सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

ब्राण्ड एम्बेस्डर सत्ता

त्यो कण्डम व्यापारी ? निर्लज्ज र, कसरी कण्डमको ब्राण्ड एम्बेस्डर बनेको छ यो सत्ता ? सडकको एक छेउमा उभिएर म अहिले ती कण्डम व्यापारीहरूको रोमाञ्चक खेलहरू हेरिरहेको छु ।

Nepal Telecom ad

यतिबेला
केही कण्डमका व्यापारीहरू
सडकमा निःशुल्क वितरण गर्दैछन्
कण्डमका प्याकेटहरू
कसरी
चटकीले झैं
खल्तीबाट निकालेर प्लेजरेबल कण्डम
ती व्यापारीहरूले हामीलाई
हात-हातमा बाँडिरहेका छन्
सुनौला सपनाहरू
अहिले बजारमा
निकै सक्रिय छन् कण्डम उत्पादन कम्पनीहरू
र प्रदर्शनीमा छन् ती कम्पनीहरुबाट
उत्पादित अनेक रङका कण्डम
कण्डम व्यापारीहरूको
अहिले बजारमा निकै होहल्ला छ
उनीहरु नियोजित छन्
र, गर्दैछन् हाम्रा मस्तिष्कहरूको नियोजन
र बिस्तारै हाम्रा सपनाहरूको
गर्दैछन् भ्रूण हत्या
हाम्रा मौन मुद्राहरूलाई हेरेर
चटकीले झैं
ती कण्डम व्यापारीहरू
कसरी कुशलतापूर्वक आफूलाई
प्रदर्शन गरिरहेछ
सडकमा !
हाम्रा छायाँहरूलाई कुल्चिएर
कसरी मुस्कुराइरहेछ
त्यो कण्डम व्यापारी ?
निर्लज्ज
र, कसरी कण्डमको
ब्राण्ड एम्बेस्डर बनेको छ यो सत्ता ?
सडकको
एक छेउमा उभिएर
म अहिले
ती कण्डम व्यापारीहरूको
रोमाञ्चक खेलहरू हेरिरहेको छु ।

०००
आँबुखैरेनी, तनहुँ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
केही गुट्खा कविता

केही गुट्खा कविता

अनिल श्रेष्ठ
दुई छोटा कविता

दुई छोटा कविता

अनिल श्रेष्ठ
बेसरम हाँसो

बेसरम हाँसो

अनिल श्रेष्ठ
राष्ट्रिय इमान-बे-इमान !

राष्ट्रिय इमान-बे-इमान !

गायत्री परिरोशनी
डुबोस् देश के भो म सत्ता नछाडूँ ।

डुबोस् देश के भो...

घनश्याम रेग्मी
म्याऊँम्याऊँ

म्याऊँम्याऊँ

टङ्कराज ढकाल ‘तितेपाती’
जिन्दगी

जिन्दगी

खगेन्द्र नेउपाने
आगो र पानी

आगो र पानी

देव भट्टराई (२)