साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विगत‌कै छ सिको अझ वृद्धको

रहरले हरकर्म हुँदै गरून् । अभरमा भर गर्न सबै खटून् ।। समय होस् सम साधक बुद्धको । विगतकै छ सिको अझ वृद्धको ॥ अजुट दुष्ट छ यो जुट यत्न‌ले । बगरमै गर कर्म प्रयत्नले ॥ अमन यो मन बन्न दिँदैन जो । विगतकै छ सिको अझ वृद्धको ॥

Nepal Telecom ad

दीनानाथ पोखेल :

अगतिलो गति भोग्न परेपछि ।
वितलले तल ठेल्छ डरेपछि ।।
उदरमा दर राख्न त भुल्छ को ?
विगत‌कै छ सिको अझ वृद्धको ।।०१।।

विभव यो भवमा अति फैलियो।
विभवले भवको मति मैलियो ।।
पहल होस् हल गर्न विचारको ।
विगत‌कै छ सिको अझ वृद्धको ।।०२।।

अभय होस् भयको गति बन्द होस् ।
अकृतका कृतको पथ दूर होस् ।।
नियम होस् यमतुल्य प्रभावको ।
विगतकै छ सिको अझ वृद्धको ॥०३।।

रहरले हरकर्म हुँदै गरून् ।
अभरमा भर गर्न सबै खटून् ।।
समय होस् सम साधक बुद्धको ।
विगतकै छ सिको अझ वृद्धको ॥०४।।

अजुट दुष्ट छ यो जुट यत्न‌ले ।
बगरमै गर कर्म प्रयत्नले ॥
अमन यो मन बन्न दिँदैन जो ।
विगतकै छ सिको अझ वृद्धको ॥०५।।

०००
सुम्बेक, इलाम-२, इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

कमला पन्थी अधिकारी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x