अमर अधिकारीपाँच खित्कौली
लेखापाल केटा भेटाएँ भनेर ज्वाइँ बनाइयो, ज्वाइँ त ट्वाइलेट बाहिर बसेर पाँच/दश रुपियाँ उठाउने लेखापाल पाे परेछन् भन्या।

अमर अधिकारी :
(ट्रयाकसुट किनेर ल्याएपछि)
भाइः मैले त ATOM ट्रयाकसुट किनेको, ह्याँ त MOTA पो देखिन्छ दाइ !
दाइः अक्षर ऐनामा हेर्ने हैन नि त, उल्टो देखिहाल्छ नि !
१
(टोलमा साथीको घर खोज्दै)
आगन्तुकः यो टोलमा बिरालोको घर कुन होला ?
पसलेः खोई यो टोलमा त्यस्तो नाम गरेको कोही भए जस्तो लाग्दैन।
आगन्तुकः उहाँको पूरा नाम बिर्ख राम लोहार हो के, हतार भएर मैले त सटकटमा भनेको।
२
(घरमा चोरी भएको भोलिपल्ट)
पहिलो छिमेकीः त्यत्रो चोरी हुँदा पनि चोरलाई मर्न नसकेको चोर नभनेर किन बाँच्न नसकेको चोर भन्नुभाको ?
दोस्रो छिमेकीः अस्तिको महायज्ञमा वाचकले सकारात्मक सोच्नुपर्छ, नकारात्मक बोल्नुहुन्न भन्नुभएकोले।
३
(औषधि खानेमा प्रतिस्पर्धा)
निर्मलाः थाहा छ? मैले त सुगरको औषधि खानेथालेँ नि !
उर्मिलाः धेरै धाक नलगाऊ ! मैले त झन सुगर मात्र होइन, प्रेसरको समेत औषधि खानथालेको धेरै भैसक्यो।
४
(विवाह भएको केही दिनपछि)
नारायणः छोरीको बिहे लेखापालसँग भएपछि झन चिन्तित पो हुनुहुन्छ गुरु, किन हो ?
हरिः लेखापाल केटा भेटाएँ भनेर ज्वाइँ बनाइयो, ज्वाइँ त ट्वाइलेट बाहिर बसेर पाँच/दश रुपियाँ उठाउने लेखापाल पाे परेछन् भन्या।
नारायणः के भो त ? तिनी के मान्छे होइनन् र ? यस्तै सोचले त देश बिग्रेको।
५
०००
खुंग्री, रोल्पा। हालः बुढानिलकण्ठ, काठमाडौँ।
Subscribe
Login
0 Comments
Oldest




































