साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बेसारेसँग दोहोरी गाउँ कि ?

बेसारेको नपर्नु भर, छक्का पञ्जा गर्दैछ गाउँघर । बोलीले छपक्कै छाउने, पहेंलपुर बेसारै लगाउने। आकाश पाताल छपक्कै छायो, बेसारेले कुरैले अल्झायो ।

Nepal Telecom ad

सुरेशकुमार भट्ट :

बेसारेको के भर छर कहिले दक्षिण कहिलेको उत्तर।१
बेसारेको चारतिर मयालै, कुन्त बेसार पार्दियो पहेंलै।२
वल्लो घर पहेंपुर पारी, पल्लो घर्मा दल्दैछौ बेस्सरी।३
बेसारेको मुखमात्रै हो कि, देखाऊलान् नक्शाले शिर ठोकी ?४

मुखले ठिक्क मनले दिक्क, बेसारेले पार्दिन्छ चिप्लित्त।५
बेसारेको भर परि बसदा,जान्छ जोवन चालिसै नकाट्दा।६
सबै थोकको औषधी बेसारे,गाँठिकुरा नलुकाऊ चेपारे।७
चेपारेको पारै छ कस्तो,पित्तल पिटि सुनको थाल जस्तो।८

बेसारे कस्तो छ लयालु, दुनिया ढॉट्न के विधि सिपालु।९
गफैगफमा भुलाउँछ बेसारे, कोरोनाको गीत गाउँछ असारे।१०
लट्ठ पार्छ दुनिया मयालै, बिना बेसार पार्दिन्छ पहेंलै।११
बेसारे नभन मलाई, कुन्त बेसार पार्दिउँला पहेंलै।१२

बेसारेको चारतिर नाता, कतै पनि टिक्दैन एक साता।१३
बेसारेको नपर्नु भर, छक्का पञ्जा गर्दैछ गाउँघर।१४
बोलीले छपक्कै छाउने, पहेंलपुर बेसारै लगाउने।१५
आकाश पाताल छपक्कै छायो, बेसारेले कुरैले अल्झायो।१६

बेसारेको हित्त र चित्त, मुख्छ यता मन उता लिपित्त।१७
छत्तिसकला जानेको बेसारे, मन छ कता हात यता पसारे।१८
बेसारेको भर परि बस्दा, बिग्रयो हजुर कोरोना व्यवस्था ।१९
जीवन बचाऊँ भन्दैछ बेसारे, के पो होला कालले लछारे।२०

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
निछट्टो सम्धी

निछट्टो सम्धी

सुरेशकुमार भट्ट
ए यज्ञ कैसे चलेगा ?

ए यज्ञ कैसे चलेगा...

सुरेशकुमार भट्ट
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
चंखेको खसी खाने जुक्ति

चंखेको खसी खाने जुक्ति

सुरेशकुमार भट्ट
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
जागिरको जाल कि साहुको चाल !

जागिरको जाल कि साहुको...

ठाकुरप्रसाद अधिकारी
बिन्ती, बक्सियोस् आज झोली

बिन्ती, बक्सियोस् आज झोली

डिल्लीराज अर्याल
रुख महात्म्य

रुख महात्म्य

देवीप्रसाद घिमिरे
0
Would love your thoughts, please comment.x
()
x