साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लकडाउनपछि

अजिङ्गरे - एकजनाले भर्खर नानी जन्मेको नवजात शिशु फेसबुकमा अपलोड गरेको रहेछ विचाराले । लाइक ता गर्‍यो गर्‍यो कमेन्ट्स् मा के लेखिएको थियो थाहा छ ? मलसाप्रे - (हतार-हतार) हार्दिक श्रद्धाञ्जली ।

Nepal Telecom ad

कृष्ण प्रधान :

पात्रहरू – अजिङ्गरे, मलसाप्रे, इन्सपेक्टर, ओसी, प्याकुली, यमराज, चित्रगुप्त, नेता, लाइक, हाँसुली ।

दृश्य विवरण – लकडाउन समाप्ति घोषणापछि अनलक घोषणा हुनासाथै अजिङ्गरे मर्निङ वक् जानथालेको छ । मोटो न मोटो लौरो लिएर झ्याप् झ्याप् दाह्रीजुङ्गासरिका अजिङ्गरे बाटामा हिँड्दै गर्दा उनको आत्मीय साथी मलसाप्रे पनि उस्तै झ्याप् झ्याप् दाह्रीजुङ्गामै आइरहेको हुन्छ ।

मलसाप्रे – (छक्क परेर) आँ…एई अजिङ्गरे… मैले ता काटाकुटी लेखनाथ पौड्याल नै देखेँ है तँलाई ।
अजिङ्गरे – (छक्क परेरै) लेखनाथ !! अजिङ्गरे तैँले आफ्नो अनुहारमा हेरेको छस् के ? आफू चैँ नि आफू चैँ ?
मलसाप्रे – मलाई चैँ के दिखिस् हौ एकाबिहानै अर्ली इन दि मोर्निङ कुकुरी क्वाँक !
अजिङ्गरे – लु तलाईँ चै मैले दुरुस्तै लादेन देखेँ नि । क्या हो आमामामा नाकका भुत्लाहरूले छाती भेट्नु आँटेछ ता ।
मलसाप्रे – (नाकको भुत्ला (नत्थु) मुठ्याउँदै यो जनै हो जनै । मूत्र बस्दा दुइटै कानमा बटारेर बस्नुपर्छ ।
अजिङ्गरे – कानमा चैं किन बटार्नुपर्‍याे नि ?
मलसाप्रे – यति गरेन भने बस्दा तल भूइँ छुँदैन ? भरै जम्मै लफक्रै भिज्यो भने काँ सुकाउनु भन् ता । अर्को कुरो भुत्लाको मुठाबाट कोरोना छिर्न सक्दैन अनि तेरा दाह्रीजुङ्गाले भुँडीको डिल नाँघ्न आँटे पनि नाकमा एउटा भुत्ला देख्दिनँ ।
अजिङ्गरे – (नाकका दुलामा हात हाल्दै) लकडाउनले गर्दा दिनभरि रातभरि सुताइ अनि १२० कि.मि. स्पिडमा घुराइ । अस्ति अमफानले कलकत्तालाई सोत्तर पारेजस्तै मेरो घुराइले नाकका भुत्लाहरू पनि सोत्तर भएछ । (प्रसङ्ग बद्लेर) सरी टु से मैले राम्ररी ठिम्याउनँ सकिन.. हू आर यू ?
मलसाप्रे – म एम. एस हौ…एम. एस ।
अजिङ्गरे – एम. एस ? मेडिकल सार्जेन ? कि मोटर स्ट्याण्ड ?
मलसाप्रे – उफ…एम. एस. मलसाप्रे । तेरा आँतका साथी । तँ ए. आर. होइनस् ?
अजिङ्गरे – ए आर ?
मलसाप्रे – अरे ए. आर. भनेको अजिङ्गरे ।
अजिङ्गरे – खै ! साँच्ची म को हो हँ ! मलाई चिनिस् ?
मलसाप्रे – नचिन्ने भा तँसित किन टाँसिनु आउँथे ? अन्त तेरो हातमा मोटो न मोटो डण्ठा पो छ ता ! यो ता पुलिसले बोक्ने डण्ठाजस्तो पो छ ता ।
अजिङ्गरे – (लट्ठी देखाउँदै) चिनिनस् यसलाई ? यै ता हो पुलिसको हातमा हुँदा फुर्के भएर जीउमा ट्याटु बनाइदिने । अनलक शुरु भएदेखि पुलिसका यी लट्ठीहरूलाई हाम्रो बोर्डको श्राप लागेको छ। (पुलिस भ्यान आएर घ्याच्च रोकिन्छ । भ्यानबाट इन्सपेक्टर र ओसी ओर्लन्छन्) ।
इन्सपेक्टर – के हुँदैछ यहाँ ?
अजिङ्गरे – अजिङ्गरे र मलसाप्रेको मित्रमिलन इन्सपेक्ट साहेब ।
ओसी – (अजिङ्गरेको हातमा भएको लट्ठी हेर्दै) यो लट्ठी तैले कहाँ पाइस् ? हाम्रो थानाबाट लट्ठी हराएको छ । चोरेर ल्याइस् ?
मलसाप्रे – लकडाउन ता सकियो होइन ओसी बाबु ! अब पुलिसलाई लट्ठीको के काम ?
