साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भेडाहरू भ्या-भ्या गरिरन्छन् .. !

सेता मदारीहरूले आ-आफ्ना स्वार्थका डम्फु जोडजोडले बजाइरहन्छन् ... सिंह गुफामा बाँदरहरू नाङ्गो नाच नाचिरहन्छन् .... घरी सिकार हुन्छन् .. शेरहरू नै घरी सिकार गर्छन् ।

Nepal Telecom ad

गोपाल काफ्ले :

जङ्गलराजको राजधानीमा सूर्योदयसँगै चटके शेरको सवारी भयो
मध्यान्नतिर झन् ठूलो छेपारे शेरको सवारी भयो !
सूर्यास्तमा पटके शेरको सवारी भयो
बाँदर, लङ्गुर ढेडु, सुँगुर,
बङ्गुरहरूको अगुवाइमा
काग बाज चीलहरूको सम्मेलन
जङ्गलराजको राजधानीमा चलिरहेको छ ।
मृग, कस्तुरी भँगेरा परेवा र मयुरहरूको कसरी सिकार गर्ने भनेर
तिनलाई कसरी सताउने भनेर
तिनलाई कसरी भोग गर्ने भनेर कहिले दक्षिणबाट
कहिले उत्तरबाट र
कहिले सुदूर पृथ्वीको पल्ला छेउबाट
जोगीजस्ता चिम्सा र
सेता मदारीहरूले आ-आफ्ना
स्वार्थका डम्फु जोडजोडले बजाइरहन्छन् …
सिंह गुफामा बाँदरहरू नाङ्गो नाच नाचिरहन्छन् ….
घरी सिकार हुन्छन् .. शेरहरू नै
घरी सिकार गर्छन् … शेरहरूका
शेरहरूले नै ..
भेडाहरू हेरिरहन्छन्…
पीडकहरूको कुकर्ममा पनि
समर्थनको ताली बजाइरहन्छन् …!
घृणित कर्ममा पनि
थपडी मारिरहन्छन्
भेडाहरू… पुस्तौंपुस्ता भ्याभ्या… गरिरहन्छन्… आफ्नै अज्ञानतामा… !

०००
सिन्धुली, हाल हेटौंडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मोबाइलको खराब लत

मोबाइलको खराब लत

गाेपाल काफ्ले
भन्छ भाइ परदेशबाट

भन्छ भाइ परदेशबाट

गाेपाल काफ्ले
मन पराउनेलाई तन दिए कसो होला ?

मन पराउनेलाई तन दिए...

गाेपाल काफ्ले
तीन ठोक्तक

तीन ठोक्तक

गाेपाल काफ्ले
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x