सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

होशियार ! होशियार ! होशियार !

कोही पनि फित्कौली प्रहारबाट बच्ने छैनन् किनकी फित्कौलीलाई कसैको नुनको सोझो गर्नु छैन कसैले बढाइदिएर बढुवा हुनु छैन कसैको बुई चढेर माथि पुग्नु छैन कसैलाई मन परे परोस् नपरे नपरोस् ।

Nepal Telecom ad

नारायण भट्टराई :

आफ्नो आङको भैँसी नदेख्ने
अर्काको आङको जुम्रोलाई
हाउगुजी बनाउने
आफ्नो धोती खुस्किएको थाहा नपाउने
अर्काको इजारकै मात्रै चियो चर्चो गर्ने
आफ्नो बाहेक कसैको काममा नआउने
लुटतन्त्रका प्रणेता
तोरिलाउरेहरूका बल्ड्याङ्ग्रे आँखाहरूलाई
चोटिला काव्यका मट्याङ्ग्राले
चकनाचुर पारेर फुटाइदिने
युगीन अर्जुनहरूको निशाना नचुक्ने
काव्यबाँडको नाम हो
फित्कौली डट कम ।

होसियार !!
फित्कौलीका सारथीहरू
भैरवको अवतार लिएर
छद्मभेसीहरूका कपटी दिमाग भित्रको
भस्मासुरलाई भस्म गर्न आएका छन् ।
फित्कौलीका मट्याङ्ग्राले कसैलाई छोड्ने छैन-
पढाउन छोडेर पार्टीको पर्चा बाँडी हिँड्ने शिक्षक
टेबलमुनि काम फर्स्योट गर्ने कर्मचारी
बाटो बिगार्ने ठेकेदार
नाँकले सास तान्न छोड्दा पनि कुर्सी नछोड्ने
काण्डै काण्डको माला भिरेका
कामले भने माखो नमार्ने
माफियागिरीको मलजल पाएर मोटाएका
लाज पचेका नकचरा नेता
बलात्कारीलाई लुकाउने पुलिस
न्यायको व्यापार गर्ने न्यायधीश ।

कोही पनि फित्कौली प्रहारबाट बच्ने छैनन्
किनकी फित्कौलीलाई कसैको नुनको सोझो गर्नु छैन
कसैले बढाइदिएर बढुवा हुनु छैन
कसैको बुई चढेर माथि पुग्नु छैन
कसैलाई मन परे परोस् नपरे नपरोस्
फित्कौलीलाई न त असत्य छोप्नु छ
न सत्य बेच्नु छ
फित्कौलीलाई एउटै काम गर्नुछ
देखेको सत्यलाइ जनताको अदालतमा
जस्ताको तस्तै पेश्नु छ ।

०००
हाल अमेरिका

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
आओ लाइक ठोकौँ !

आओ लाइक ठोकौँ !

नारायण भट्टराई
फेरिँदै जानु भा छ रिटायर बा

फेरिँदै जानु भा छ...

नारायण भट्टराई
यस्तै छ हजुर यहाँको चलन

यस्तै छ हजुर यहाँको...

नारायण भट्टराई
तीन ठोक्तक

तीन ठोक्तक

नारायण भट्टराई
म मसिने चाेर

म मसिने चाेर

गाेपेन्द्रप्रसाद रिजाल
छिर्ने अरूका घर

छिर्ने अरूका घर

मुक्तिनाथ शर्मा
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही