साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गोठालो

आधा किलो प्याज खोज्न बजार छानमारेको चारदिन बितिसक्यो एकपाउ पनि भेटेको होईन । पल्लो घरको साईलाले कता हो एकबोरा प्याज किलोको दुईसय रुपैँयामा किन्न हारालुछ गर्दै गरेको देखेको थियो रे ।

Nepal Telecom ad

अशोककुमार शिवा :

उहिलेको समयमा गोठमा गाईवस्तु धेरै हुन्, गाईभैसीहरूले मनग्गे दुध दिउन्, गोरुहरू बलिया हुन् खेतबारी जोत्न सजिलो होस भन्ने चाहाना प्राय सबैको हुन्थ्यो । त्यसबखत जताततै हरियाली चरिचरनको राम्रो व्यवस्था थियो । वस्तुभाउ पनि चिल्ला बलिया हुन्थे । जमाना बदलियो वातावरण वदलियो । हरिया जंगल सबै खैरा पाखापखेरा भइसके । हरिया चउर देख्न पाईनै छोड्यो । उ बेलाको गोठालोलाई जस्तो सजिलो आजभोलिको गोठालोलाई छैन ।

राम्रो दानापानी दिन नसकेपछि उत्पादन मात्रै धेरै खोजेर हुन्छ र ? गोरु दह्रो भए पो हलको मेलो भ्याउँछ जब गोरु नै पिलन्धरे छ भने हलको मेलोको आशा गरेर हुन्छ ? हुन त आधुनिकता सँगै ट्याक्टरले जोतखन गर्ने प्रचलन बढेको छ । तर ट्याक्टरमा पनि तेल त हाल्नै पर्छ । ईन्जिन पनि ठिकठाक हुनैपर्छ, नत्र कसरी चल्छ ।

हातमा लौरो लिएर मात्रै कोही अब्बल दर्जाको गोठालो बन्न सक्दैन नकी स्टेयरिङ समाउँदा मात्रै ट्याक्टर सहिबाटो हिँडोस् । गोठालो होस वा ड्राईभर होसियारीको साथ सिपालु पनि त हुनुपर्‍यो । सिदुरेले बाली चोर्‍यो भने ढाड खुस्काउककछु, मालीले टेरिनँ भने खुट्टा भाँच्छु भनेर गजक्क गज्किँने गोठालो भन्दा सबै वस्तुभाउलाई चरणमा सहज विचरण गराउने गोठालोले राम्रो उत्पादन हात लगाउँछ । ट्याक्टर कुदाउन पनि गियरलाई राम्ररी अपरेसन गर्न त जान्नुपर्छ नत्र त गियर फसिहाल्छ नि ।

हिजोआज देशमा रोजगारीको अवस्था नाजुक छ । छोराछोरी पढाउँदा पढाउँदा बाआमाका ढाड भाच्चिई सक्छ । छोराछोरी बल्ल दिक्षित हुन्छन तर रोजगारी नपाएर हैरान । केही व्यापार व्यवसाय गराउँ न त भन्यो बजार सबै अर्कैको कब्जामा । उधोगधन्दा चलाउँ न त भन्यो औद्योगिक हालिमुहाली अर्कैको हुने । महंगीको मारले सबै पिल्सिएको अवस्था छ । बजारमा जाबो प्याज त पाईन छाड्यो । ए बाबा व्यवस्थापकले अलि राम्रो व्यवस्थापन गरिदिए त यस्तो सास्ती त हुने थिएन होला नि ?

जनशक्ति पलायन भए, खेतबारी बाँझै भए, उद्योगधन्दा बन्द भए, कलकारखाना बन्द भए, कामदार पलायन भए भनेर रुन्चे क्रन्दन मात्रै सुनाएर हुन्छ कि पूर्वाधारको विकास तथा रोजगारीको प्रबन्ध आदी हर्नुपर्छ ? डुक्रिएर मात्रै हुन्छ ? पहिला सम्पूणर् चाँजोपाँजो मिलाउनु पर्‍यो नि । त्यसपछि पनि कोही कसैले टेरेनन् स्वदेश हेरेनन् भने डुक्रिएको अर्थ रहन्छ । अर्थतन्त्रमा पहुँचवालाले मात्रै मोज गरेर विकास निर्माण देश र जनतालाई नहेर्ने हो भने जनताले मात्रै तिमीलाई किन हेर्ने ?

पहिला गोठालो हुन के के कुराको जानकारी हुनुपर्छ त्यो सिक्नुपर्‍यो । वस्तुभाउलाई चरिचरनको प्रबन्ध कसरी मिलाउने त्यसको योजना हुनुपर्‍यो । ट्याक्टर कुदाउन सजिलो हुने खेतबारी चाहियो । मजदुरी गरेर खान पाउने प्रशस्तै अवसरहरू हुनुपर्‍यो । कलकारखाना सञ्चालन गरेर उत्पादन विक्रिवितरण गर्ने बजारको राम्रो प्रबन्ध हुनुपर्‍यो । विचौलियाहरूको बिगबिगी हटाउनु पर्‍यो । बल्ल डिक्टेटरले झैँ कमाण्ड गर्न मिल्छ ।

आधा किलो प्याज खोज्न बजार छानमारेको चारदिन बितिसक्यो एकपाउ पनि भेटेको होईन । पल्लो घरको साईलाले कता हो एकबोरा प्याज किलोको दुईसय रुपैँयामा किन्न हारालुछ गर्दै गरेको देखेको थियो रे । यस्तो छ अवस्था । आपूर्तिले फुर्ति लगाएर हुन्छ र? कृषिका सम्बन्धितहरू कता झक मारिरहेका छन् ? कि विचौलिया मार्फत कालीमाटीमा ढक मारिरहेका छन् ?

समग्रमा भन्नुपर्दा एउटा कुराको राम्रो प्रबन्धन गर्न चौतर्फी अवयवहरू समान रूपले परिचालित हुनुपर्दछ । लङ्गडोले दौडमा भाग लिएर हुन्छ र ? दौडिन त दुईवटै खुट्टा बलिष्ठ भएको धावक नै चाहिन्छ । त्यसैले सबैले कुराको चुरो राम्ररी मनन् गरेर अधि बढ्नु पर्छ । त्यसै भाषण गरेर मात्रै केही हुनेवाला छैन । आजका जनता कसैको भाट वा निजी कामदार होइनन् । उनीहरूको पनि उचित प्रबन्धन र उचित अवसरहरू हुनुपर्‍यो ।

०००
गल्कोपाखा, काठमाडौं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
काँध धेरै थाकिसक्यो

काँध धेरै थाकिसक्यो

अशोककुमार शिवा
फल थाम्न नसक्ने फेद के काम ?

फल थाम्न नसक्ने फेद...

अशोककुमार शिवा
बुढ्यौलीको ढोका

बुढ्यौलीको ढोका

अशोककुमार शिवा
बठ्याईं

बठ्याईं

अशोककुमार शिवा
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x