अनिल श्रेष्ठटुकुचामाथि सिंहदरबार बस्छ
थाहा हुन्न पानीले काट्छ भन्ने थाहा हुँदाहुँदै तिमीले पानीसँग जिस्कनु हुन्न टुकुचामाथि सिंहदरबार बस्छ कतिखेर टुकुचाले धार हालेर बग्छ पानीले धार हालेको देखिन्न ।

अनिल श्रेष्ठ :
पानीले काट्छ भन्ने
थाहा हुँदाहुँदै तिमीले पानीसँग
जिस्किरहनु हुन्न
तिमी शासकहरु
खालि पानीसँग जिस्किरहन्छौ
पानीको धार
तिमीलाई छेक्ने पर्खालहरुभन्दा
बलियो हुन्छ
पानी सडकमा बग्न थालेपछि
त्यसका धारहरुले
सिंहदबारका जगहरुलाई पनि काट्छ
र लडाउँछ
तिमी शासकहरु
राजदरबारका भग्न अवशेषहरुमाथि बसेर
पानीसँग जिस्किरहन्छौ
पानीलाई बग्न
तिम्रो कानुनको स्विकृति चाहिन्न
कुनबेला, कुन ठाउँ
पानीले धार हालेर बग्छ
थाहा हुन्न
पानीले काट्छ भन्ने
थाहा हुँदाहुँदै तिमीले पानीसँग
जिस्कनु हुन्न
टुकुचामाथि सिंहदरबार बस्छ
कतिखेर टुकुचाले धार हालेर बग्छ
पानीले धार हालेको देखिन्न ।
०००
तनहुँ
Subscribe
Login
0 Comments
Oldest








































