साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हरुवा जुवाडे

न त घोर्लेखसी ढालेँ चलाएँ ल्याउँदै किलो कसैको भागमा छैन राजखानी तथा फिलो। बिङ्गो तास तथा कौडा खेलिएन कुनै दिन जुवाडे झैँ बनायो खै दसैँले हरुवा किन ?॥

Nepal Telecom ad

रामशरण न्यौपाने :

शरद्मा खनियो वर्षा बाढी र पहिरो गयो
धनको जनको नाश देशभित्र ठुलो भयो।
केटाकेटीहरू हाँसे भो म बुढो त हाँसिन
जुवाडे झैँ बनायो खै दशैँले हरुवा किन ?॥१

दसैँ हाम्रो महान् पर्व मान्नुपर्छ मनाइयो
संस्कारले सजाएर जिन्दगी यो बनाइयो।
घाँटी हेरेर नै हाड निल्नुपर्छ खुसी लिन
जुवाडे झैँ बनायो खै दशैँले हरुवा किन ?॥२

धुपौरो न त चाँदीको थाली नै किनियो ठुलो
रेलो लागेर पैसा त्यो जाने के खनियो दुलो।
बिटो ल्याएर राखेको पैसा बाँकी नि देखिन
जुवाडे झैँ बनायो खै दशैँले हरुवा किन ?॥३

न त घोर्लेखसी ढालेँ चलाएँ ल्याउँदै किलो
कसैको भागमा छैन राजखानी तथा फिलो।
बिङ्गो तास तथा कौडा खेलिएन कुनै दिन
जुवाडे झैँ बनायो खै दशैँले हरुवा किन ?॥४

ज्वाइँ छोरीहरू आए आए नाति र नानिनी
बन्धु बान्धवका साथै मित्र साथी र सङ्गिनी।
टीकोटालो तथा खाना दक्षिणामा बिते दिन
जुवाडे झैँ बनायो खै दशैँले हरुवा किन ?॥५

०००
भक्तपुर

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
युगल बसेल
युगल बसेल
1 year ago

कसैको भागमा छैन राजखानी तथा फिलो।।
किन झन् गानिदै जान्छ हिनताभासको पिलो।?

Nepal Telecom ad
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
1
0
Would love your thoughts, please comment.x
()
x