इन्सपेक्टर – यो लट्ठी लिएर कता हिँडेको ?
अजिङ्गरे-कात्रो किन्नु गाको सर ।
ओसी – (छक्क परेर) कात्रो !!!!
इन्सपेक्टर – किन कसले पैताला फर्कायो ?
अजिङ्गरे – (लट्ठी देखाउँदै) पुलिसको लट्ठीले नि सर !
ओसी – लट्ठी पनि कहिले मर्छ गोरु ।
मलसाप्रे – लकडाउनमा पुलिसको लट्ठी कम्ति चम्केको होइन अनि ।
अजिङ्गरे – अब पुलिसको लट्ठीको मृत्यु भएको छ । यसलाई अब श्मशान घाटमा पुर्‍याएर अन्तिम संस्कार…
ओसी – (कड्केर) चूप ! (दुवै चूप हुन्छन्) ।
इन्सपेक्टर – अनलक शुरु भएर ता यिनेरको आँट निकै चल्न थालेछ हई !
मलसाप्रे – (लाडे पल्टिँदै) सर ! सर ! तपाईहरू कहाँका पुलिस सर ?
ओसी – (ठूल्ठूला आँखा पारेर) वाट डु यू मिन ?
मलसाप्रे – सर तपाईंहरू स्वीजरल्याण्ड पुलिस सर कि… !
इन्सपेक्टर – (प्रचण्ड रिसाएर) शटप । (काँधमा औलीहरू उफार्दै) देखिनस् यो काधमा डब्ल्यू बी पी लेखेको ?
अजिङ्गरे – सरहरू डब्ल्यू बी पी हुन् र ता कम्मरमा पिस्तोल भिरेका छन् । स्वीजरणड पुलिस भा ता कम्मरमा लामो लामो सिरुपाते खुकुरी भिर्नेथिए नि । हो कि सर !
मलसाप्रे – खुकुरी भिर्नु मात्र होइन… डब्ल्यू बी पीहरूले हामीलाई लकडाउनमा पछिल्तिर ट्याटु बनाएजस्तो यहाँ सरहरू स्वीजरर्खाल्याण्ड पुलिस हुँदा हुन् ता कम्मरमा भिरेको सिरुपाते फुत्तै फुत्तै निकाली सिन्कौलाको रुखको बोक्रा ताछेजस्तो हाम्रो पछिल्तिर ताछेर थानाको गेटमै घाममा सुकाउँथे नि !
इन्सपेक्टर – पछिल्तिर मात्रै तिमीहरूजस्ता अटेरीहरूको व्याक फ्रण्ट ताछ्ने थ्यौ ।
अजिङ्गरे – आम्बो इन्सपेक्टर साहेब ! नानी पाउनु कहिले कहिले कोक्रो बुन्नु अहिले ?
ओसी – खै त्यो लट्ठी यता ले ।
अजिङ्गरे – सरी सर ! अब पुलिसहरूलाई लट्ठी बोक्नु सुहाउँदैन । सरहरूलाई ता सिरुपाते भिरेको नै सुहाउँछ हौ ।
इन्सपेक्टर – (क्म्मरको पिस्तोल देखाउँदै) कम्मरमा भिरेको यो पिस्तोल चैँ डाँडा कट्टाउनु ?
मलसाप्रे – किन कट्टाउनु सर ? देब्रे कम्मरमा पिस्तोल अनि दाहिनेमा सिरुपाते ।
ओसी – यो लट्ठी चैँ ?
मलसाप्रे – यो लट्ठीले हामीलाई कम्ति ता बिजोक बनाको छैन ! यसलाई श्मशानघाटमा नपुरर्‍याई शान्तिले श्वासै नफेर्ने सर !
अजिङ्गरे – (जिज्ञासु भावमा) साँच्ची सर यसलाई दाउराको सोफ सेट (चिता)मा राखेर अग्निदाह गर्नु कि बिजुलीको चूल्हामा अग्निदाह गर्नु सर ?
ओसी – तेरै मुखमा हाल् ।
मलसाप्रे – उखु भा ता अनलक लकडाउन सकिएकै दिन चुसेर चुसेर हामीलाई दुःखाको साटो फेर्ने नि सर ।
अजिङ्गरे – लट्ठी चुस्नु भएन सर ।
इन्सपेक्टर – (कड्केर) शटप । धेर बोल्ने भएछस् शालाहरू । लकडाउन हुँदो हो ता नि तँहरूको छाला काढ्ने थियौँ ।
मससाप्रे – लकडाउन भाको भा ता कहाँ यसरी मर्निङ वक आइन्थ्यो नि सर । हिजो खाको बासी भाँडा मोल्दै गरेका हुन्थ्यौं नि सर । (फोन आउँछ । फोन सुन्दै दुवै अफिसर गाडीमा चढेर प्रस्थान) ।
अजिङ्गरे – (गाडी गए तर्फ कराउँदै) सर लट्ठीको श्राद्धेमा सराउ लिएर आउनोस् है तपाईहरू दुवैजना… ।
प्याकुली – (मर्निङ वकबाट आइरहेकी प्याकुली पछिल्तिरबाट) मर्निङ ए. आर अनि एम एस दाइ । (दुवै अभिवादन ग्रहण गर्छन् ) अब ता लकडाउन सकियो होइन ? दाह्रीजुङ्गा ता सेभ गरिहाल्नु नि हौ । छ्या… कस्तो घिनलाग्दो नसुहाउँदो देखेको….
