साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आमा

उखेली फाल्दैछौ छलकपटका मूल सहित उकालोमा लान्छ्यौ सकुशल अहा ! कोमल रित डराएका हुन्छन् अधम शठ काँप्छन् थुरथुर मिलाएकी हुन्छ्यौ वचन सुविधामा लयसुर ।

Nepal Telecom ad

चन्द्रमणि अधिकारी :

१.
छु सम्झेको आमा ! शुभ प्रहरमा शुभ्र ममता
छु चाही आएको सहज अहिले बुद्ध क्षमता
छु फाल्ने इच्छामा सहज नहुने जो विषमता
छु पाल्ने आशामा सकुशल कला साथ समता ।

२.
तिमी भन्दा ज्ञानी भनन छ र को यो भुवनमा ?
सबैकी आमा झैँ सकरुण सदा भित्र मनमा
सदाचारी शिक्षा तन मन खुला याेग सहित
बनेकी ज्योत्स्ना छौ प्रखर प्रतिभा झन् मुकुलित ।

३.
फलाहारी खाना विधिवत जुटाई पवनमा
झुकेकी देखिन्छ्यौ नरम अति नै जो नयनमा
सबै आफ्नो मानी हृदयत छ श्रद्धा वितरण
नसोधी भन्दैछौ वरपर भएकाे विवरण ।

४.
जगन्माता दुर्गा अवतरित गार्गी प्रकरण
गरेकी स्वेच्छाले अथकित अहा ! यो विचरण
सिकाएकी बाटो सुगमसित चल्ने कदम छौ
भनी काखा च्याप्ने सहजसित आफैं अचम हौ ।

५.
उखेली फाल्दैछौ छलकपटका मूल सहित
उकालोमा लान्छ्यौ सकुशल अहा ! कोमल रित
डराएका हुन्छन् अधम शठ काँप्छन् थुरथुर
मिलाएकी हुन्छ्यौ वचन सुविधामा लयसुर ।

०००
२०८१/०३/३१, बिहान
तनहुँ, नेपाल ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
होस् भ्रष्ट मास्ने मति

होस् भ्रष्ट मास्ने मति

चन्द्रमणि अधिकारी
आमाको सम्झना

आमाको सम्झना

चन्द्रमणि अधिकारी
छ भ्रष्ट चाल

छ भ्रष्ट चाल

चन्द्रमणि अधिकारी
बुढ्यौलीको बात

बुढ्यौलीको बात

चन्द्रमणि अधिकारी
जान्छु एक्लै मलाम

जान्छु एक्लै मलाम

चन्द्रमणि अधिकारी
स्वस्ति गान छ आजभोलि

स्वस्ति गान छ आजभोलि

चन्द्रमणि अधिकारी
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

इन्दिरा प्रयास
हाम्रो बचाओैँ अस्मिता

हाम्रो बचाओैँ अस्मिता

कल्पना अधिकारी
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
0
Would love your thoughts, please comment.x
()
x