साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्धमा खुसी फुलोस् वसन्तले भुलाउँदा

डुल्छ सौम्य भावना गरी सुकर्म चाहना । जुट्छ हात प्राप्तिमा गरेर नित्य साधना ।। रम्छ चेत सौख्यले वसन्त द्वार आउँदा । वृद्धमा खुसी फुलोस् वसन्तले भुलाउँदा ।।

Nepal Telecom ad

दीनानाथ पोख्रेल

शान्ति बाँड्‌छ कोइली वसन्त प्रीत गाउँदै ।
फूल फुल्छ बागमा मुसुक्क मुस्कुराउँदै ।।
गर्छ भक्ति विश्वले वसन्त ग्राम आउँदा।
वृद्धमा खुसी फुलोस् वसन्तले भुलाउँदा ।।०१।।

बागभित्र घुम्दछन् रमेर नित्य माहुरी ।
सृष्टिचक्र चाल्दछन् चरा गरी चुरीफुरी ॥
शीतताप नै गए वसन्त यो उदाउँदा।
वृद्धमा खुसी फुलोस् वसन्तले भुलाउँदा ।।०२।।

वृक्ष फेर्छ पालुवा धरा खुलेर हाँस्दछ ।
जाग लम्क कर्ममा वसन्त प्रीत गाँस्दछ।।
फिर्छ रूप बाहिरी वसन्तराज छाउँदा ।
वृद्धमा खुसी फुलोस् वसन्तले भुलाउँदा ।।०३।।

प्रेमपान गर्छ यो धरा खुली वसन्तमा ।
भर्छ शक्ति चेतले नयाँ सुयोग्य कर्ममा ।।
कष्टताप चेतका टिपेर फाल्न पाउँदा।
वृद्धमा खुसी फुलोस् वसन्तले भुलाउँदा ।।०४।।

डुल्छ सौम्य भावना गरी सुकर्म चाहना ।
जुट्छ हात प्राप्तिमा गरेर नित्य साधना ।।
रम्छ चेत सौख्यले वसन्त द्वार आउँदा ।
वृद्धमा खुसी फुलोस् वसन्तले भुलाउँदा ।।०५।।

०००
सुम्बेक, इलाम-२, इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
वृद्धवृद्धा सबै …

वृद्धवृद्धा सबै …

दीनानाथ पाेखरेल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

दीनानाथ पाेखरेल
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

रामशरण न्याैपाने
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

विद्या अनामिका तिवारी
डोको ल्याउनु है बा आमा

डोको ल्याउनु है बा...

भावना न्याैपाने
आधार ज्येष्ठको होस् !

आधार ज्येष्ठको होस् !

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x