मलसाप्रे – भर्खरै ता बाहिर निस्किनु पाको । प्याकुली बैनीहरूलाई ढुक्कै नि । न दाह्रीको झमेला न जुङ्गाको झ्याउला ।
प्याकुली – अम्मु त्यसो नभन्नोस् न ! (गाला मुसार्दै) लकडाउनमा ता मेरो पनि जुङ्गाको रेखी देखिन थालेको थियो नि दाजु । लकडाउनमा भ्याक्सिन लाएर पो अहिले यतिको भाको।
मलसाप्रे – (प्याकुलीको गाला राम्ररी हेर्दै) खै तिम्रो गाला छामुँ…छामुँ (गाला छाम्दै) खै अहिले केही देखिँदैन ता । हाम्रो पनि गालातिर भ्याक्सिन लाउनुपर्छ कि क्या हो साथी !
अजिङ्गरे – ठैट काँ भ्याक्सिन लाउँछ हौ हन । भरै दाह्री जुङ्गाको वंशै शेष भयो भने ! लेडिजको स्किन र लोग्ने मान्छेको स्किन कहाँ मिल्छ र होइन ?
मलसाप्रे – त्यो पनि ठिकै हो । तर प्याकुली बैनी भ्याक्सिन यूज गर्दा टाउको तिर भुलेर पनि हात नपुर्‍याउनुहोस् है… भ्याक्सिनले भेटेर टाउको जम्मै नो म्यान्स ल्याण्ड होला नि लाखेस् !
अजिङ्गरे – साँच्ची प्याकुली बैनी गाउँमा लेडिज-लेडिज फाइट पर्छन् कि पर्दैनन् ?
प्याकुली – त्यस्तो ता हुँदैन अजिङ्गरे दाइ तर धारामा पानी थाप्ने हानथापमा हात मिसामिस् भइहाल्छ नि ।
मलसाप्रे – अरे अजिङ्गरे ! तलाईँ थाहा छैन लेडिज फाइट ता डरलाग्दो हुन्छ नि… तैँले देखेकै छैनस् । मैले ता लाइभ देखेको छु ।
प्याकुली – हो नि मलसाप्रे दाज्यू । हेरि नसक्नु हुन्छ नि । जगल्टा लुछेर केई राख्दैनन् अन्त । तर म ता अल्गी छु कि टाडैबाट जगटो लुछेर हल्लिनु पनि दिन्नँ नि ।
मलसाप्रे – हामी प्याकुली बैनीको हाइट मात्रै किन हात हेर न हाम्रो अजिङ्गर साथीकै हाइट बराबर छ अन्त । टाढैबाट च्याप्पै च्याप्पै हई बैनी ? (प्याकुली सामान्य मुस्कुराउँछे मात्र) ।
अजिङ्गरे – त्यसो भए बैनीलाई म एउटा सजेशन दिइराख्छु है । भनुँ प्याकुली बैनी ?
प्याकुली – भन्नु न ।
अजिङ्गरे – अब कुनै पनि लेडिजसित फाइट भयो कि पहिल्यै हातमा भ्याक्सिन दलेर जानू अनि फाइट शुरु हुनै बितिकै च्याप्पै जगटा तानेर हजमले मालिस गरे जस्तो भ्याक्सिन दलिदिनू टाउकाभरि। शत्रुपक्ष चिण्डेरानी ।
मलसाप्रै – रिसको झोँकमा भ्याक्सिन कहाँ दलिराख्नु होला नि हई बहिनी !
प्याकुली – कोनि पनि अरे! मेरो ता हातै काफी छ (प्याकुलीको फोनको रिङटोन बज्छ । फोन सुन्दा सुन्दै प्रस्थान । अर्कोतिरबाट यमराज र चित्रगुप्त भैँसीबाइकमा आएर ती दुइको अघि घ्याच्चै राख्छ ।
मलसाप्रे – (छक्क परेर) आम्बो ! वाट सरप्रसाइज? यमराज र चित्रगुप्त यहाँ… त्यो नि भैँसीबाइकमा ?
चित्रगुप्त – गाडीमा आऊँ भने तिमेरको यहाँको जामले कतै छिरिसक्नु हुँदैन ।
यमराज – भैँसी हाम्रो प्रतीक हो…हामी हाम्रो संस्कार मास्दैनौँ र नै भैँसीबाइकमा । (यमराज आकाशै थर्किने गरी अट्टहास गर्छ)… हामी यहाँ मानिसहरू लिन आएका ।
अजिङ्गरे – संसारभरिकै मानिसहरूलाई सखाप पारेर पनि अझसम्म अघाएका छैनन् कि क्या हो मोरा हो ?
चित्रगुप्त – मान्छेको काल बुकाउँदा बुकाउँदा उल्टी आउञ्जेल भइसक्यो हाम्रा यमराज सरलाई ।
यमराज – चित्रगुप्तले ठिकै भन्यो। कोई बेला न्याक न्याक हुन्छ कि तर मान्छेको गन्ध आयो कि फेरि ढ्याङ पार्नु मन लागिहाल्छ ।
