साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आमाको सम्झना

आमा ! सीर्जनशील ध्यान गरिमा गर्ने सधैँ कीर्तन हुन्थ्यो स्निग्ध मुहार भित्र विपना झुल्की सदा पावन ध्यानाकर्षण लोकको हुन गयो लौ हेर बच्चा भनी सम्झेको पलमा सुसंस्कृत बनोस् भन्ने थियाे जीवनी ।

Nepal Telecom ad

चन्द्रमणि अधिकारी :

१.
आमाको शुभ सम्झना हृदयमा आएर ऊर्जा थप्यो
पाएँ आसिक मानियो अचमको लौ शोक सुर्ता हट्यो
बक्सेको वरदानबाट कवि यो साहित्यमा उन्मुख
बन्दाको पलमा सहर्ष छ यहाँ लौ जानकी सम्मुख ।

२.
नौ मैनातक कोखमा हजुरको जो स्वर्ग वैकुण्ठमा
बस्दा स्वप्न खुला उजागर थिए सौन्दर्य आभा नयाँ
हुन्थ्यो बैठक देवता ऋषि मिली सत्धर्म चर्चा जब
मिल्ने सार्थक कामना हृदयमा साहित्यको गौरव ।

३.
आमा वक्ष चुसेर खित्त मुखमा हेरेर हाँस्थेँ जब
बन्दै हर्ष विभोर धन्य मुखमा मातृत्व झुल्क्यो तब
भोको पेट बसी अघाउनु भयो हाँस्थेँ जसै बालक
आफैं कञ्चन शृङ्खला सुरु भयाे माधूर्य सञ्चालक ।

४.
आमा ! जीवन वृत्तमा हजुरको जो ध्यान जान्थ्यो ममा
बारेको मुख हो बडो सकसले आरोग्य सम्भावना
खोज्दै निर्मल भावना सरलमा जो स्नेहकोे वर्षण
हाम्राे भाग्य उठाउने क्रम थियो औचित्य आकर्षण ।

५.
आमा ! सीर्जनशील ध्यान गरिमा गर्ने सधैँ कीर्तन
हुन्थ्यो स्निग्ध मुहार भित्र विपना झुल्की सदा पावन
ध्यानाकर्षण लोकको हुन गयो लौ हेर बच्चा भनी
सम्झेको पलमा सुसंस्कृत बनोस् भन्ने थियाे जीवनी ।

०००
२०८२/०१/१३
मणिकुञ्ज, म्याग्दे ४, तनहुँ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
होस् भ्रष्ट मास्ने मति

होस् भ्रष्ट मास्ने मति

चन्द्रमणि अधिकारी
छ भ्रष्ट चाल

छ भ्रष्ट चाल

चन्द्रमणि अधिकारी
बुढ्यौलीको बात

बुढ्यौलीको बात

चन्द्रमणि अधिकारी
आमा

आमा

चन्द्रमणि अधिकारी
जान्छु एक्लै मलाम

जान्छु एक्लै मलाम

चन्द्रमणि अधिकारी
स्वस्ति गान छ आजभोलि

स्वस्ति गान छ आजभोलि

चन्द्रमणि अधिकारी
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

इन्दिरा प्रयास
हाम्रो बचाओैँ अस्मिता

हाम्रो बचाओैँ अस्मिता

कल्पना अधिकारी
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
0
Would love your thoughts, please comment.x
()
x