अमर सन्ततितीन ठाेक्तक
देशहित र जनहितमा काम नगर्दाको परिणाम देखेकै छौ, आज जित्नेले पनि सत्ताको भर्याङ चढ्दैमा धेरै फूर्ति नगर्नू ।

अमर सन्तति :
१.
जनतालाई फुस्रा र आफूलाई चिल्ला ठान्नेहरू
जितेपछि जनतामाथि नै तीखा बिल्ला हान्नेहरू
जन अदालतबाट गर्ल्यामगुर्लुम ढलेको देखियो ,
यताउता सबैतिर आफ्नो गढ किल्ला ठान्नेहरू ।
२.
भोटबैँक मात्र ठान्ने पुरानामाथि आक्रोस पोखेको देखियो
गतिलो सबक सिकाउनलाई खरो जोश बोकेको देखियो
अति सहने तर नबोल्ने जनता जनार्दनले मतदानमार्फत् –
केही गर्छु भन्ने नयाँको यसचोटि उद्घोष जोखेको देखियो ।
३.
जनतालाई बेवास्ता गरी आफ्नो मात्र स्वार्थपूर्ति नगर्नू
आफूलाई नै पो देवता ठानी फूलपाती पूजा मुर्ति नगर्नू
देशहित र जनहितमा काम नगर्दाको परिणाम देखेकै छौ,
आज जित्नेले पनि सत्ताको भर्याङ चढ्दैमा धेरै फूर्ति नगर्नू ।
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest






