अजिङ्गरे – अझै बुकाउने दाउ छ कि क्या हो यमराज सरलाई ?
यमराज – (अट्टहासमा) हा….हा….हा । के को लाज ? तिमीहरूका नेताले क्याटका क्याट नोटका बिटाहरू बुकाको चैँ ? हँ चित्रगुप्त ।
चित्रगुप्त – यस सर ! कण्ट्र्याक्टरहरूले रड सिमेण्ट बुकाएर ब्रीज लुते करङजस्तो बनाउँदा अनि बाटा-घाटा सडकहरू पाप्रा उप्केको घाउजस्तो बनाउँदा चैँ लाज हुँदैन हँ !
मलसाप्रे – यहाँ ता हामीजस्ता मान्छेको प्रश्न छ चित्रगुप्त महोदय । रड, सिमेण्ट र नोटको बिटाको प्रश्नै छैन ।
यमराज – गड्यौला खन्दा साँप मात्रै निस्केला । यो च्यापटर यहीँ कलोज्ड गरुँ ।
अजिङ्गरे – हजूरले अब यतातिर पनि आँखा गाँड्नु भाको होला ।
चित्रगुप्त – तर हाम्रा यमराज सरले तिमेरको न यो ठाउँ पनि मनपराए न ता यहाँका मान्छेहरू नै ।
मलसाप्रे – किन हजूर ? कारण चाहिँ के होला ?
अजिङ्गरे – अरे मलसाप्रे ! यो ठाउँ मन नपराएर के गर्नु यमराजबाउले कत्तिको पैताला फर्काइसके ।
चित्रगुप्त – त्यो ता जातले पाको हातले खाको ।
मलसाप्रे- पायो भन्दैमा अलकत्रा पनि खानु भएन सीजी ।
यमराज – यो फेरि कुन कोड वर्ड हो। के हो यो सीजी भनेको ?
अजिङ्गरे – सी बाट चित्र अनि जी बाट गुप्त । (प्रसङ्ग बदलेर) अच्छा यमराजबाउलाई हाम्रो यो ठाउँ मनपरेन अरे ?
मलसाप्रे – यमराज सरलाई हाम्रो यो ठाउँ मन नपर्नु ता संसारको अष्टम आश्चर्य भएन र ? हाम्रो ठाउँ मनपराएर तलबाट टुरिष्टहरू ग्वारग्वार्ती आको चैँ ? तिनीहरू यो ठाउँमा आएका बेला एउटा सियो अँट्ने ठाउँ हुँदैन । सीजीलाई चाहिँ मननपर्नु ता आम्बो… ।
अजिङ्गरे – लानुसक्ने भा पनि तिनीहरूले हाम्रो कञ्चनजङ्घाको देशलाई तल मधेसतिरै झुण्ड्याएर राख्थे बुझ्नुभो सीजीबाउ ?
यमराज – (गगनभेदी गर्जनमा हाँस्दै) तिमीहरू कुन दुनियाँमा छौ हँ ? लानुसक्ने भा अरे ? लानुसक्ने भा ता प्रथमतः गोरखालीको ‘गोर’ उहिल्यै लगेर तिमीहरूलाई ‘खाली’ बनाको थाहा छ ? (अजिङ्गरे घोरिन्छ)
मलसाप्रे – आमामा वाई आर सरको आई क्यू गज्जब रहेछ…।
चित्रगुप्त – (कुरा काट्दै, जिज्ञासु भावमा) यो बाई आर भनेको चैँ…।
मलसाप्रे – सीजी चित्रगुप्त बाई आर चैँ यमराज… ।
चित्रगुप्त – आई सी…आई सी । अरे हाम्रा यम सरलाई मर्त्यलोकमा सबैले (कम्प्यूटर देखाउँदै) कम्प्यूटर डन भन्छन् । नर्कलोकमा पुगेर पो सरको मति बिग्रेको । तिमरेकै ठाउँमा बस्दा हुन् ता हाम्रा यम सर यानिकी वाई आर सरले त्यस्ता एम ए, पीएचडी ता कति लुड्याइसक्थे लुड्याइसक्थे अनि कञ्चनजङ्घा माउण्टेन यूनिभर्सिटीका चान्सलर भएर राँटो लाउने थिए ।
अजिङ्गरे – (आँखा ठूल्ठूला पार्दै) ठेगान छैन ठेगान छैन । हाम्रो यतातिर आएपछि सबका सब सेँठ भइहाल्छन् नि । सर ता यहाँ चान्सलहर मात्रै होइन डोनेशनलहर, कान्छीलहर, एबोर्सनलहर, कमिशनलहर अरु पनि के के लहर हुन्थे हुन्थे नि ।
चित्रगुप्त – ए… सरले चिताए कि बिताइहाल्छन् नि । (‘गोर’ ‘खाली’ शब्दले अजिङ्गरेलाई निकै बिथोल्छ । नियास्रो देखिन्छ)
मलसाप्रे – एई अजिङ्गरे! हन के भो हौ तलाईँ अचानक ड्याम डेस्पेरट पो देखिँदैछ ।
अजिङ्गरे – (कम्पन स्वरमा) वाई आर सरको यो ‘गोर’ ‘खाली’ शब्दले मलाई सारै हर्ट गर्‍यो यार । यसकारण वाई आर सरलाई यहाँ आउन अत्यन्तै जरुरी देख्छु म ।
