साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्धाहरू सबल छन् अब राज्य हाँक्न

छन् भ्रष्टता जति जहाँ खुद पूर्ण फाल्छन् । उल्लासयुक्त भवमा हित दीप बाल्छन् ।। उत्कृष्ट शासन चुनी नभतर्फ ताक्न । वृद्धाहरू सबल छन् अब राज्य हाँक्न ॥

Nepal Telecom ad

दीनानाथ पोख्रेल :

यो देशका हरकुना सब उठ्नुपर्छ।
वृद्धा र बाल वनितासँग जुट्‌नुपर्छ ॥
यो देश सक्नुछ उँभो खुद साथ चढ्न ।
वृद्धाहरू सबल छन् अब राज्य हाँक्न ॥०१॥

नौला विकास पथमा अगि बढ्नलाई ।
हाम्रा सुधार गतिमा बल जड्‌नलाई ।।
सक्नै प-यो मुलुकका हितनिम्ति जाग्न ।
वृद्धाहरू सबल छन् अब राज्य हाँक्न ॥०२।।

छन् भ्रष्टता मुलुकमा उर दुख्छ हाम्रो।
मैले बने बउर बन्दछ देश राम्रो ।।
सक्नेछ चेत जनको श्रमतर्फ जाग्न ।
वृद्धाहरू सबल छन् अब राज्य हाँक्न ।।०३।।

वृद्धा विचार जगमा जब उठ्‌न थाल्छन् ।
चट्टान हुन् मगजमा सब दूर फाल्छन् ।।
मिल्दा सुशान्ति मन सक्दछ व्योम ताक्न ।
वृद्धाहरू सबल छन् अब राज्य हाँक्न ॥०४॥

छन् भ्रष्टता जति जहाँ खुद पूर्ण फाल्छन् ।
उल्लासयुक्त भवमा हित दीप बाल्छन् ।।
उत्कृष्ट शासन चुनी नभतर्फ ताक्न ।
वृद्धाहरू सबल छन् अब राज्य हाँक्न ॥०५॥

०००
सुम्बेक, इलाम नगरपालिका वडा नं ०२, इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

कमला पन्थी अधिकारी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x