माणिकरत्न शाक्यमाेबाइलमा किर्र किर्र
तीन घण्टा बीचमा कति पटक माेबाइल बज्याे भनेर के साध्ये ! अनि दाइकाे माेबाइल बज्याे कि सबैजनाकाे हाँसाे एकैपटक फुत्कन थाल्याे। हाँसेकाे हाँस्यै हामी हेटाैँडा पुग्याैँ ।

माणिकरत्न शाक्य :
हेटाैंडा सिस्नुपानीले हास्यव्यङ्ग्यकार भैरव अर्यालकाे नाममा स्थापित भैरव स्मृति पुरस्कार प्रत्येक वर्ष असाेज महिनामा प्रदान गर्ने गरेकाे छ । २०६९ का लागि भैरव स्मृति पुरस्कार हास्यव्यङ्ग्यकार नरनाथ लुइँटेलकाे थाप्लोमा परेकाे थियाे ।
हेटाैडामै सम्पन्न हुने पुरस्कार अर्पण समाराेहमा सिस्नुपानी टाेलीमा बेहुला नरनाथ लुइँटेल, उहाँकी पत्नी अर्थात् हाम्री विमला भाउजू, लक्ष्मण गाम्नागे, टंकराज आचार्य, माणिकरत्न शाक्य समेत तयार भयाैँ ।
भाेलिपल्ट असाेज ५ गतेकाे कार्यक्रमका लागि अघिल्लै दिन हाम्राे टाेली १२ बजे बल्खुमा पुग्ने उर्दी जारी गरिएकाे थियाे । तर घडीकाे रफ्तारमा दाैडन हामीले सकेनाै, अलि ढिलाे भयाे ।
हामी ५ जना र बाँकी अन्य यात्रीसहित १५ जना सुमाेमा खाँदखुँद खाँदिएर ३ बजे बल्खुबाट हेटाैंडाकाे यात्रा शुरू भयाे । सिस्नुपानीका साथीहरूको छाेटकरी परिचय हाे- सिस्ने । दक्षिणकालीकाे बाटाे हुँदै जाँदै थियाैँ, सिस्नेरी भन्ने ठाउँमा पुग्या मात्र के थियाैँ नरनाथ दाइकाे माेबाइल बज्याे । उठाउनु भाे । घरबाट छाेरीले गरेकी रैछन् । उताबाट छाेरीले के के साेधिन् कुन्नि, उहाँले मेलाेमेसाे पाउनु भएनछ । अनि तिम्राे विभागकाे फाेन आएछ भन्दै दाइले माेबाइल भाउजूलाई दिनुभयाे । भाउजूले भट्याउनु भाे- पचास रूपियाँ, बीस रूपैयाँ, अँ त्यसकाे पैँतिस है पैँतिस… । कुराे सकियाे ।
सुमाे आफ्नै रफ्तारमा कुद्दै थियाे । सिस्नेरीबाट तीन चार किलामिटर नकट्दै फेरि माेबाइल बज्याे, कुरा उही थियाे । भाउजूले यताबाट चालीस रूपैयाँ, सय रूपैयाँ , अँ पच्चिस पच्चिस बताइरहनु भयाे । पाँच छ किलाेमिटर पछि फेरि माेबाइल बज्याे, टंकले ठट्टा गर्दै भने- अब चाहिँ भाउजूले कति रूपैयाँ भन्ने हाे ! उत्तर यथावतै थियाे । सुमाे केही पर मात्र के पुगेकाे थियाे फेरि माेबाइल बज्याे । लक्ष्मणले भने- सबैकाे एकैचोटी बताइदिनाेस् न भाउजू अनि भाँडाे कराउन छाेड्छ हाेला । यसरी बाटाेभरी माेबाइल बजेकाे बज्यै उताबाट साेध्नेकाे, यताबाट बताउनेकाे प्रतिस्पर्धा भइरहेकाे थियाे । विषय उही पैसाकै मात्र । अरू केही हुँदैनथ्याे । तीन घण्टा बीचमा कति पटक माेबाइल बज्याे भनेर के साध्ये ! अनि दाइकाे माेबाइल बज्याे कि सबैजनाकाे हाँसाे एकैपटक फुत्कन थाल्याे। हाँसेकाे हाँस्यै हामी हेटाैँडा पुग्याैँ ।
याे रमाइलाेकाे पछाडिकाे कारण चाहिँ के थियाे भने विमला भाउजूकाे हरियाे तरकारी र किराना पसल थियाे । पसल चलाउन सिपालु भाउजूले पसलकाे जिम्मा छाेरा छाेरीलाई दिएर आफूचाहिँ यसपालि दाइसँग पुरस्कार थाप्न सँगसँगै आउनु भएकाे थियाे ।
पसलमा बसेका छाेराछाेरीलाई मालसामानकाे भाउ थाहा हुने कुरै भएन । अनि ग्राहक आएपिच्छे र उनीहरूले सामानकाे मूल्य साेधेपिच्छे नरनाथ दाइलाई माेबाइल गरिहाल्दा रहेछन् । बाटाेभरी चालीस, पचास, सय भन्नुकाे मुख्य चुराे त त्यही पसलकाे सामानकाे भाउ पाे रहेछ ।
०००
चाबहिल, सरस्वतीनगर
Subscribe
Login
0 Comments
Oldest







