यमराज – (विरक्ति भावमा) ठैट ! म ता यो ठाउँमा मेरा मरेका आमा-बाब जिउँदा भएर आए पनि आउदिनँ । कोई आयो यस्ता ठाउँमा ? (अजिङ्गरेलाई हेर्दै) ऊ मेरो कुरा सुनेर अजिङ्गरे दाइ देशान लागेको भालेजस्तो भइसके । अललिएर केई छैन ।
मलसाप्रे – लु ‘गोर’ ता लगेर हामीलाई ‘खाली’ बनायो ओके। बट विश्व सुन्दरी कञ्चनजङ्घालाई ता खोक्रो पार्न सकेको छैन नि क्या !
यमराज – अरे मलसाप्रे ब्र ! तिमी कुन दुनियाँमा छौ हँ! कञ्चनजङ्घाभित्रका आन्द्राभुँडी, झ्याँते, कलेजो, किडनी, युट्रस जति सबै ता खातालुखुतुल पारेर लगी तिमेरको कञ्चनजङ्घालाई खोक्रो पारेको याद गरेका छौ कहिल्यै ?
मलसाप्रे – तपाईंको पनि यू ट्रस छ वाई आर सर ?
यमराज – (रनक्क रिसाएर) म आइमे हो ? हँ ! के भनेको यो ?
अजिङ्गरे – होइन…होइन यमराजबाउ.. हजुरलाई मैले बाउ भनेको माने के हो ?
चित्रगुप्त – ठिकै हो महामहिम! तपाई आइमाई मान्छे भाको भा ता यो अजिङ्गरेले महामहिमलाई किन बाउ भन्थे!
मलसाप्रे – माऊ भन्थ्यो नि । (चेप्रे घस्दै) सरले एकदम राइट भन्नुभो… हाम्रो क़ञ्चनजङ्घा खोक्रो भाको रहेछ र ता पानी पर्दा आन्दोलनको समयमा सीआरपीएफले छानुमा ढुङ्गा हानेजस्तो साउण्ड गर्दोरहेछ ।
अजिङ्गरे – ओ…बल्ल बुझेँ, यमबाउलाई हाम्रो ठाउँ यसैकारण मन नपरेको रहेछ ।
चित्रगुप्त – होइन होइन त्यसो होइन, तिमीले गलत बुझेछौँ अजिङ्गरे । यो ठाउँमा सरलाई मननपरेको कारण कारण अर्कै छ । होइन सर ?
यमराज – (मुण्टो हल्लाउँदै) येस ! येस !! फर्स्ट अफ अल मलाई तिमेरको यो ठाउँको माटै मन पर्दैन ।
अजिङ्गरे – माटो कि बाटो सर ? हो बाटो ता यहाँको खतम छ नि । दूध खाएर कमान बस्तीको बाटोबाट गाडीमा हिँड्यो भने नि गाडीले उफारेर उफारेर माथि बजारसम्म आइपुग्दा घिउ भइसक्छ ।
चित्रगुप्त – अरे यार ! बाटो होइन माटो… माटो सोयल… ।
मलसाप्रे – यमराज सरलाई किन माटो मन नपरेको होला नि लै लै !
यमराज – (गम्भीर मुद्रामा) तिमेरको माटोमा शहीदको रगत काँचै गन्हाउँछ । एबोर्सन गरिएका कुमारी आमाहरूको कुमारीत्वको चित्कार थथर्किन्छ । ढाँट आश्वासन गर्जनले यहाँको माटो चर्केको देख्छु म । ईख-इबी, डाह, रिस-राग, षडयन्त्र, जालझेल, शोषण, दमनका वाणहरू यहाँको माटोमा वर्षण भएर पितामह भिष्मको आर्तनाद लडीबडी खेलेको देख्छु । जहिले पनि तिमेरको यो बाँझो माटोमा सूर्यग्रहण लागेको देख्छु म । (अजिङ्गरे र मलसाप्रे घोरिन्छन्) ।
अजिङ्गरे – (जम्ले हात गर्दै) भयो… भयो.. .बन्द गर्नोस् ।
मलसाप्रे – खै हामीलाई ता हाम्रो माटोमा त्यस्तो केही गन्हाएको जस्तो लाग्दैन ता ।
चित्रगुप्त – खोक्रो र थेप्चो परिसकेका कञ्चनजङ्घे नाकहरूलाई राजनैतिक एनेस्थिया सुँघाएर.. सुँघाएर लट्टाएपछि माटो नगनाएर भोटो गन्हाउँछ अन्त ?
मलसाप्रे – (नाक छाम्दै) कतै हाम्रो गिदी पनि लगेनन् मोराहरूले ?
यमराज – गिदी ? गिदी भाको भा तिमीहरू आफै-आफ काटकाट् र मारामार  गर्थ्यौ ? अब लिदी पनि लानु बेर छैन है छैन । लाखेस् ! (कुरा पूरा गर्न नपाउँदै नेताको आगमन । यमराज र चित्रगुप्तलाई देखेर तीन छक्क पर्छ) ।
सबै – (समवेत स्वरमा) नमस्कार नेताज्यू ।
