सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कोकलगाँडेको अन्तर्वार्ता

अन्यथा यहाँ मर्न पनि सकिन्न, बाँच्न पनि सकिन्न । तपाईं नै हेर्नुहोस् त- यहाँ नाम र दामका लागि कति मान्छेहरू मरीमरी बाँचिरहेका छन्, कति मान्छे बाँचीबाँची मरिरहेका छन् ।

Nepal Telecom ad

विश्व शाक्य :

श्री कोकलगाँडेज्यू यस भेकका एक प्रतिष्ठित व्यक्तित्व हुनुहुन्छ । उहाँ एक स्थापित साहित्यकार हुनुहुन्छ । उहाँ सर्वगुण-सम्पन्न हुनुहुन्छ । आफ्नो लागि उहाँ विशुद्ध स्वयम्भू नै हुनुहुन्छ । उहाँका किताबहरू एकमा अनेक प्रकाशित छन् । सबै किताब बटुल्दा ठिक्कको एउटा किताब तयार हुन्छ । त्यसै भएर उहाँका प्रकाशित कृति एकमा अनेक छन् । उनै विशिष्ट व्यक्तिसँग लिइएको अन्तर्वार्ता ।

प्रश्न : तपाईं यस भेकका स्थापित लेखक, कवि, कलाकार, नाटकार तथा निर्देशक हुनुहुन्छ । यसै भेकका अरू साहित्यिकहरूको दाँजोमा तपाईंको ख्याति नगण्य देखिन्छ, यसो हुनाको कारण ?
उत्तर : प्रायशः जङ् चलेपछि लेख्ने मेरो आदत छ । लेखिएपछि मेरो जङ्चलाइ आफ्सेआफ ठण्डा हुन्छ । म शान्त हुन्छ । यसको ठीक विपरीत, अरू साहित्यकारहरू लेखेपछि जङ चलाउने गर्छन् । उनीहरू नाम, दाम र प्रतिष्ठाका लागि अशान्त रहन्छन् । त्यही भएर उनीहरू खलबलाई रहेका हुन्छन् । सलबलाई रहेका हुन्छन् ।

प्रश्न : मोफसलका थुप्रै प्रतिभाहरू राजधानी पसेर नाम, दाम र प्रतिष्ठा कमाएर राष्ट्रियस्तर ओगटिरहेका छन् । तपाईं यत्ति धेरै सीपका धनी भएर पनि राजधानी किन पस्नुहुन्न ?
उत्तर : राजधानीले प्रतिभाहरूलाई नाम र दाम दिएको सत्य हो । तर स्तरीयता दिएको कुरो म मान्दिनँ । राष्ट्रिय स्तर प्राप्त गर्न राष्ट्रलाई छातिभित्र समेटेको हुनुपर्छ । राजधानी पसेका र बसेका प्रतिभाहरूमा त्यो इमान्दारिता भेटिन्न । राजधानीको दुर्गन्धले त्यो मानसिकता पनि दुर्गन्धित भैसकेको छ । त्यसैले राजधानी पस्न र बस्न मलाई रहर लाग्दैन ।

प्रश्न : तपाईं पत्र-पत्रिका किनेर पढ्नुहुन्छ ?
उत्तर : पढ्छु ।
प्रश्न : कस्ता पत्र-पत्रिका तपाईं किनेर पढ्नुहुन्छ ?
उत्तर : जुन पत्र-पत्रिकामा मेरा रचनाहरू प्रकाशित भएका हुन्छन् । मेरा आफ्ना रचनाहरू २/३ फेरसम्म दोहोर्‍याई तेहेर्‍याई पढ्ने गर्छु ।
प्रश्न : तपाईं सारै व्यस्त मान्छे, कुनबेला तपाईं लेख्नुहुन्छ ? कुनबेला तपाईं सोच्नुहुन्छ ?
उत्तर : मनमा जब कुरा खेल्छ, सोच्न थाल्छु । त्यस सोचाइलाई सिलसिलाबद्ध गर्ने काम प्रायशः शौचालय बस्दा गर्ने गर्छु । त्यो क्षण, आफ्नो लागि अति वैयक्तिक भएको अनुभव म गर्छु ।

