साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पुजारी कि भुजारी ?

सक्दै नसकिने ज्याद्रो नेतृत्वले जनताको कसम खाएर देशको ढुकुटी भष्मिभुत पार्न छोड्ने होइनन् नै । उनीहरूलाई कुम्भिपाकमा जाक्ने त्यही एउटा चुनाव हो । तर के गर्नु ? पाँच वर्ष कुम्ल्याएको भेटीले तपाईं हामी जस्तालाई बाँदर बनाउँछन् ।

Nepal Telecom ad

गोपेन्द्रप्रसाद रिजाल :

हिन्दु धर्ममा तेत्तीस कोटि देवी देउता छन् भन्ने कुरा धर्मको बोल बढाबढमा परेर गेरु वस्त्र धारी तर सर्वहारी बाजे र बोजुहरू बाट सुन्नमा आएको हो तर मुखले एक दुई भन्दै औँला भाँच्दै गर्नु हो भने तेत्तीस कोटि त के तेत्तीस मात्र पुर्‍याउन पनि तिनै बाजे बोजुको पसिना छुट्छ होला । सोध्दैन कसैले पनि र मात्रै ।

फेरि कलि युगमा धर्म भनेको राजनैतिक दाउपेचमा प्रयोग गर्ने अचुक अस्त्र मात्र साबित बनेको कुरा डोकाभित्र लुकेर खेलेको कुक्कु खेल जस्तो हो । लुके जस्तो पनि छ सबै देखिएको पनि छ । अर्को थरीलाई गरि खाने भन्दा पनि ठगी लाने सुन पक्ताउली भाँडो भनेको छ । गेरु धारण, निधारमा चन्दन, कमण्डलु, चिम्टा, तुलसी माला आदिको जोरजाम गरेर गाइको खुर जत्रो टुपी पालेर निस्कियो भने जय बाबा जी भन्दै पाउ लागि गर्न थाली हाल्छन् मान्छे । प्रहरी पोशाक जस्तै परिचय हो यो । त्यति देखिए पछि त्रिकाल दर्शी फर्सीहरूको बोलवाला चल्छ । एकपटक पशुपति गएको थिएँ । एकजना चिम्टे बाबाले नानाओलि फलाक्दै तेरो सर्वानाशको घडी आयो जय शम्भो ! भन्दै टाउकामा हात राखी दिए । तेरो पैसा यो नागलाइ छुवाएर लगिस भने टर्छ सम्म भन्न भ्याए । प्लास्टिकको सापलाइ छुवाउँदैमा सबै दशा टर्छ भने त छुवाउनु पर्‍यो भनेर पैसा छुवाएँ । बाबाले पैसा तानेर आफ्नै टाउका वरिपरि पो घुमाउन थाले त गाँठे ! मेरो पैसा देउ बाबा भनेको त नाग राजाको स्राप लाग्छ लानु हुन्न बालक भनेर गोजिमा हाल्न तरखर गरे । म जङ्गलिले बन्दुक देखाउँदा त नडराएको मान्छे यो चिम्टे बाबासँग के डराउनु भनेर पैसा तानेर टाप कसेँ ।

अर्का थरिका हुन्छन् – फेरि विश्वको मात्र होइन सारा ब्रह्माण्डको नक्सा आफ्नै गिदिमा कोरेको जस्तो गरेर बसेका ज्योतिषी नामका भुजारीहरू । उनीहरूलाई अर्थोक केही चाहिन्न- अलिकती फुल, एउटा दियो, एउटा कलश र आजकल त ल्यापटप पनि । यति भए व्यापार राम्ररी चल्छ । उनीहरूको तीन पुस्ता बन्छ । उनीहरूको अस्त्र भनेको कालसर्प योग, उल्का, भ्रामरी, पिङ्गला र सूर्यदेखि शुक्रसम्मका ग्रहहरूको नाम । तपाईंको औकात अनुसारको दशा तपाइकै लवाइ खवाइ, बोली चालिले निर्धारण गर्छ । त्यसो भए पछि एउटा न एउटा ग्रह दशाको डर देखाएर हरि ॐ तत्सतको सङ्कल्पमा तिलानी जल समाउन लाए पछि ग्रह दशापीडित मान्छे जहाँ गए पनि हुन्छ । मानौ ज्योतिषीको गोजीभरि ग्रहहरू आइ बसेका छन् । उनले जे भन्यो त्यही मान्छन् । आफ्नै घरमा आफैँ मासु भात खुवाएर पालेको कुकुर जस्तो । कति ग्रह दोष हटाउने भन्ने कुरा चै तपाइले टक्र्याउनु भएको भेटिले निर्धारण गर्छ ।

