साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाँडीगाउँको जात्रा

हाँडी फुटी टुक्रा भए मकै केमा भुट्ने धान भुट्न नपाएसी चिउरा केका कुट्ने झगडाले हाँडी फुटी हुनेभयो जात्रा खाजा छैन खेताला त पर्छन् अलपत्र ।

Nepal Telecom ad

‌टेकबहादुर लौडारी  :

प्राचीनको उखानै छ हाडीगाउँको जात्रा
बढोत्तरी हुँदै गाछ भद्रगोले मात्रा
देश हाम्रो तातेको छ हाँडी ताते जस्तो
महत्तो नै नबुझेर साह्रै भयो‌ सस्तो।

यौटा भन्छ हाँडी तात्यो मकै भुट्नुपर्यो
अर्को भन्छ सिन्का छैनन् भुट्ने बेला टर्यो
आपसको खिचातानी उत्कर्षमा फर्क्यो
सात चिरा देखाएर हाडी पनि चर्क्यो ।

मुठीभरि सिन्का लिई यौटा उता गयो
अर्को भन्छ सिन्का लेन हाँडी फुट्ने भयो
उता अर्को धान मकै पोकोपारी बस्छ
दिन्न म त हाँडी चर्के मकै तल खस्छ।

हाँडी फुटी टुक्रा भए मकै केमा भुट्ने
धान भुट्न नपाएसी चिउरा केका कुट्ने
झगडाले हाँडी फुटी हुनेभयो जात्रा
खाजा छैन खेताला त पर्छन् अलपत्र ।

हे… खिचातानी उत्कर्ष मात्रमा;
हाडीगाउँको उखाने जात्रामा… ।

०००
भानु- ४, तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गोरुजुध्ने जात्रा

गोरुजुध्ने जात्रा

टेकबहादुर लाैडारी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x