साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आफैँ बनूँ व्योम उचा नगरी !!

पुराना थोत्रा पर्खाल सबै भत्केको खण्डहर जहाँ छ ! राम्रो राम्रो राम्रो राम्रो कहाँ छ ? सबै नराम्रा ढली छ्याङ्ग खुलेको आकाशझैँ उघ्रेको मनमन्दिर जहाँ छ ! रट्छ को भट्भट शब्द यी ? जो थोत्रो खोल परम्परा सुतेको छ !

Nepal Telecom ad

कलानिधि दाहाल :

असल असल असल
असल कहाँ छ ?
नयाँ सोच सङ्लो
झरेको जहाँ छ !
गम्भीर गम्भीर गम्भीर
गम्भीर कहाँ छ ?
पुराना थोत्रा पर्खाल सबै
भत्केको खण्डहर जहाँ छ !
राम्रो राम्रो राम्रो
राम्रो कहाँ छ ?
सबै नराम्रा ढली
छ्याङ्ग खुलेको आकाशझैँ
उघ्रेको मनमन्दिर जहाँ छ !
रट्छ को भट्भट शब्द यी ?
जो थोत्रो खोल
परम्परा सुतेको छ !
जसको मन सवार छ दासतामा
ऊ नै निरन्तर बल्छ
चैतको हुरीझैँ
उचाली आवाज पुग्छ पहाड
तर पाउ छन्
धुलामैला गल्लीहरूमा
मन फोहोर वनपत्करझैँ
हात छ मूर्ति
ललाट अविर
बज्दछ घण्टी
टिन टिन टिन्
ओठ असल उचाली
जिब्रो लरबर
असल
गम्भीर
स्वच्छ
सफाको
शब्द छ फिरफिर
केवल शब्द फिरफिर
दिल छ तातो झीर
असल हुने
मौन धरामा
जोत्दछ पसिना
फल्छन् बाला
कर्म निरन्तर
न बन्छ न्यायाधीश ऊ
न कोट्टिन्छ त्रुटि अन्यत्र
फेर्दछ आफ्नै अतल गहिराइ
फाल्दछ कालामैला
दाग हटाई
शब्दहरूका
भावहरूका
बिम्बअलङ्कारहरूका
मौन !
शान्त !!
सधैँ उभिन्छ स्वयम्भू
आफ्नै हृदय उचाली
हान्दछ
ठोक्दछ
लुगा पिटेझैँ हातले
पिट्दछ ढुङ्गो
मनको बुङ्गो
सुक्दछ सफा
दिलवस्त्रसरि
बन्दछ अग्लो
टापु झरेको
सप्तरङ्गवाहक
नित्य निर्झरी
हट ए, मेरा
मनका छुच्चा
बुच्चा गुच्चाजस्ता
कुपित दिलका
घेरा अँध्यारा
उज्वल मनका
लाऊ फेरा
समग्र जगको
सीमामाथि
चाँदनी नभको
चमक घेरा
छन्छन बज्ने
शब्द समायोजन
सहस्र पर्वतपुरका
अलका नगरी
बिम्ब भरि
नभमण्डल तारासरि
सभ्य !
शुभ्र !!
स्निग्ध !!!
बनूँ व्योम
उचो नगरी !!

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
नेता म मानूँ किन ??

नेता म मानूँ किन...

कलानिधि दाहाल
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x