चन्द्रमणि अधिकारीस्वस्ति गान छ आजभोलि
न त धन छ, न मन बिटुलो, न बलियो तन छ पाखुरा सुर्केर बल देखाउन जानेन मेरो कविताले ।

चन्द्रमणि अधिकारी :
चर्चरी चिरिने रहेछ हृदय हजुरको, मेरो कविताले
मालिक भनेर चिन्न जानेन, मेरो कविताले
पुच्छर बनेर पछि लाग्नुपर्ने थियो क्यार सायद
सालिक बनेर ठिङ्ग उभिन जानेन मेरो कविताले
अचेलको जमाना यस्तै छ थाहा छ अलिकति
गोडा मल्न जानेन, मानेन हजुर मेरो कविताले
न त धन छ, न मन बिटुलो, न बलियो तन छ
पाखुरा सुर्केर बल देखाउन जानेन मेरो कविताले
जताततै हजुरकै स्वस्ति गान छ आजभोलि
हजुरको कीर्तन भजन गाउन जानेन मेरो कविताले ।
०००
२०८०/०९/२६ साँझ
म्याग्दे, तनहुँ ।
Subscribe
Login
0 Comments
Oldest







































