साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्धवृद्धा सँगै छन्

उकासौँ अग्ल्याई ज्ञानगुच्छा फिँजारे । उठून् जागून् भन्दै चेत आशा उमारे ।। परेवाका जोडी लाग्छ हेर्दा सधैँ झन् । मिलेका साथीझैँ वृद्धवृद्धा सँगै छन् ॥

Nepal Telecom ad

दीनानाथ पोखरेल :

धरा यो सौगन्धी पार्दछन् यी कलाले ।
भए पुज्नै पर्ने भन्दछन् यो भलाले ।।
धरा अग्लो पारे चेतनाका बला छन् ।
मिलेका साथीझैँ वृद्ध‌वृद्धा सँगै छन् ॥०१॥

गला खोले आफ्‌नो पूर्ण मान्छे बनेर ।
नदेख्ने ता हिँड्‌छन् नित्य खेदो खनेर ।।
दिए हाम्रै जिम्मा स्तुत्य संस्कार डुल्छन् ।
मिलेका साथीझैँ वृद्धवृद्धा सँगै छन् ।।०२।।

खुसी पारे जुट्‌दै वृद्धवृद्धा रमाई ।
सँगै छोराछोरी हिँड्न जान्ने बनाई ।।
सिकाए धर्तीमा बाँच्न हुन् ईश खुल्छन् ।
मिलेका साथीझैँ वृद्धवृद्धा सँगै छन् ॥०३।।

उठाए छातीमा शक्ति अग्ला क्रियाले ।
पुजौँ आमाबाबा ईश मानी हियाले ।।
सधैँ कर्मी बन्दै पाल्न जोडी खटे झन् ।
मिलेका साथीझैँ वृद्धवृद्धा सँगै छन् ।।०४।।

बिचारे अग्ला हुन् कर्म पुज्ने पुजारी।
बुझून् डुल्दै हेरी प्राप्ति आभा फिँजारी ।।
स्वयम् आफू मिल्दै मेल शिक्षा दिदाँ छन्।
मिलेका साथीझैँ वृद्धवृद्धा सँगै छन् ।।०५।।

उकासौँ अग्ल्याई ज्ञानगुच्छा फिँजारे ।
उठून् जागून् भन्दै चेत आशा उमारे ।।
परेवाका जोडी लाग्छ हेर्दा सधैँ झन् ।
मिलेका साथीझैँ वृद्धवृद्धा सँगै छन् ॥०६।।

०००
सुम्बेक, इलाम नगरपालिका-२ इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
वृद्धवृद्धा सबै …

वृद्धवृद्धा सबै …

दीनानाथ पाेखरेल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दीनानाथ पाेखरेल
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
शून्यजस्तै उज्यालो कटेरो

शून्यजस्तै उज्यालो कटेरो

लालबाबु शर्मा पोखरेल
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
मोती हाम्रा …

मोती हाम्रा …

पदम दाहाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

इन्द्रनारायण सुवेदी
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x