नेता – नमस्कार ! नमस्कार ! ओ माई गड ! यमराज र चित्रगुप्त ! बदनामका भाइरसहरू ! यहाँ हाम्रो इलाकामा ? छिः !
चित्रगुप्त – नेताज्यू ! तपाईंजस्तो तुलसीको पातले धोएको र दूधै दूधमा दिनरात नुहाउने हामी होइनौँ क्या ! हाम्रा यमराज ता रगतै रगगतको दहमा नुहाउँछन् (अजिङ्गरे र मलसाप्रे अलिक पर चिया दोकानको एउटा बेञ्चमा बस्छन् ) ।
यमराज – वत्स ! तिमीले राजनीतिसित डिभोर्स गर्‍यौँ भने पो सुनियो ता !
नेता – यस्ता हावाका कुराहरू तिमीहरूले कहाँबाट सुन्छौ हँ ! म ता छक्कै पर्छु ।
चित्रगुप्त – तपाई नेताहरूजस्तो हावा-हावाको कुरा गरेर जनतालाई लट्याइरहने हुँदै होइनन् हाम्रा यम सर क्या !
यमराज – नेता वत्स ! प्रमाण बेगर म कसैलाई टिपेर लादिनँ अनि प्रमाण बेगर केई बोल्दिनँ पनि । तिम्राबारेमा सिरिखुरी रिपोर्ट हामीकहाँ आउपुगेको छ । (.चित्रगुप्तलाई) चित्रे ! तिम्रो ल्यापटप खोलेर नेताजीको बारेमा बताऊ ता । (चित्रगुप्त ल्यापटप खोल्छ)
नेता – ओ माई गड… तिमेरु ल्यापटप पनि बोक्ने भयौँ ?
यमराज – तिमीहरू तिमीहरूकै आँगनका झर्झराउँदा मग्मगाउँदा फूल (चेलीबेटी) हरू बोकेर आमाट्टिका न बाबुपट्टिकाहरूको चरणमा लाजै बेगर सुम्पन सक्छौ भने चित्रगुप्तले ल्यापटप बोक्न सक्दैन नेताजी ? (नेता चूप) ।
चित्रगुप्त – (ल्यापटप हेर्दै) नेता महोदय ! तिमी मान्छे एक नम्बरको झिङे…
नेता – (कुरा काट्दै) कसरी चित्रगुप्त महोदय !
यमराज – अरे नेताजी ! जनता अनि रिपोर्टरहरूसित प्याच् प्याच् बोलेकोजस्तो नबोल्नू । चूपो लागि सुन्नू अनि नो एनि कमेण्टस् । यो प्रेस कन्फरेन्स होइन । हाम्रो ल्यापटपमा एकपल्ट रेकर्ड भएको डाटा कहिल्यै इरेज हुँदैन । तिमी ढ्याङ् भयौ भने मात्र डाटा क्लोज्ड हुन्छ… अण्डरस्टाण्ड नेताजी ?
नेता – ओके…ओके…।
चित्रगुप्त – ध्यान लाएर सुन्नू है नेताजी ! अँ… जहाँ धेर त्यहाँ मात्र हेर भन्ने भिटामिनले धोती न टोपी भएको ।
नेता – (गललल हाँस्दै) हा…हा…हा… म धोती ता लाउँदिनँ । देखेन मलाई जिन्समा ?
यमराज -अब नेताजीले धोती लाउने छाँट देखिँदैछ ।
नेता – वाट ?
चित्रगुप्त – यस । तिम्रा फिलाबाट धोतीको मगमग वासना आउँदैछ बिकज् जसले तिमीलाई तिम्रो हाहाकारको समयमा आश्रय दियो उसैसित डिभोर्स गर्‍यौँ ।
नेता – नो नो । नो इटस् नट अ डिभोर्स । चित्रगुप्त महोदय ! आफूले रुचेको गाँस पो खाइन्छ होइन नरुचेको…
यमराज – (कुरा काट्दै) ,…पहिले त्यै नरुचेको गाँस डम्काउनुसम्म डम्कायौ अहिले त्यही गाँसलाई नरुचेको भन्नु…
चित्रगुप्त – तिम्रो डिटेल्स हेर्दा तिमीलाई यहाँ तिहुन चखुवा भनिएको छ ।
नेता – त्यसो ता मान्छेले के के भन्छन् भन्छन् नि !
यमराज – एब्सुलुटली राइट सर ! तर तिमी पनि पखेटा लाग्दा ता अरुलाई किसिम भन्यौ ता! ह्याँकुलाले मिचेरै राँटो लाउनु खोज्यौ । आफ्नो दमाहा आफैले बजाउनु खोज्यौ ।
नेता – मजस्तो पर्सनालिटी भाको मान्छेलाई….
चित्रगुप्त – (कुरा काटेर)… अहिले तिमीलाई तिम्रै आँतका साथीहरूले जुन थालमा खायो त्यही थाल दुलो पार्ने भन्दैछन् । द्याट यू नो ?
नेता – आई डण्ट नो बट हेर्नोस् काल महाराज ! प्रत्येक मान्छेको निजी विचार र सिद्धान्त हुन्छ ।
यमराज – हो । तिमीले ठूल्ठूला सिद्धान्त हाँकेकै हो… खोई ती तिम्रा सिद्धान्तहरू कता गए ? अहिले त्यै सिद्धान्तिसित डिभोर्स गर्‍यौ ।
