषण गर्नुभएकाे थियो ।

‘रुद्रघण्टी’ अत्यन्तै स्तरिय कृति हो । यसमा प्रयोग भएको व्यङ्ग्यशैली र चेतनशैली निकै परिस्कृत छ । उहाँले राम्रा बिम्बहरूको प्रयोग गर्नुभएको छ । व्यङ्ग्य निरुपण निकै गहकिलो र नेपाली समाजका विकृतिहरूलाई चिथोरिने खालको छ । हालका जेन जी आन्दोलनले समेटेका देशका समग्र बेथिती लगायत मुलुकका बहुआयामिक विकृति र बिसङ्गतिलाई मिठो शैलीमा प्रहार गर्नुभएको कुरा बाङ्गा अक्षरका समेत कार्यकारी सदस्य रहनुभएका डा. टिका लम्सालले बताउनुभयो ।

हास्यव्यङ्ग्यकार तथा सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागेले लम्सालका सात वटा कृतिहरूमध्ये छ वटा हास्यव्यङ्ग्य कृति प्रकाशन गर्नु आफैमा चानेचुने काम होइन । उनका एकपछि अर्को कृतिले संख्यात्मक मात्र नभई गुणात्मक रुपमा समेत निकै खारिएर आएको छ । उनका केही निबन्धहरू स्तरियताको हिसाबले हास्यव्यङ्यका हस्तीहरूकै हाराहारीमा छन् । हास्यव्यङ्य लेखनमा उनको उपस्थिति लोभलाग्दो छ । यही निरन्तरता कायम गर्दै जाँदा प्रतिभाशाली लम्सालको नाम भैरव अर्याल, केशवराज पिँडालीसँगै, लिँदा अन्याय नहुने कुरा बताउनुभयो ।

विभिन्न उपमा र स्थानीय नेपाली झर्रा शब्दहरूको समेत प्रयोग गरिनुले ‘रुद्रघण्टी’लाई झन् रसिलो बनाएको छ । ब्यङ्ग्यबाणको साथमा हास्यरस प्रसस्त रहेको छ । शालिन, सभ्य तरिकाले प्रस्तुत गरिएको ‘रुद्रघण्टी’ नेपाली हास्यव्यङ्ग्यमा एक अब्बल कृति रहेको कुरा बाङ्गा अक्षरका समेत कार्यकारी सदस्य रहनुभएका डा.कुसुमाकर शर्मा गौतमले बताउनुभयो ।

उक्त कार्यक्रममा सशक्त समीक्षक तथा उपन्यासकार अनिता कोइरालाले भन्नुभयो– ‘रुद्रघण्टी’ समग्र नेपालीहरूको आवाज हो, रोदन हो, शालिन व्यङ्ग्य र विद्रोह हो । ‘रुद्रघण्टी’मा व्यङ्ग्यकार निर्भिक भएर प्रस्तुत हुनुभएको छ । यो निकै सबल पक्ष हो । यसमा शब्दका ब्रम्हास्त्र नै प्रयोग गरिएको छ । पढ्दा पढ्दै रुनु कि हाँस्नु बनाउँछ । दुर्बल पक्ष भनेको त अहिले हाम्रो समय दुर्बल छ, हामी बसेको समाज दुर्बल छ अनि सत्ता दुर्बल छ, प्रशासन दुर्बल छ यत्रतत्र सर्वत्र हाम्रा सोचाई र मानसिकताहरू समेत दुर्बल छन् ।

‘रुद्रघण्टी’ नेपाली हास्यव्यङ्ग्य साहित्यमा सशक्त उपलब्धी हो । यो कृति अब्बल दर्जाको हास्यव्यङ्ग्य कृति हो । लेखनशैलीले उत्कृष्ट नमुनाको रुपमा रहेको छ । हरेक शीर्षक छनौट राम्रो छ । महिलालाई सामान्य मान्छे समेत स्वीकार्न नसक्ने पुरुष हस्ताक्षरहरूलाई ‘रुद्रघण्टी’ले चुनौती दिएको छ । प्रत्याक्रमण नै गरेको छ । कार्यक्रममा प्रा.डा. भरतकुमार भट्टराइले बताउनुभयो ।

उक्त कार्यक्रममा लेखक गायत्री लम्सालले सबैलाई हार्दिक आभार र धन्यवाद व्यक्त गर्दै समाजका विकृति र विसंगतिहरूलाई हास्यव्यङ्ग्य साहित्यको माध्यमबाट खबरदारी निरन्तर रुपमा गरिरहने बताउनुभयो ।

बाङ्गा अक्षरका संयोजक नारायण भट्टराइले सञ्चालकको समेत भूमिका निर्वाह गर्नुभएको उक्त कार्यक्रममा बाङ्गा अक्षरका सदस्य डा.ऋषि बस्ताकोटीले सबैलाई धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रमलाई डि.सी. नेपालले लाइभ प्रसारण गरेको थियो ।

०००
नारायण भट्टराईको सौजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x