सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

यमराजको फोटो शेसन

यस्तैमा ढोका घर्‍याक उघारेर श्रीमती भित्र पसिन् । श्रीमती भित्र पस्न लागेकी देखेर यमदूतहरू अलप भए । ढोका घर्‍याक्क उघ्रेको अवाजले गर्दा म पनि झसङ्ग भएँ ब्युँझदा थाहा पाएँ, यो त मेरो सपना मात्र पो रहेछ ।

Nepal Telecom ad

विश्व शाक्य :

गर्मी बढिसकेको छ । खाना खाइवरी दुकानमा पालो दिन बसेँ । टन्न खाइएको भएर हो कि क्या हो निन्द्राले झुल्न थालेँ । दुकानमा खासै काम पनि थिएन । केटाहरू खाना खाइवरी आएपछि एकछिन पल्टनु पर्‍यो भनेर कोठामा उक्लेँ । ओछयानमा पल्टेको मात्र थिएँ, निन्द्राले झकाइहालेछु । निन्द्रामा झकाएको मात्र के थिएँ, दुईजना भुसतिघ्रेहरू ढोकाबाट लुसुक्क छिरेर मेरो छेउ उभिन आइपुगे । यसो हेर्दा नगरपालिकाले चौकीमा पालेका लठैतहरू जस्ता विना सूचना कोठामा सरासर पसेकोमा मनमनै झोँक पनि चलिरहेको थियो ।

दिउँसोको समय पारेर म एक्लै भएको बेला पर्‍यो र त ठीक्कै भयो लौ, बेलुकी बुढिया भएको बेला परेको भए ? झनक्क रिस उठ्दा त बजियाहरूलाई बजाइदिउँ कि जसे लागेको थियो । कसो ? झनक्क रिस उठ्दा त बजियाहरूलाई बजाइदिउँ कि जस्तो लागेको थियो । कसो नजर तिघ्रामा परेर पो । त्यसै भएर जोरी खोज्ने आँट गर्न सकिन । लुसुक्क परेर कोठाभित्र आउनाको कारण खुसुक्क सोधेँ-

—होइन, अर्काको कोठाभित्र पस्न यसो आवाज पनि दिनुपर्दैन कि क्या हो ?
तिम्रो शहर बजारको चर्को आवाजमा हामीले दिएको आवाज तिमीहरूले सुन्ने भए पो ।

—हाम्रो शहर बजारमा जस्तोसुकै अवाज भए पनि ढोकामा आवाज त दिनसक्थ्यौ नि !
हामी ढोकामा आवाज दिएर आउने खालका होइनौँ ।

—त्यसो भए तिमीहरू चोर हौ ?
होइनौँ ।

—चोर पनि होइनौँ रे । माओवादी पनि होइनौँ रे । अनि को हौ त तिमीहरू ?
हामी यमदूत हौँ ।

“यमदूत !” म एक्कासि झस्केँ र हिम्मत गरेर फेरि सोधेँ- कस्तो खाले यमदूत ? गाईजात्रामा निकाल्ने ख्यालख्याले यमदूत कि ? नेपालका सडकहरूमा चल्ने गाडीहरू जस्ता यमदूत ?

गाडीहरू पनि यमदूत हुन्छन् र ? उनीहरूले आश्चर्य प्रकट गर्दै सोधे ?
—‘यस्ता त यमदूत !’ मैले जिस्क्याउँदै भनेँ- “आफू भने यमदूत भन्छ, नेपालका सडकहरूमा गुड्ने गाडीहरू पनि यमदूत हुन् भन्ने थाहा पत्तै रहेनछ ।”

हामीलाई कसरी थाहा हुनु त ? हामी बस्छौँ यमलोक, गाडी चल्छन् यहाँ । यमलोकमा तिम्रो नेपालमा चल्ने यस्ता धुवाँदार गाडीहरू हुन्नन् क्यारे ।

—अनि कस्ता गाडी हुन्छन. त त्यहाँ ?
मनका गाडी, मनले चितायो बस्, पुग्यो त्यहाँ । तर तिम्रो देशको सडकमा गुड्ने गाडी पनि यमदूत भएको त हामीलाई अहिलेसम्म थाहै थिएन । गाडीहरू कसरी यमदूत हुन्छन् भन्नुस् त ?

—होइन तिमीहरू साँच्चिकै नक्कली यमदूत रहेछौं कि क्या हो ? तिम्रो चित्रगुप्तसँग सोधे पनि त थाहा लागिहाल्थ्यो नि वर्षेनि तिम्रो यमलोकमा हाम्रा देशका गाडीवालहरूले कि त जनता जनार्दनलाई सजिलै पुर्‍याइरहेका छन्, त्यसको कुनै हिसाव किताव छैन ? त्यही हिसाव हेरेर थाहा पाउनु पर्दैन ? ऊ केही हप्ता अगाडि मात्र बिहान सबेरै दूध किन्न गएकी हाम्री दिदीलाई बाटोबाट पनि माथि उक्लेर ती यमदूतले ढ्याम्म हिर्काइदिए । हिर्काएर मात्र नपुगेर तिनीमाथि नै गाडी चढाएर ठहरै पारिदिए ।

