साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तागत…

हेर दीर्घ सबै समयको खेल हो। गधापच्चिसी उमेरमा एकमुरीको धोक्रो बोकेर गाउँबेसि गरिन्थ्यो । तर अहिले हेर- शरीरको ओज कम भए तापनि आफ्नो लागि बोझ भएको छ।

Nepal Telecom ad

आर.सी. रिजाल :

दीर्घबहादुर कोठाको दरीमा टुक्रुक्क बसेर दुबै हात पछाडि टेकेर सैसला खेलेझैँ गरेको देखेर १२ बर्षे नातिनीले हाँस्दै सोध्छिन् -“हजुरबा तपाईंले एक्सर्साइज गर्नु भएको हो?”

“होइन । हेर्न नानी उठ्न खोजेको तागतै पुगेन।”
“हे हजुरबा ! तपाईंको तागतले नपुगेपछि हामीलाई बोलाए भैहाल्थ्यो। जुन घरमा वृध्द्वृध्दा हुन्छन्। त्यो घर स्वर्गजस्तो हुन्छ। त्यहाँ ईश्वरको बास हुन्छ। त्यसैले उहाँहरूलाई सहयोग र सम्मान गर्नु पर्छ भनी स्कुलमा हामीलाई पढाएको छ। पख्नुस् मेरो तागत पनि तपाइँकोमा जोड्छु “भन्दै आफ्नो हातले हजुरबाको दुबै पाखुरा अठ्याएर जुरुक्क उठाइन्।

दिउँसो दीर्घको बालसखा चिरञ्जीवीबहादुर आउछ्न्।दुबै २००१ सालमा एउटै गाउँमा जन्मेका हुन् । दुबै बिधुर भएकाले झन निकटता बढेको हो। गफिदै थिए। बुहारी अन्नपूर्णले – “ल बुआहरु खाजा खानुस्” भन्दै दुई प्लेट हलुवा र मासु राख्दिन्।

बुहारी निस्केपछि दीर्घले -“हेर चिरञ्जीवी तेरा त दाँत बाक्लै देखिन्छ। मासु चपाउन सक्छस्। मेरो लागि भनेर कुकरमा मज्जाले गलाएर पकाउछ्न्। के गर्नु ? मासुको तिर्सना जाग्छ।” भन्यो।

“हेर दीर्घ सबै समयको खेल हो। गधापच्चिसी उमेरमा एकमुरीको धोक्रो बोकेर गाउँबेसि गरिन्थ्यो । तर अहिले हेर- शरीरको ओज कम भए तापनि आफ्नो लागि बोझ भएको छ। याद छ तिमलाई ? हामी ८/१० वर्ष छँदा- कसले पिसाब टाढा पुर्‍याउने भनी प्रतिस्पर्धा गर्थ्यौँ। हिजोको घटना सुन- उठेर पिसाब फेर्दै थिएँ। नदीले बहाव फेरेझैँ पिसाब त तिघ्राबाट बहेछ। पछि छोराले देखेर सुरुवाल फेराइदियो।”

“जस्तो तिम्रो ताल उस्तै मेरो हाल भनेझैं- आज बिहान खोकेर कफ थुक्या। निक्कै टाढा पुर्‍याएँ ठानेको थिएँ ।कमिजमै झरेछ। धन्न बुहारीले देखििछन् । हत्तपत्त आएर रुमालले पुछ्पाछ पार्दिन्।”

यस्तै गफ हुँदैथ्यो – “पाँच बज्न थालेछ” भन्दै चिरञ्जीवी धरमराउदै उठे।
दिर्घले -“लैनो पाडोझैँ हिँड्छौ। तागत पुग्दैन नालीतिर खुरमुरेलाउ” भन्दैथे । नाति संस्कारकुमारले- “म घर पुर्‍याएर आउँछु ” भन्दै चिरञ्जीवीको पाखुरामा समातेर लगे।

०००
हेटाैँडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कोख नै दोख

कोख नै दोख

आर.सी. रिजाल
अदालत

अदालत

आर.सी. रिजाल
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
फोहरी हात

फोहरी हात

आर.सी. रिजाल
कथुरी

कथुरी

आर.सी. रिजाल
वीरगति

वीरगति

आर.सी. रिजाल
0
Would love your thoughts, please comment.x
()
x