सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मन पराउनेलाई तन दिए कसो होला ?

रापिलो यौवन ओरालो लाग्छ एकदिन अस्ताउँदो सूर्यसरी ... आफूले हैन आफूलाई मन पराउनेलाई तन दिए कसो होला ?

Nepal Telecom ad

गोपाल काफ्ले :

‘पुरुष बलात्कारी हो’ लाई अपवादमा गन्दिए कसो होला ?
‘रावण रामभन्दा विद्वान् थिए’ यसो भन्दिए कसो होला ?

यहाँ प्रेमीको जिब्रो टोकेर छिनाउने प्रेमिका पनि देखियो
रक्सीको नसाले अनजानमा भएको मान्दिए कसो होला ?

कोदोको कोदै तिर्छु र सात जुनीसम्म पिर्छु भन्नेका अगाडि
चुपचाप लाटो भई उसका अमृतवाणी सुन्दिए कसो होला ?

परोपकारी सदा भिखारी भन्ने नेपाली आहान नै छ
माया माग्ने मायालुलाई खुसुक्क भित्री मन दिए कसो होला ?

उनको धन मेरो धन मेरो धन उनको धन कुरा मिले एक मन
यति भन्दै आफ्ना सारा भए – भरको धन दिए कसो होला ?

रापिलो यौवन ओरालो लाग्छ एकदिन अस्ताउँदो सूर्यसरी
आफूले हैन आफूलाई मन पराउनेलाई तन दिए कसो होला ?

०००
हेटौंडा, हाल चितवन

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
भन्छ भाइ परदेशबाट

भन्छ भाइ परदेशबाट

गाेपाल काफ्ले
तीन ठोक्तक

तीन ठोक्तक

गाेपाल काफ्ले
तीन ठोक्तक

तीन ठोक्तक

गाेपाल काफ्ले
चिथार्नेहरू छन्

चिथार्नेहरू छन्

आनन्द श्रेष्ठ
दाबी गर्छ

दाबी गर्छ

डिल्लीप्रसाद अधिकारी
झरिदिए पुग्छ

झरिदिए पुग्छ

कान्छा तिवारी
तान्ने धेरै भए

तान्ने धेरै भए

मरुभूमि नारायण
के पीर भो र ?

के पीर भो र...

निलहरि काफ्ले
ढाल्न सक्छु

ढाल्न सक्छु

हृषीकेश बराल