प्रश्न : वर्तमान नेपाली साहित्यको स्थिति कस्तो छ जस्तो लाग्छ ?
उत्तर : पागलबस्तीका नागरिकहरूले ब्रम्हाण्डबारे चिन्तन गरिहेको जस्तो लाग्छ ।
प्रश्न : साहित्य कस्तो हुनुपर्छ भन्ने धारणा तपाईंको रहेको छ ?
उत्तर : साहित्य सरल र स्पष्ट भाषामा सबै छर्लङ्ग बुझ्न सकिने शैलीमा लेखिनु हुँदैन । सबैले बुझ्नेगरी सरल भाषामा साहित्य लेखियो भने पाठकहरूले लेखकले के भन्न खोजेको हो सहजै बुझ्न नसक्ने हुन्छ । यसो हुँदा सचेत पाठकहरूले लेखकहरूको स्तर निर्धारण गर्ने हुन्छन् । यस्ता कृतिहरूबारे पत्र-पत्रिका र समालोचकहरूले जत्तिसुकै फूलझडी लगाए पनि पाठकहरू विश्वास गर्ने पक्षमा हुँदैनन् । यस्तो स्थिति स्वयम् साहित्यकार, समालोचक र पत्रकार सबैका लागि हितकर हुँदैन । तसर्थ, कसैले नबुझ्ने शैली र भाषामा बडेबडे ओजस्वी शब्दहरू थुपारेर साहित्य रचना गर्‍यो भने लेख्नेलाई पनि के लेखेँ थाहै हुन नपर्ने, पढ्नेलाई पनि के पढ्दैछु बुझ्नै नपर्ने समालोचकहरूलाई पनि आध्योपान्त किताब पढ्नै नपर्ने- मनमा जे आउँछ त्यही लेखिदिए पुग्ने नवीनतम प्रयोग भनेपछि पाठकहरूले पनि बुझ्नको लागि टाउको दुखाइरहनै नपर्ने । यसो भएपछि टाउकोमै नअटाउने राष्ट्रिय, अन्तर्राष्ट्रिय पगरी गुताइदिए पनि कसैको दाबी विरोध नै नहुने । वादविवादको सम्भावना नै नरहने । त्यही भएर हाम्रो समाजमा प्रयोगवादी साहित्यको श्रीबृद्धि हुँदो छ । यो राम्रै लक्षण हो ।

प्रश्न : हालसालै तपाईंका थप नयाँ कृति केही निस्कँदैछन् ?
उत्तर : तत्काल छैन । पहिला छापिएका किताबहरू सामान राख्ने गोदाममा त्यत्तिकै थुप्रिएका छन् । ती सबै किताबहरू मुसाले काटेर भ्याइसकेपछि अर्को कृति प्रकाशनबारे सोच्नुपर्ला भन्ने लागेको छ ।
प्रश्न : किन र ? तपाईंले प्रकाशक र बितरक पाउनुभएन ?
उत्तर : पाइन्थ्यो होला तर काइदा कानुन जानिएन ।

प्रश्न : यस्तो स्थिति भएकोमा तपाईंलाई दुःख लागेको छैन ?
उत्तर : केको दुःख ? दुःख मान्ने अधिकार नै यहाँ कसले कसलाई दिएको छ र ? ठूलो माछाले सानो माछालाई खाने प्राकृतिक मत्स्यन्याय हो भने सहरका माछाले मोफसलका माछालाई खाने हाम्रो संवैधानिक न्याय हो । यसमा दुःख मनाउने कुरा नै कहाँबाट आउँछ र ?
प्रश्न : त्यसो भए तपाईं आफ्नो स्थितिमा सन्तुष्ट हुनुहुन्छ ?
उत्तर : नभएर के गर्नु त ? अन्यथा यहाँ मर्न पनि सकिन्न, बाँच्न पनि सकिन्न । तपाईं नै हेर्नुहोस् त- यहाँ नाम र दामका लागि कति मान्छेहरू मरीमरी बाँचिरहेका छन्, कति मान्छे बाँचीबाँची मरिरहेका छन् ।
प्रश्न : खै के भन्नु ? पाठकहरू पनि मैजस्ता हुने हुन् भने कसले पढ्ला र यो अन्तवार्ता । पढेँ भने मैले नै त होला दोहोर्‍याई तेहेर्‍याई । त्यसो भएपछि आफैँले आफैँलाई के भनाइ भयो ? झुक्किएर कसैलाई अल्छी लागेको बेला पढ्ने जमर्को भएछ भने तिनलाई हार्दिक साधुवाद ।

०००
‘श्रीपशुमहापुराण’ (२०५७) बाट जस्ताको जस्तै

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
आधा घण्टा

आधा घण्टा

भैरव अर्याल
जादूको मिटर !

जादूको मिटर !

नरेन्द्रराज पौडेल
स्यालको रजाइँ

स्यालको रजाइँ

रामप्रसाद पन्थी
दिग्भ्रमित यात्रा

दिग्भ्रमित यात्रा

श्रीप्रसाद पाेखरेल
पोइटिङ्ग्री

पोइटिङ्ग्री

गाेपेन्द्रप्रसाद रिजाल
कान्छाबाका तीन दारी

कान्छाबाका तीन दारी

मुक्तिनाथ शर्मा