साइबर अपराध सम्बन्धी सचेतना सामग्री

परिवेश

कहाँ साथमा बस्छ आगो र पानी । बसे बालुवाटारको झार छानी ॥ म लेख्दै बसे शब्द जान्दै नजानी । कहाँ आँप झर्ला झटारो नहानी ॥

Nepal Telecom ad

हेमराज पन्त :

यता देख्छु खाली उता देख्छु रित्तो ।
जनौली सुनी मख्खमा बस्छ भित्तो ॥
गरी द्वन्द आफैं बसे हन्तकाली ।
घुमी बस्छ अन्धो सधैं खेत आली ॥ १

जसै रन्न रन्केर बज्दै छ गाला ।
पसे देशको बागमा दुष्ट काला ॥
तिमी दैत्य कुर्सी तिमी हौ सिकारी ।
लुटी देश हाम्रो बनायौ भिखारी ॥ २

बसेको छ नग्नो यहाँ देश हाँकी ।
अझै हेर्न लीला रहेको छ बाँकी ॥
तमासा अनेकौं यहाँ देख्न थाले ।
यता थाप्छ चम्चे उता हान्छ काले ॥ ३

जता हेर्छु देख्ने निराशै निराशा ।
म खोजौं कहाँ राष्ट्रको दीप आशा ॥
बिराला तथा श्वानको देख्छु जोडी ।
सधैं स्वार्थले मिल्छ,आदर्श छोडी ॥ ४

यता गर्छ हल्ला उता छर्छ नारा ।
बसे लाजको लाममा भातमारा ॥
मजेदार कुर्सी नचिन्थे कहाँ को ।
लुसुक्कै परी पाउ शास्ता भयो जो ॥ ५

कहाँ साथमा बस्छ आगो र पानी ।
बसे बालुवाटारको झार छानी ॥
म लेख्दै बसे शब्द जान्दै नजानी ।
कहाँ आँप झर्ला झटारो नहानी ॥ ६

०००
पाटन २ सिलङ्गा, बैतडी
हालः-पहलमानपुर, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पीडा

पीडा

हेमराज पन्त
गुनासो

गुनासो

हेमराज पन्त
म लाछी

म लाछी

हेमराज पन्त
आधुनिकता

आधुनिकता

हेमराज पन्त
जुकेबल

जुकेबल

हेमराज पन्त
सम्मानवाल

सम्मानवाल

हेमराज पन्त
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
आउँछ साँढे सन्किँदै

आउँछ साँढे सन्किँदै

रणबहादुर बुढाथोकी ‘भैया’
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x