साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पहिचान

संसाररुपी बगैँचाका फूल रङ्गीचङ्गी झुल्नु पर्थ्यो सौन्दर्यले हिँड्छन् किन जङ्गी । भाग्य फुट्न लाग्या हो कि लाग्यो दशा जुट्न मानवताको माला किन लाग्या होला टुट्न !!

Nepal Telecom ad

कृष्णप्रसाद गौतम :

घर पोली फैलाएर धुवाँ आकाशमा
रमाउँछ मानवता कहिले आपसमा !
मुसलझैँ घुमेको छ पहिचाने रोग
संसारमा फैलाएर आतङ्क र सोग ।

श्रीलङ्कामा बजारियो पहिचानको ढुङ्गो
कोसा खाए बाँदरले हात लाग्यो बुङ्गो ।
युगान्डामा सल्किएथ्यो पहिचानकै भुङ्ग्रो
फोक्सो मुटु आन्द्रा जले पेट भयो ढुङ्ग्रो ।

मैतेई र नागाकुकी आपसका साथी
साँधिराछन् निशाना ती एक अर्कामथि ।
जतासुकै लड्न थाल्यो पहिचाने ढुङ्गो
लड्दालड्दै कहाँ पुगी लाग्छ होला टुङ्गो ?

खलो मासी भँडारमा धान खोजे जस्तो
मुटु बेची मानवता खोजी हिँड्नु कस्तो ?
रगेडिँदा रुखहरू वनै जल्न सक्छ
कुरा गरौँ आपसमा मन मिल्न सक्छ ।

संसाररुपी बगैँचाका फूल रङ्गीचङ्गी
झुल्नु पर्थ्यो सौन्दर्यले हिँड्छन् किन जङ्गी ।
भाग्य फुट्न लाग्या हो कि लाग्यो दशा जुट्न
मानवताको माला किन लाग्या होला टुट्न !!

मान्छे किन मान्छेदेखि तर्सिएको होला
भावनाको साइनो किन बिर्सिएको होला ?
कोमल त्यो मुटुभित्र रगत छ रातो
मान्छे सबै मान्छे नै हो हिँडौँ एकै बाटो ।

०००
इटहरी, सुनसरी ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमा अझै सुरक्षित छैनन्

आमा अझै सुरक्षित छैनन्

कृष्णप्रसाद गाैतम
तीन ठोक्तक

तीन ठोक्तक

कृष्णप्रसाद गाैतम
कसरी पत्याउँ ?

कसरी पत्याउँ ?

कृष्णप्रसाद गाैतम
तीन ठाेक्तक

तीन ठाेक्तक

कृष्णप्रसाद गाैतम
तीन ठोक्तक

तीन ठोक्तक

कृष्णप्रसाद गाैतम
तीन ठोक्तक

तीन ठोक्तक

कृष्णप्रसाद गाैतम
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x