चित्रगुप्त – अब धोती सिद्धान फ्लाँक्ने होला (अजिङ्गरे र मलसाप्रे छेउमा आइपुग्छन्)
अजिङ्गरे – किसिम किसिमका सिद्धान्त फ्लाँक्नमा ता हाम्रा नेता सर जण्डा नि !
मलसाप्रे – तर सर जति नै सिद्धान्त फ्लाँके पनि हजूरहरूको त्यो सिद्धान्त पातकी आइमाईले लगाएको सिन्दूरजस्तै हुन्छ ।
यमराज – बाँदरको पूच्छर लौरो न हतियार भनेजस्तो ।
चित्रगुप्त – एक्जेटली सर ।
अजिङ्गरे – सिद्धान्त फेर्नोस् वा सुल्टा पाल्टा पार्नोस् । यहाँ तपाईंहरूजस्ता तथाकथित ठूला मान्छेले जे गर्दा पनि हुन्छ । धोती सिद्धान्तले भेटोस् तर धोती खटिराले चाहिँ नभेटोस् है हजूरहरूलाई ।
चित्रगुप्त – यतिञ्जेल जनै खटिरा भन्ने सुन्दै आको । फेरि धोती खटिरा चैँ कस्तो काले खटिरा ?
मलसाप्रे – धोती खटिरा कोरोनाभन्दा पनि खतरनाक हुन्छ नि सर ।
अजिङ्गरे – धोती खटिराले कोरोनाजस्तो जोसुकैलाई विथोल्दैन नेता टाइपका मान्छेहरूलाई यो धोती खटिराले मात्र भेट्छ ।
यमराज – कोरोनाजस्तो होइन भने ता किन डराउनु ?
मलसाप्रे – कोरोनाले बरू भेटेको छ कि तर धोती खटिराले भेट्नेहरूले ता आफ्नो समाज जाति सबै भुसुक्क बिर्सिनु मात्र होइन यमराज सर आफ्नैहरूको खेदो खनेर भुर्कुट पार्छ ।
अजिङ्गरे – नेता सरले धोती लाउन सक्छन् के ता ?
चित्रगुप्त – अनुहार हेर्दा ता धोती, लङ्गोटी, लुङ्गी जे लाउनु पनि उस्ताद छन् जस्तो लाग्दैछ ।
अजिङ्गरे – अरे सर भालेमुङ्ग्रो ता यहाँ सरको छेउमा फेल खान्छ । धोती लुङ्गी लाएर बहुरुपीको रोल गर्नु ता यहाँ सरको देब्रे हातको काम हो ।
मलसाप्रे – हाम्रो नेता सरले धोती, लङ्गोटी र लुङ्गी मात्रै दाउ पर्‍यो भने नेभाराको पात उनेर पनि लाउन सक्छन् नि ।
यमराज – यस्ता बाट्ठे मान्छेले किन राजनीतिबाट सन्यास लिनु ?
चित्रगुप्त – राजनीतिबाट सन्यास होइन यम सर… आफ्नो पार्टीसित छुटानाम गरेका ।
यमराज – किन के त्यस्तो पर्‍यो र छुटानाम गर्नुपरेको ?
अजिङ्गरे – होइन यहाँ सर अर्काको खोइरो खन्नमा उस्ताद हुनुहुन्छ । यता बसेर उताको खोइरो खन्यो… खन्यो अब यता आएर उताको खोइरो खन्नुलाई होला । (फेरि नेताको प्रवेश)
नेता – त्यसो होइन । म नेता हुँ… जे देख्छु म त्यही भन्ने मान्छे हुँ । आई एम भेरी मच आउट स्पोकन ।
मलसाप्रे – र ता हजूरलाई आउट गरेजस्तो छ ता ।
यमराज – खाने मुखलाई जुङ्गाले छेक्दैन ।
नेता – हाम्रा अतिथिका रुपमा यहाँ आएका यमराज सर र चित्रगुप्त सरहरूलाई एउटा कुराको जानकारी दिन मन लाग्यो, सो के भने, हाम्रो यतातिर पानीको बडो हाहाकार छ । यसकारण पानी अलिक होशियारले चलाउनुहोला ।
यमराज – तपाईंहरूको यहाँ किन पानीको हाहाकार छ थाहा छ के तपाईहरूलाई ?
अजिङ्गरे – यो सब पोल्टिक्सको खेल हो ।
यमराज – नो…नो । नेभर । के को पोलिटिक्स ? सिण्टेक्समा पानी नहालेर यहाँका सिँडसाँढेहरूले आफ्नो झिटीझाम्टी खाँद्न थालेपछि पानीको हाहाकार नभएरो को होस् ता अन्त । तिमीहरू लु आफै भन । (नेता रातो न पिरो भएर प्रस्थान । अचानक फेसबुककोलाइक हस्याङ्फस्याङ् गर्दै आएर यमराज र चित्रगुप्तलाई गोहार माग्न थाल्छ) ।
चित्रगुप्त – (छक्क परेर) तिमी को हौ फेरि ?

