साइबर अपराध सम्बन्धी सचेतना सामग्री

क्रूर ओढार

यो कुनै डेढ करोड वर्षअघिको रामापिथेकसको अवशेष हो र यी असङ्ख्य छरिएर रहेका कङ्काल भर्खरै हत्या गरिएका बीसौं शताब्दीका मानव जिवाशेषहरु हुन् ।

Nepal Telecom ad

अनिल श्रेष्ठ :

भर्खरै
एउटा उज्यालो प्रवाहित भयो
अँध्यारो गुफाभित्र

शताब्दीऔं पुरानो हो गुफा
प्राचीन ओढार

हिंसाका आँखाहरु खेलाइरहेका छन् विषालु सर्पहरु
उज्यालोलाई झम्टिरहेछ स्तनधारी चमेरो
र विचित्र भावले
एकोहोरो हेरिरहेका छन्
बीभत्स काला माकुराहरु

भूगर्भविद्
र इतिहासका अन्वेषकहरु
तल्लीन छन्
कुनै नयाँ खोजको

अँध्यारोमा
कतै कुलकुलाउँदै गरेको आवाज
यो कुनै दलदल हो आदिम पोखरीको
जहाँबाट आलो तातो रगतको
बाफ उडिरहेछ

पर, केही पर
एउटा कुनामा लडिरहेको अस्थिपञ्जर
यो कुनै डेढ करोड वर्षअघिको
रामापिथेकसको अवशेष हो
र यी असङ्ख्य
छरिएर रहेका कङ्काल
भर्खरै हत्या गरिएका बीसौं शताब्दीका
मानव जिवाशेषहरु हुन्

भूगोलविद्
र इतिहासका अन्वेषकहरु
क्रमशः नोट गरिरहेका छन्
निजी डायरीमा
‘युगको यो क्रूर उदाहरण हो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x