साइबर अपराध सम्बन्धी सचेतना सामग्री

होशियार ! होशियार ! होशियार !

कोही पनि फित्कौली प्रहारबाट बच्ने छैनन् किनकी फित्कौलीलाई कसैको नुनको सोझो गर्नु छैन कसैले बढाइदिएर बढुवा हुनु छैन कसैको बुई चढेर माथि पुग्नु छैन कसैलाई मन परे परोस् नपरे नपरोस् ।

Nepal Telecom ad

नारायण भट्टराई :

आफ्नो आङको भैँसी नदेख्ने
अर्काको आङको जुम्रोलाई
हाउगुजी बनाउने
आफ्नो धोती खुस्किएको थाहा नपाउने
अर्काको इजारकै मात्रै चियो चर्चो गर्ने
आफ्नो बाहेक कसैको काममा नआउने
लुटतन्त्रका प्रणेता
तोरिलाउरेहरूका बल्ड्याङ्ग्रे आँखाहरूलाई
चोटिला काव्यका मट्याङ्ग्राले
चकनाचुर पारेर फुटाइदिने
युगीन अर्जुनहरूको निशाना नचुक्ने
काव्यबाँडको नाम हो
फित्कौली डट कम ।

होसियार !!
फित्कौलीका सारथीहरू
भैरवको अवतार लिएर
छद्मभेसीहरूका कपटी दिमाग भित्रको
भस्मासुरलाई भस्म गर्न आएका छन् ।
फित्कौलीका मट्याङ्ग्राले कसैलाई छोड्ने छैन-
पढाउन छोडेर पार्टीको पर्चा बाँडी हिँड्ने शिक्षक
टेबलमुनि काम फर्स्योट गर्ने कर्मचारी
बाटो बिगार्ने ठेकेदार
नाँकले सास तान्न छोड्दा पनि कुर्सी नछोड्ने
काण्डै काण्डको माला भिरेका
कामले भने माखो नमार्ने
माफियागिरीको मलजल पाएर मोटाएका
लाज पचेका नकचरा नेता
बलात्कारीलाई लुकाउने पुलिस
न्यायको व्यापार गर्ने न्यायधीश ।

कोही पनि फित्कौली प्रहारबाट बच्ने छैनन्
किनकी फित्कौलीलाई कसैको नुनको सोझो गर्नु छैन
कसैले बढाइदिएर बढुवा हुनु छैन
कसैको बुई चढेर माथि पुग्नु छैन
कसैलाई मन परे परोस् नपरे नपरोस्
फित्कौलीलाई न त असत्य छोप्नु छ
न सत्य बेच्नु छ
फित्कौलीलाई एउटै काम गर्नुछ
देखेको सत्यलाइ जनताको अदालतमा
जस्ताको तस्तै पेश्नु छ ।

०००
हाल अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x