साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गोठालो

आधा किलो प्याज खोज्न बजार छानमारेको चारदिन बितिसक्यो एकपाउ पनि भेटेको होईन । पल्लो घरको साईलाले कता हो एकबोरा प्याज किलोको दुईसय रुपैँयामा किन्न हारालुछ गर्दै गरेको देखेको थियो रे ।

Nepal Telecom ad

अशोककुमार शिवा :

उहिलेको समयमा गोठमा गाईवस्तु धेरै हुन्, गाईभैसीहरूले मनग्गे दुध दिउन्, गोरुहरू बलिया हुन् खेतबारी जोत्न सजिलो होस भन्ने चाहाना प्राय सबैको हुन्थ्यो । त्यसबखत जताततै हरियाली चरिचरनको राम्रो व्यवस्था थियो । वस्तुभाउ पनि चिल्ला बलिया हुन्थे । जमाना बदलियो वातावरण वदलियो । हरिया जंगल सबै खैरा पाखापखेरा भइसके । हरिया चउर देख्न पाईनै छोड्यो । उ बेलाको गोठालोलाई जस्तो सजिलो आजभोलिको गोठालोलाई छैन ।

राम्रो दानापानी दिन नसकेपछि उत्पादन मात्रै धेरै खोजेर हुन्छ र ? गोरु दह्रो भए पो हलको मेलो भ्याउँछ जब गोरु नै पिलन्धरे छ भने हलको मेलोको आशा गरेर हुन्छ ? हुन त आधुनिकता सँगै ट्याक्टरले जोतखन गर्ने प्रचलन बढेको छ । तर ट्याक्टरमा पनि तेल त हाल्नै पर्छ । ईन्जिन पनि ठिकठाक हुनैपर्छ, नत्र कसरी चल्छ ।

हातमा लौरो लिएर मात्रै कोही अब्बल दर्जाको गोठालो बन्न सक्दैन नकी स्टेयरिङ समाउँदा मात्रै ट्याक्टर सहिबाटो हिँडोस् । गोठालो होस वा ड्राईभर होसियारीको साथ सिपालु पनि त हुनुपर्‍यो । सिदुरेले बाली चोर्‍यो भने ढाड खुस्काउककछु, मालीले टेरिनँ भने खुट्टा भाँच्छु भनेर गजक्क गज्किँने गोठालो भन्दा सबै वस्तुभाउलाई चरणमा सहज विचरण गराउने गोठालोले राम्रो उत्पादन हात लगाउँछ । ट्याक्टर कुदाउन पनि गियरलाई राम्ररी अपरेसन गर्न त जान्नुपर्छ नत्र त गियर फसिहाल्छ नि ।

हिजोआज देशमा रोजगारीको अवस्था नाजुक छ । छोराछोरी पढाउँदा पढाउँदा बाआमाका ढाड भाच्चिई सक्छ । छोराछोरी बल्ल दिक्षित हुन्छन तर रोजगारी नपाएर हैरान । केही व्यापार व्यवसाय गराउँ न त भन्यो बजार सबै अर्कैको कब्जामा । उधोगधन्दा चलाउँ न त भन्यो औद्योगिक हालिमुहाली अर्कैको हुने । महंगीको मारले सबै पिल्सिएको अवस्था छ । बजारमा जाबो प्याज त पाईन छाड्यो । ए बाबा व्यवस्थापकले अलि राम्रो व्यवस्थापन गरिदिए त यस्तो सास्ती त हुने थिएन होला नि ?

जनशक्ति पलायन भए, खेतबारी बाँझै भए, उद्योगधन्दा बन्द भए, कलकारखाना बन्द भए, कामदार पलायन भए भनेर रुन्चे क्रन्दन मात्रै सुनाएर हुन्छ कि पूर्वाधारको विकास तथा रोजगारीको प्रबन्ध आदी हर्नुपर्छ ? डुक्रिएर मात्रै हुन्छ ? पहिला सम्पूणर् चाँजोपाँजो मिलाउनु पर्‍यो नि । त्यसपछि पनि कोही कसैले टेरेनन् स्वदेश हेरेनन् भने डुक्रिएको अर्थ रहन्छ । अर्थतन्त्रमा पहुँचवालाले मात्रै मोज गरेर विकास निर्माण देश र जनतालाई नहेर्ने हो भने जनताले मात्रै तिमीलाई किन हेर्ने ?

पहिला गोठालो हुन के के कुराको जानकारी हुनुपर्छ त्यो सिक्नुपर्‍यो । वस्तुभाउलाई चरिचरनको प्रबन्ध कसरी मिलाउने त्यसको योजना हुनुपर्‍यो । ट्याक्टर कुदाउन सजिलो हुने खेतबारी चाहियो । मजदुरी गरेर खान पाउने प्रशस्तै अवसरहरू हुनुपर्‍यो । कलकारखाना सञ्चालन गरेर उत्पादन विक्रिवितरण गर्ने बजारको राम्रो प्रबन्ध हुनुपर्‍यो । विचौलियाहरूको बिगबिगी हटाउनु पर्‍यो । बल्ल डिक्टेटरले झैँ कमाण्ड गर्न मिल्छ ।

आधा किलो प्याज खोज्न बजार छानमारेको चारदिन बितिसक्यो एकपाउ पनि भेटेको होईन । पल्लो घरको साईलाले कता हो एकबोरा प्याज किलोको दुईसय रुपैँयामा किन्न हारालुछ गर्दै गरेको देखेको थियो रे । यस्तो छ अवस्था । आपूर्तिले फुर्ति लगाएर हुन्छ र? कृषिका सम्बन्धितहरू कता झक मारिरहेका छन् ? कि विचौलिया मार्फत कालीमाटीमा ढक मारिरहेका छन् ?

समग्रमा भन्नुपर्दा एउटा कुराको राम्रो प्रबन्धन गर्न चौतर्फी अवयवहरू समान रूपले परिचालित हुनुपर्दछ । लङ्गडोले दौडमा भाग लिएर हुन्छ र ? दौडिन त दुईवटै खुट्टा बलिष्ठ भएको धावक नै चाहिन्छ । त्यसैले सबैले कुराको चुरो राम्ररी मनन् गरेर अधि बढ्नु पर्छ । त्यसै भाषण गरेर मात्रै केही हुनेवाला छैन । आजका जनता कसैको भाट वा निजी कामदार होइनन् । उनीहरूको पनि उचित प्रबन्धन र उचित अवसरहरू हुनुपर्‍यो ।

०००
गल्कोपाखा, काठमाडौं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
काँध धेरै थाकिसक्यो

काँध धेरै थाकिसक्यो

अशोककुमार शिवा
फल थाम्न नसक्ने फेद के काम ?

फल थाम्न नसक्ने फेद...

अशोककुमार शिवा
बुढ्यौलीको ढोका

बुढ्यौलीको ढोका

अशोककुमार शिवा
बठ्याईं

बठ्याईं

अशोककुमार शिवा
गणित पुराण

गणित पुराण

शिवप्रसाद जैशी
हेर ! बाबै ! बिलाउनी पनि भुटुन हाल्न पर्छ है

हेर ! बाबै !...

सुरेशकुमार भट्ट
बाजी

बाजी

डा. विदुर चालिसे
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
0
Would love your thoughts, please comment.x
()
x