साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गोरुजुध्ने जात्रा

अरू ध्येय केही छैन पुरस्कार खाने घाँस कुँडो दोहन गर्न भकारोमा जाने मालिकलाई खुसी पार्न गोठै भँड्याउँने लामो घाँटी तन्काएर खेती लुड्याउँने।

Nepal Telecom ad

टेकबहादुर लाैडारी :

जरे गोरु जुधाउँने गोरुजात्रे मेला
जुद्नलाई तपारीछ बसाहाको भेला
यौटा गोरु डुक्रिएर होकाँ होक्काँ गर्छ
अर्को गोरु डराएर पछि पछि सर्छ।

कुनै गोरु थान थाप्दै एक्लै जुध्न खोज्छन्
जुरेगोरु पछार्नलाई सबैजुट्न खोज्छन्
बिनाकाम खुराँकले पुष्टिएका गोरु
सिङ सबै फुक्लेहुन्थ्यो जुध्दा जुध्दै बरु।

रिमोटले उठाउँने बस भने बस्ने
बालुवाका ढिस्का पाए तिखासिंङ धस्ने
दाईं हाल्दा ठूलो बनी मियोनेर बस्ने
आफन्तको भलोगर्ने अरूलाई डस्ने।

अरू ध्येय केही छैन पुरस्कार खाने
घाँस कुँडो दोहन गर्न भकारोमा जाने
मालिकलाई खुसी पार्न गोठै भँड्याउँने
लामो घाँटी तन्काएर खेती लुड्याउँने।

कैले कैले लाग्ने गर्छ गोरु जुध्ने मेला
रमिताको लागि हुन्छ सङ्क्रान्तिको बेला
तेसै छोडे साँढे हुन्छ सुमरेमा गोरु
सुमरेमा वेशै हुन्थ्यो सबै साँडेहरू।

०००
भानु, तनहुँ हाल- काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हाँडीगाउँको जात्रा

हाँडीगाउँको जात्रा

टेकबहादुर लाैडारी
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x