लाइक – म फेसबुकको लाइक अप्सन हुँ । प्लिज हेल्प पी यमराज सर एण्ड चित्रगुप्त सर । प्लिज हेल्प मी । मलाई छिट्टै यो फेसबुकको संसारबाट लानोस् हे काम महाराज ।
यमराज – (छक्क परेर) अरे! अहिले संसारभरिकै मान्छेहरू मेरो डर र त्रासले आफू बाँच्नलाई घरभित्र लुकेर बसेका छन् । अचम्म ! तिमी फेरि लैजाऊ कि लैजाऊ भन्दैछौ । वाट इस दिस मिष्टर लाइक ?
लाइक – यस सर ।
चित्रगुप्त – तिमीलाई ता हामीले कहिल्यै पनि नदेखेको ।
अजिङ्गरे – हामीले पनि कहिल्यै नदेखेको ।
मलसाप्रे – त्यै ता हई !
लाइक – (अजिङ्गरे र मलसाप्रेतर्फ दृष्टि फिराउँदै) अरे ! कस्तो गरेको अजिङ्गरे र मलसाप्रे ब्रज । तिमीहरूसित मोबाइल छ पक्कै पनि ।
चित्रगुप्त – मोबाइल ता हामी दुवै यमराज सर र मसित पनि छ नि ।
लाइक – गुड । लु त्यसो भए सबैको आ-आफ्नो मोबाइल निकाल्नू (सबै मोबाइल निकाल्छ) फेसबुक हेर्नू । (सबै फेसबुक हेर्छन्) पोष्ट भाको नक्साको तल देब्रेपट्टिलाइक, बधाईं, सेण्ड अनि दाहिनेपट्टि कुनामा शेयर छ कि छैन ?
सबै – हजूर छ नि…
लाइक – हो.. एईलाइक हुँ म । यो मान्छे भन्ने मूर्ख जनावरले गर्दा म बदनाम छु यहाँ । यसकारण मलाई यो मोबाइलमा टाँसिएर बस्नु मन छैन । नाक लागिसक्यो । म बदनाम छु बुझ्नेहरूका आँखामा ।
यमराज – नाक लागिसक्यो ? किन ? अनि के को बदनाम ?
लाइक – फेसबुकमा मान्छेहरूले किसिम पोष्ट गर्छन् होइन ?
अजिङ्गरे – फेसबुक के को लागि ?
मलसाप्रे – नक्शा हाल्नको लागि ।
लाइक – ठिक हो । तर कुनै पनि मान्छेको मृत्युको संवाद पोष्ट गरिन्छ होइन ?
अजिङ्गरे – मृत्युको संवाद मात्रै (?) नानी पाको, अन्तिम संस्कारमा भेला भाको सिरिखुरी सबै नि ।
मलसाप्रे – बिहे-बटुल, वर्थ डेतिर नाँचेको…
लाइक – त्यो ता ठिकै छ । तर मलाई एउटा कुरामा चित्त परेको छैन ।
यमराज – (जिज्ञासु भावमा) कस्तो कुरा सुनँ न ! कसैको मृत्यु हुँदा मृतात्माको चिरशान्ति तथा शोकाकुल परिवारप्रति समवेदना जनाइन्छ होइन र !
लाइक – हजूर… तर मेरो छातीमा लाइक किन थिच्नु परेको ?  राम्रो असल कामको निम्ति मात्र लाइक अप्सनमा थिचिन्छ होइन यमबाऊ ? मान्छे मर्दा पनि लाइक गर्नुको अर्थ के हो ?
चित्रगुप्त – तिम्रो परिवारको मृत्यु हुँदा मैलेलाइक गरेँ भनेको ?
मलसाप्रे – खुच्चिङ मच्चाको नि ।
लाइक – एक्जेटली । यसले मेरो बदनाम हुँदैन ?
अजिङ्गरे – मलसाप्रेको कुरा ठिकै हो । तर यति मात्रै कहाँ र ! खुट्टा मड्केको, हात भाँच्चिएको पोष्टमा बधाईं, किप इट अप लेख्छन् मोरा मोरीहरू अन्त… (यमराज र चित्रगुप्त वाल्लै पर्छन्) ।
अजिङ्गरे – एकजनाले भर्खर नानी जन्मेको नवजात शिशु फेसबुकमा अपलोड गरेको रहेछ विचाराले । लाइक ता गर्‍यो गर्‍यो कमेन्ट्स् मा के लेखिएको थियो थाहा छ ?
मलसाप्रे – (हतार-हतार) हार्दिक श्रद्धाञ्जली ।
यमराज – लौ मारेछ । नपढ्नेले ता मलाई नै सराप्छ होला हई ।

०००
सिलिगुडी (भारत)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
नबोल्ने वरदान

नबोल्ने वरदान

कृष्ण प्रधान
खोचे थाप्नु

खोचे थाप्नु

कृष्ण प्रधान
…छँदैछु नि !

…छँदैछु नि !

कृष्ण प्रधान
माथि…

माथि…

कृष्ण प्रधान
नयाँ फास्ट फुड

नयाँ फास्ट फुड

कृष्ण प्रधान
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
‘बाउ पर्ने पनि हिं थे नि;’ ए ! 

‘बाउ पर्ने पनि हिं...

सुरेशकुमार भट्ट
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x