मरुभूमि नारायणउचालेको कुकुरले हरिण मार्दैन
हामीलाई टेर्दैनन् अनि भनेको मान्दैनन् परचक्रीका सामु खूब झुक्छन् यिनीहरु । अहिले जसको मदत लिएका छन् भोलि उसैलाई सक्न दोबाटो ढुक्छन् दिनीहरू ।

मरुभूमि नारायण :
चुनाव अगि नराम्ररी झुक्छन् यिनीहरु
चुनावपछि दुलोभित्र लुक्छन यिनीहरु ।
बालबालिका नै छन् बोली फुटेको छैन
बोल्ने ठाउमै नराम्ररी चुक्छन् यिनीहरू ।
दाँत देखाउने स्थानमा हात देखाउँछन्
यसरी नै गए लक्षमा पुग्छन् यिनीहरु ।
उद्देस्य के हो आफैंलाई थाहा समेत छैन
हेरौं एकदिन खहरेझैं सुक्छन् यिनीहरु ।
कतै देवता जस्तो पनि कतै महामानव
निकाली स्वर कुकुरकै भुक्छन् यिनीहरु ।
हामीलाई टेर्दैनन् अनि भनेको मान्दैनन्
परचक्रीका सामु खूब झुक्छन् यिनीहरु ।
अहिले जसको मदत लिएका छन् भोलि
उसैलाई सक्न दोबाटो ढुक्छन् दिनीहरू ।
उचालेको कुकुरले हरिण मार्दैन थाहा छ
कुनदिन आफ्नै मुखमा थुक्छन् दिनीहरु ।
०००
तनहुँ
Subscribe
Login
0 Comments
Oldest




































