गाेपाल काफ्लेशिक्षितले देश रित्याउने भए
छोरो विदेशमा नराम्ररी डुबेको छ जाँडमा पुर्ख्यौली सम्पति , बाआमा जाऊन् भाँडमा न खेताला न जन्ती न मलामी छन् गाउँघरमा छोराछोरी अनि आफन्तबिहीन छन् चाडवाडमा !

गोपाल काफ्ले :
अक्षर चिनेकाले
पढेलेखेकाले
दुनियाँ देखेकाले
बच्चै नपाउने भए
बल्लतल्ल एउटा पाउने भए
झुक्किएर मात्रै दुइटा पाउने भए
शिक्षितले नै देश रित्याउने भए !
जागिर भन्या छ
गएर गिर्या छ
घाँटीमा गाँस लिएर कुद्या छ
बुढाबुढी सँगै छन् तर के गर्नु
बच्चा जन्मेला कि भनेर त्राहिमाम छन् !
जिउ बिग्रिन्छ भन्ने भ्रम छ
पाल्न नसकिने भ्रमको अर्को क्रम छ
त्यस माथि भ्रुण हत्याको ठुलो लहर छ
यो बाझोपनको झन ठुलो जहर छ
लिङ्ग पहिचानपछि मात्र
पाउने कि नपाउने ठहर छ
बल्लतल्ल पाएको एउटा सन्तान
बाह्र पास गर्नासाथ विदेश गए ..
बाठाले नै पूरै देश रित्याउने भए !
व्यापार भन्या छ
बुढाबुढी वार – पार छन्
न छोरा न छोरी छन्
फुस्रो प्यार छ
भएको एउटा …
“छोरो विदेशमा नराम्ररी डुबेको छ जाँडमा
पुर्ख्यौली सम्पति , बाआमा जाऊन् भाँडमा
न खेताला न जन्ती न मलामी छन् गाउँघरमा
छोराछोरी अनि आफन्तबिहीन छन् चाडवाडमा !”
धनीहरू धनीदेश गए
पूरै देश रित्याउने भए !
“मान्छे बिनाको बस्ती हुने भो
मुठ्ठीभरलाई मात्रै मस्ती हुने भो
केटीको हाहाकार मच्चिन थाल्यो
छोरा बिकाउन सास्ती हुने भो !”
“गाउँ पूरै भएको छ विदेशमय
काम लाग्नेजस्ता सबै विदेश गए
काम नलाग्ने मात्र छौं कि क्या हो ?
पढेकाले नै देश पूरै रित्याउने भए !”
पैसाको बिटा पेलेका पेलै छन्
छोराछोरी विदेश ठेलेका ठेलै छन्
देशमा जनता शेष नरहलान् कि भन्ने भयो भय
शिक्षित भन्नेले नै देश रित्याउने भए !!
०००
सिन्धुली, हाल : हेटौंडा
Subscribe
Login
0 Comments
Oldest






