अनि के तिम्रो देशमा कानुन छैन ? हाम्रा यमराज जस्ता कुशल शासक छैनन् ।
कहिँ नभएको जात्रा हाँडीगाउँमा भनेझैँ कहीँ नभएको कानुन हाम्रो देशमा छ । सडकमा कुद्ने ती यमदूतहरूले बटुवाहरूलाई ठक्कर दिएपछि अङ्गभङ्ग भएमा ठूलो हर्जाना तिर्नुपर्ला भनेर मान्छेको इहलिला नै समप्त पारिदिँदा रहेछन् । यसो गर्दा जरिवाना रकम मात्र तिरे पुग्छ क्यार, त्यही भएर त यमदूत भनेको ।

अर्को कुरा, जहाँसम्म कुशल सरकारको कुरा छ, सरकार त तीन-तीन महिनामा फेरिन्छन् । सांसदहरूलाई मन्त्री हुने दाउ हुन्छ । मन्त्री बनिसकेपछि तिनैको चर्को भाउ हुन्छ । बोक्सी पनि तिनै हुन्छन्, झाँक्री पनि तिनै हुन्छन् । टनका टन र मनका मन सुन भन्सारबाट तिनै छल्छन् । भ्रष्टाचार अयोग पनि तिनै गठन गर्छन् । यस्तो देशमा कानुनले के गर्न सक्छ ?
अनि के तिम्रो देशमा पुलिस छैन । ती जथाभावी गाडी कुदाउनेलाई पुलिसले कारवाही गर्दैन ?

गर्छ नि किन गर्दैन । पुलिस थाना, चौकी आदि बनाउन ज्यामी, बालुवा, सिमेन्ट, ढुङ्गा आदिलाई भनेर हज्जारौँ पैसा लिन्छ नि । (मेरो भनाइ रोकिएको पनि थिएन, ती यमदूतहरूले एकै स्वरमा भने ।)

हामी तपाईंलाई यमलोकबाट लिन आएका, तपाईंको कुरै कुरामा अल्झिएछौँ । तपाईंलाई धर्मराज यमले तुरुन्त लिएर लिएर आउन भन्नुभएको छ । यमलोकबाट लिन आएको भनेपछि मेरो सातो गयो । मैले कुरा बनाउँदै भनेँ-

होइन यसमराजजी पनि मलाई मत्र घरीघरी किन बोलाइरहनु हुन्छ हँ ? गएको शहीद दिवसको बेला पनि त्यहाँ गएर आएको ।
त्यो बेला तपाईंले यमराजजीसँग भेट नै गर्नुभएन छ नि । त्यसै भएर फेरि बोलाउन पठाउनुभएको ।

यमराजजीलाई पनि थाहा नै रहेनछ । उहाँले बडेमाको फोटो खिच्ने भन्नुभाथ्यो । ऊ बेला अर्कैको सरकार थियो अहिले सरकार परिवर्तन भएर अर्कैको सरकार आइसक्यो । के फोटो खिच्नुहुन्छ त नि उहाँ ? अहिले गएर फोटो खिच्यो, फोटो बनाउन भ्याउँदा नभ्याउँदै फेरि सरकार परिवर्तन भइहाल्छ, अनि त्यो फोटो के काम ? कहाँ लगेर राख्ने ?

सरकार परिवर्तनसँग फोटोको के सम्बन्ध ?
लौ हेर, यी यमदूत पनि साँच्चिकै अनाडी रहेछन् । हाम्रो यहाँ त सरकार परिवर्तनसँग हर चिजको सम्बन्ध छ । सरकार परिवर्तन हुनासाथ यहाँ मन्त्री परिवर्तन हुन्छन्, सचिव परिवर्तन हुन्छन्, जी.एम. परिवर्तन हुन्छन्, हाकिम परिवर्तन हुन्छन्, सबैथोक परिवर्तन हुन्छन् । यहाँ भाषा परिवर्तन हुन्छ, संस्कृति परिवर्तन् हुन्छन्, यस्तो ठाउँमा ऊ बेला खिचेको यमराजको फोटो यो बेला के काम ? फेरि हाम्रो देशमा यमराजहरूको कमी नै कहाँ छ ? मन्त्री हेरे, मन्त्री यमराज । सांसद हेरे सांसद यमराज । कर्मचारी हेरे कर्मचारी यमराज । व्यापारी हेरे व्यापारी यमराज । क-कसको फोटो कहाँ कहाँ टाँस्ने ? क-कसको फोटो कहाँ कहाँ झुण्ड्याउने ?

यस्तैमा ढोका घर्‍याक उघारेर श्रीमती भित्र पसिन् । श्रीमती भित्र पस्न लागेकी देखेर यमदूतहरू अलप भए । ढोका घर्‍याक्क उघ्रेको अवाजले गर्दा म पनि झसङ्ग भएँ ब्युँझदा थाहा पाएँ, यो त मेरो सपना मात्र पो रहेछ ।

०००

श्री महापशुपुराण’ (२०५७)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
फेसले देखाएको फुइँ

फेसले देखाएको फुइँ

ठाकुरप्रसाद अधिकारी
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
स्यालको रजाइँ

स्यालको रजाइँ

रामप्रसाद पन्थी