एक पटक एकजना ज्योतिषीले एकजना नाम हो कि दुर्नाम चलेका; आफुले ठान्ने नेता अरुले अरुले ठान्ने खलनेतालाई सोम ग्रह पन्सायो र पिङ्गला नारीलाई दोबाटोमा मन्छायो भने छ चोटीसम्म नेपाल देशको प्रधानमन्त्री बनेर देशको देशको ढिकुटि सोहोर्ने हसुर्ने योग छ भनेछ । खुसी भएर उनको पालो मिसिन डिटेक्टरले छुन नसकेको काँचो सुन पाँच किलो टक्र्याएछन् । ज्योतिष विद्याको कमाल हेर्नू होस त ! ऊ प्रधानमन्त्री बन्नै सकेनन तर ज्योतिषीले उनकै घर छेउमा उनैलाई छतबाट तलको छतमा हेर्ने गरि घरचैँ ठड्याएछ । अब कहिले बन्ने हो प्रधानमन्त्री भनेर सोधु न भने अर्को ग्रहले छोपी सकेको छ फेरि पन्साउनु पर्छ भन्छन्, ज्योतिषीले भनेर सोधेन छन् । यस्को मतलब पाँच किलो सुन जोगाएछन् ।

यी देउता त साना- ठुला, तेरो-मेरो नहुनु पर्ने होइन र ? तर देवताले नै मान्छे छानी छानी यो तेरो यो मेरो भनेर छुट्याए जस्तो लाग्ने । विश्वमा अल्लाहका, जिससका, शिवका, कृष्णका, नानकका, बुद्धका, आ- आफ्ना मान्छे छन् । एउटा देवताको मान्छे अर्को देवताकोमा गयो भने देवताका अख्तियारी पाएकालाई रण चण्डि चढिहाल्छ । यो पार्टी खोल्ने चलन पनि देवताकै पाला देखि चलेको रहेछ । कुनै मान्छे कुनै देवताको भागमा परेन भने मार्क्स लेनिन तिर धकेल्दिए हुन्छ । त्यहा गएपछी अरु देवता पुकार्नै पर्दैन । अरु देवताले चलाएको रिति थिती, न्वारान, किरिया केही गर्नु पर्दैन । एउटा मुठ्ठी उठायो बस पुग्छ ।

अहिले पो देवताको विखण्डीकरण भएको छ र तेरो मेरो भन्दै मारामार गर्न पाइएको छ । कुनै दिन नेपालका पार्टीले जस्तो स्वर्गका देवताहरूले गठबन्धन गरे भने के गर्नु ? रुख छोडेर हँसियामा सुर्य छोडेर हलोमा स्वस्तिक छाप ठोके जस्तो शिवका कारिन्दाले बुर्का, अल्लाहका कारवारिले चन्दन, जिससका कार्यकर्ताले पगरी लाउनु पर्ला कि ?
जहाँ जहाँ जो जो मान्छे परे पनि फुल चढाए पनि, वाइन तुर्क्याए पनि देवताका ठेकेदारहरूले आफूले केटी र घरकिलाई भेटी पारेरै छोड्छन् । त्यसो भएर होला पशुपतिका पूजारीहरूले एक एक थान केटी उतैबाट लिएर आउँदा रहेछन् ।

बिसाउनिमा, मन्दिरका पुजारिले भेटिमा आँखा नलाउनु, चर्च र चलचित्रका पुजारिले केटीमा आँखा नलाउनु, कर्मचारीले घुसमा, किसानले अर्काको कान्लाको धुसमा, व्यापारीले कालो बजारीमा आँखा नलाउनु हो भने देवता खुब खुसी हुन्थे होला ।

तर सक्दै नसकिने ज्याद्रो नेतृत्वले जनताको कसम खाएर देशको ढुकुटी भष्मिभुत पार्न छोड्ने होइनन् नै । उनीहरूलाई कुम्भिपाकमा जाक्ने त्यही एउटा चुनाव हो । तर के गर्नु ? पाँच वर्ष कुम्ल्याएको भेटीले तपाईं हामी जस्तालाई बाँदर बनाउँछन् र उनीहरू मदारी बन्छन् । कि कसो ??
जदौ!!!

०००
मैतिदेवी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
कालो कोट

कालो कोट

गाेपेन्द्रप्रसाद रिजाल
चटनी

चटनी

गाेपेन्द्रप्रसाद रिजाल
स्वार्थ

स्वार्थ

गाेपेन्द्रप्रसाद रिजाल
फुलमन्त्रीले रक्सी छाड्यो रे…

फुलमन्त्रीले रक्सी छाड्यो रे…

गाेपेन्द्रप्रसाद रिजाल
पुरोहित बाको टुपी

पुरोहित बाको टुपी

गाेपेन्द्रप्रसाद रिजाल
खुकुरीः अहिंसा र टोपी

खुकुरीः अहिंसा र टोपी

गाेपेन्द्रप्रसाद रिजाल
कलहकाे साइनो

कलहकाे साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
‘बाउ पर्ने पनि हिं थे नि;’ ए ! 

‘बाउ पर्ने पनि हिं...

सुरेशकुमार भट्ट
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x