साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ब्राण्ड एम्बेस्डर सत्ता

त्यो कण्डम व्यापारी ? निर्लज्ज र, कसरी कण्डमको ब्राण्ड एम्बेस्डर बनेको छ यो सत्ता ? सडकको एक छेउमा उभिएर म अहिले ती कण्डम व्यापारीहरूको रोमाञ्चक खेलहरू हेरिरहेको छु ।

Nepal Telecom ad

यतिबेला
केही कण्डमका व्यापारीहरू
सडकमा निःशुल्क वितरण गर्दैछन्
कण्डमका प्याकेटहरू
कसरी
चटकीले झैं
खल्तीबाट निकालेर प्लेजरेबल कण्डम
ती व्यापारीहरूले हामीलाई
हात-हातमा बाँडिरहेका छन्
सुनौला सपनाहरू
अहिले बजारमा
निकै सक्रिय छन् कण्डम उत्पादन कम्पनीहरू
र प्रदर्शनीमा छन् ती कम्पनीहरुबाट
उत्पादित अनेक रङका कण्डम
कण्डम व्यापारीहरूको
अहिले बजारमा निकै होहल्ला छ
उनीहरु नियोजित छन्
र, गर्दैछन् हाम्रा मस्तिष्कहरूको नियोजन
र बिस्तारै हाम्रा सपनाहरूको
गर्दैछन् भ्रूण हत्या
हाम्रा मौन मुद्राहरूलाई हेरेर
चटकीले झैं
ती कण्डम व्यापारीहरू
कसरी कुशलतापूर्वक आफूलाई
प्रदर्शन गरिरहेछ
सडकमा !
हाम्रा छायाँहरूलाई कुल्चिएर
कसरी मुस्कुराइरहेछ
त्यो कण्डम व्यापारी ?
निर्लज्ज
र, कसरी कण्डमको
ब्राण्ड एम्बेस्डर बनेको छ यो सत्ता ?
सडकको
एक छेउमा उभिएर
म अहिले
ती कण्डम व्यापारीहरूको
रोमाञ्चक खेलहरू हेरिरहेको छु ।

०००
आँबुखैरेनी, तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
क्रूर ओढार

क्रूर ओढार

अनिल श्रेष्ठ
केही गुट्खा कविता

केही गुट्खा कविता

अनिल श्रेष्ठ
दुई छोटा कविता

दुई छोटा कविता

अनिल श्रेष्ठ
बेसरम हाँसो

बेसरम हाँसो

अनिल श्रेष्ठ
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x