साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मन पराउनेलाई तन दिए कसो होला ?

रापिलो यौवन ओरालो लाग्छ एकदिन अस्ताउँदो सूर्यसरी ... आफूले हैन आफूलाई मन पराउनेलाई तन दिए कसो होला ?

Nepal Telecom ad

गोपाल काफ्ले :

‘पुरुष बलात्कारी हो’ लाई अपवादमा गन्दिए कसो होला ?
‘रावण रामभन्दा विद्वान् थिए’ यसो भन्दिए कसो होला ?

यहाँ प्रेमीको जिब्रो टोकेर छिनाउने प्रेमिका पनि देखियो
रक्सीको नसाले अनजानमा भएको मान्दिए कसो होला ?

कोदोको कोदै तिर्छु र सात जुनीसम्म पिर्छु भन्नेका अगाडि
चुपचाप लाटो भई उसका अमृतवाणी सुन्दिए कसो होला ?

परोपकारी सदा भिखारी भन्ने नेपाली आहान नै छ
माया माग्ने मायालुलाई खुसुक्क भित्री मन दिए कसो होला ?

उनको धन मेरो धन मेरो धन उनको धन कुरा मिले एक मन
यति भन्दै आफ्ना सारा भए – भरको धन दिए कसो होला ?

रापिलो यौवन ओरालो लाग्छ एकदिन अस्ताउँदो सूर्यसरी
आफूले हैन आफूलाई मन पराउनेलाई तन दिए कसो होला ?

०००
हेटौंडा, हाल चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

‘भ्रष्ट-जल्लाद’ रहेछौं !!

ज्ञानुवाकर पौडेल
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
0
Would love your thoughts, please comment.x
()
x