साइबर अपराध सम्बन्धी सचेतना सामग्री

केही मट्याङ्ग्रे कविता

कति मीठा सपना थिए टिप्दै, बटुल्दै पोल्टोमा राखें ब्युँझेर हेर्दा पोल्टो रित्तै थियो थुक्क, पोल्टो रित्तिने गरी निद्रामा कस्तरी दौडिएछु ।

Nepal Telecom ad

अनिल श्रेष्ठ :

अभियुक्त छाया

आफ्नै छाया
म सुतेको ओछ्यानबाट
बिस्तारै उठ्छ
र, मेरो घाँटी निमोठ्न
उद्यत छ

आजकल
म आफ्नै छाया विरुद्ध
लडिरहेको छु ।
००

अनावृत

आऊ
मेरो मस्तिष्कलाई सम्भोग गर
र, तिम्रो अबैध सत्तालाई
जन्म देऊ

मेरो मस्तिष्कसँग
तिमीलाई मनलाग्दो
खेल्न छुट छ

म यो राज्यको
एक निकृष्ट बुद्धिजीवी हुँ ।
००

प्राक्कथन

ढुङ्गालाई
फुटाएर कसैले घरको
जग हाल्यो
कसैले कुटेर
गिट्टी बनायो
कसैले छिनुले हिर्काएर
मुर्ति कुँद्यो

ढुङ्गाको
कसैसँग दुखेसो रहेन

ढुङ्गा
विद्रोही हुन्थ्यो भने
सायद मान्छेको घर बन्दैनथ्यो ।
००

नोस्टाल्जिया

कति मीठा सपना थिए
टिप्दै, बटुल्दै
पोल्टोमा राखें

ब्युँझेर हेर्दा
पोल्टो रित्तै थियो

थुक्क,
पोल्टो रित्तिने गरी
निद्रामा कस्तरी
दौडिएछु ।

०००
आँबुखैरेनी, गाेरखा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
क्रूर ओढार

क्रूर ओढार

अनिल श्रेष्ठ
केही गुट्खा कविता

केही गुट्खा कविता

अनिल श्रेष्ठ
दुई छोटा कविता

दुई छोटा कविता

अनिल श्रेष्ठ
बेसरम हाँसो

बेसरम हाँसो

अनिल श्रेष्ठ
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x