साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छ भ्रष्ट चाल

कमाल ख्याल जे भयो विवाद सभ्य चालमा सबै विवाद मेटियो निशर्त अन्तरालमा छ मास्न भ्रष्टता जरा, सदैव ध्यान राखियो उमेदवार होस् युवा सतर्क जोश डाकियो ।

Nepal Telecom ad

अविचल आस्था मणि :

सगर्व निस्क हे युवा ! उमार्न वृक्ष पालुवा
छ भ्रष्ट चाल चालिँदै रचेर भोरको जुवा
विदेशमा थुपारियो लुटेर राष्ट्र सम्पदा
स्वदेशमा उमारियो अनर्थ लाख आपदा ।

विवेक ज्ञान भष्म झैँ भए छ खिन्न काइदा
लुटे भुटे विवादमा मुछेर चुट्न फाइदा
अभाव राष्ट्रमा भयो प्रभाव राष्ट्र भक्तिको
उठौं लडौं जुटौँ युवा छिटो सचेत शक्तिको ।

मिलेर मार्ग रोजियोस् उँभो उँधो जता बनोस्
समग्र लोक दृष्टिले उठे युवा सबै भनोस्
सपार्न खार्न योजना बनाइयोस् सरासर
सचेत होस् समर्थ होस् मिलापमा बराबर ।

सुधार गर्न धर्मको सनातनी जराजरा
प्रसङ्गमा उमङ्गको उमारियोस्न आँकुरा
तयार बन्नुहोस् युवा समाजमा परस्पर
विकास हुन्छ देशको मिलेर गर्न तर्खर ।

परम्परा बसालियोस् उमङ्ग भर्न काममा
र राष्ट्र गान गाइयोस् बसेर साथ लाममा
भविष्यको सुधारको प्रयास सत्य केन्द्रित
बनाइने गरोस् सधैँ उपायसाथ निश्चित ।

प्रकाश यानमा चढी विभिन्न सौर्यमण्डल
उडान हौसिने भयो विशिष्ट काव्यमण्डल
प्रयासमा निवासमा म प्रातमा र साँझमा
रमाउँदै रची बसें म काव्य अन्तरालमा ।

म हौसिएर रौसिँदा गरिन्छ शीघ्र फैसला
विवेक शब्द सारमा समेटिने भए भला
अमानवीयता हट्यो सबै बनेर जर्जर
छु आउँदै रमाउँदै म काव्य लेख्न भर्खर ।

प्रकाश पूर्ण बिम्ब जो चढाइँदैछ भिन्नता
प्रयास चूर्ण पारिने बढाइँदैछ खिन्नता
युवा खुला स्वभावमा उठेर उच्च पंक्तिमा
तुरून्त निस्क योजना झिकेर देश भक्तिमा ।

युवा सचेत प्रार्थना छ राष्ट्रको उठोस् शिर
समस्त भ्रष्ट मासिऊन् खुलोस् भनेर तक्दिर
प्रसिद्ध सिद्ध बालिका भनौँ कि वा किशोर हौ
दिएर सान्त्वना बढी सधैँ रह्यौ विभोर छौ ।

मनग्य ज्ञान ध्यानमा र योगको प्रयोगमा
सुशान्त छौ रमाउँदै मिलाप वा वियोगमा
नजानिने र जानिने, नमानिने र मानिने
प्रयास स्वच्छ छुट्टिने भएछ ज्ञान खुट्टिने ।

कमाल ख्याल जे भयो विवाद सभ्य चालमा
सबै विवाद मेटियो निशर्त अन्तरालमा
छ मास्न भ्रष्टता जरा, सदैव ध्यान राखियो
उमेदवार होस् युवा सतर्क जोश डाकियो ।

सुताउने उठाउने विभिन्न चाल चालियो
समस्त मैल देशको विवेकले पखालियो
रहेन खिन्नता कसै समस्त प्वाल टालियो
प्रशस्त पुण्य तीर्थमा नुहाइयो बटालियो ।

समस्त भ्रष्ट पारिए निसासिने थला जहाँ
खुलाइएर ल्याइए उकासिने कला त्यहाँ
लिने दिने बराबरी भएर प्रेम काइदा
बुझाइयो मजा छ यो तटस्थ बस्न फाइदा ।

पराग प्रेम पुष्पको मिलेर ढुक्क यो मन
भनेर भन्दछ्यौ मुना म साट्छु स्वस्थ यौवन
म बन्छु नव्य नायिका छु साथमा खुली बन्यौ
छ मेट्न भ्रष्टता सधैँ र तस्करी सबै भन्यौ ।

नजा कतै कसै भन्यौ बनेछ कार्यतालिका
हुनेछु जो सधैँ भन्यौ कृतार्थ सभ्य बालिका
कुरा पुराणका तथा कुरानका सुनाइयो
लिएर अङ्कमालमा विनोद चुन्न लाइयो ।

सवालको कमालले बनेछ छन्द घाइते
कुरा उठाउँदै थियाे बुझिन्छ हाल काइते
लिएर शास्त्र शस्त्रको विनोद व्यङ्ग्य वाणको
हवास होश उम्कियो परेछ तोड प्राणको ।

०००
तनहुँ, नेपाल ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
होस् भ्रष्ट मास्ने मति

होस् भ्रष्ट मास्ने मति

चन्द्रमणि अधिकारी
आमाको सम्झना

आमाको सम्झना

चन्द्रमणि अधिकारी
बुढ्यौलीको बात

बुढ्यौलीको बात

चन्द्रमणि अधिकारी
आमा

आमा

चन्द्रमणि अधिकारी
जान्छु एक्लै मलाम

जान्छु एक्लै मलाम

चन्द्रमणि अधिकारी
स्वस्ति गान छ आजभोलि

स्वस्ति गान छ आजभोलि

चन्द्रमणि अधिकारी
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
तमासा

तमासा

डा. बमबहादुर जिताली
नयाँ वर्ष

नयाँ वर्ष

प्रल्हाद पोखरेल
नयाँ वर्ष र पुराना सपनाहरू

नयाँ वर्ष र पुराना...

प्रमोद स्नेही
0
Would love your thoughts, please comment.x
()
x