साइबर अपराध सम्बन्धी सचेतना सामग्री

माेबाइलमा किर्र किर्र

तीन घण्टा बीचमा कति पटक माेबाइल बज्याे भनेर के साध्ये ! अनि दाइकाे माेबाइल बज्याे कि सबैजनाकाे हाँसाे एकैपटक फुत्कन थाल्याे। हाँसेकाे हाँस्यै हामी हेटाैँडा पुग्याैँ ।

Nepal Telecom ad

माणिकरत्न शाक्य :

हेटाैंडा सिस्नुपानीले हास्यव्यङ्ग्यकार भैरव अर्यालकाे नाममा स्थापित भैरव स्मृति पुरस्कार प्रत्येक वर्ष असाेज महिनामा प्रदान गर्ने गरेकाे छ । २०६९ का लागि भैरव स्मृति पुरस्कार हास्यव्यङ्ग्यकार नरनाथ लुइँटेलकाे थाप्लोमा परेकाे थियाे ।

हेटाैडामै सम्पन्न हुने पुरस्कार अर्पण समाराेहमा सिस्नुपानी टाेलीमा बेहुला नरनाथ लुइँटेल, उहाँकी पत्नी अर्थात् हाम्री विमला भाउजू, लक्ष्मण गाम्नागे, टंकराज आचार्य, माणिकरत्न शाक्य समेत तयार भयाैँ ।

भाेलिपल्ट असाेज ५ गतेकाे कार्यक्रमका लागि अघिल्लै दिन हाम्राे टाेली १२ बजे बल्खुमा पुग्ने उर्दी जारी गरिएकाे थियाे । तर घडीकाे रफ्तारमा दाैडन हामीले सकेनाै, अलि ढिलाे भयाे ।

हामी ५ जना र बाँकी अन्य यात्रीसहित १५ जना सुमाेमा खाँदखुँद खाँदिएर ३ बजे बल्खुबाट हेटाैंडाकाे यात्रा शुरू भयाे । सिस्नुपानीका साथीहरूको छाेटकरी परिचय हाे- सिस्ने । दक्षिणकालीकाे बाटाे हुँदै जाँदै थियाैँ, सिस्नेरी भन्ने ठाउँमा पुग्या मात्र के थियाैँ नरनाथ दाइकाे माेबाइल बज्याे । उठाउनु भाे । घरबाट छाेरीले गरेकी रैछन् । उताबाट छाेरीले के के साेधिन् कुन्नि, उहाँले मेलाेमेसाे पाउनु भएनछ । अनि तिम्राे विभागकाे फाेन आएछ भन्दै दाइले माेबाइल भाउजूलाई दिनुभयाे । भाउजूले भट्याउनु भाे- पचास रूपियाँ, बीस रूपैयाँ, अँ त्यसकाे पैँतिस है पैँतिस… । कुराे सकियाे ।

सुमाे आफ्नै रफ्तारमा कुद्दै थियाे । सिस्नेरीबाट तीन चार किलामिटर नकट्दै फेरि माेबाइल बज्याे, कुरा उही थियाे । भाउजूले यताबाट चालीस रूपैयाँ, सय रूपैयाँ , अँ पच्चिस पच्चिस बताइरहनु भयाे । पाँच छ किलाेमिटर पछि फेरि माेबाइल बज्याे, टंकले ठट्टा गर्दै भने- अब चाहिँ भाउजूले कति रूपैयाँ भन्ने हाे ! उत्तर यथावतै थियाे । सुमाे केही पर मात्र के पुगेकाे थियाे फेरि माेबाइल बज्याे । लक्ष्मणले भने- सबैकाे एकैचोटी बताइदिनाेस् न भाउजू अनि भाँडाे कराउन छाेड्छ हाेला । यसरी बाटाेभरी माेबाइल बजेकाे बज्यै उताबाट साेध्नेकाे, यताबाट बताउनेकाे प्रतिस्पर्धा भइरहेकाे थियाे । विषय उही पैसाकै मात्र । अरू केही हुँदैनथ्याे । तीन घण्टा बीचमा कति पटक माेबाइल बज्याे भनेर के साध्ये ! अनि दाइकाे माेबाइल बज्याे कि सबैजनाकाे हाँसाे एकैपटक फुत्कन थाल्याे। हाँसेकाे हाँस्यै हामी हेटाैँडा पुग्याैँ ।

याे रमाइलाेकाे पछाडिकाे कारण चाहिँ के थियाे भने विमला भाउजूकाे हरियाे तरकारी र किराना पसल थियाे । पसल चलाउन सिपालु भाउजूले पसलकाे जिम्मा छाेरा छाेरीलाई दिएर आफूचाहिँ यसपालि दाइसँग पुरस्कार थाप्न सँगसँगै आउनु भएकाे थियाे ।

पसलमा बसेका छाेराछाेरीलाई मालसामानकाे भाउ थाहा हुने कुरै भएन । अनि ग्राहक आएपिच्छे र उनीहरूले सामानकाे मूल्य साेधेपिच्छे नरनाथ दाइलाई माेबाइल गरिहाल्दा रहेछन् । बाटाेभरी चालीस, पचास, सय भन्नुकाे मुख्य चुराे त त्यही पसलकाे सामानकाे भाउ पाे रहेछ ।

०००
चाबहिल, सरस्वतीनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तालुखुइले

तालुखुइले

माणिकरत्न शाक्य
साडेसातको दशा

साडेसातको दशा

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
चार अवतार

चार अवतार

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
तीन टुक्रे कविता

तीन टुक्रे कविता

माणिकरत्न शाक्य
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x