साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिम्राे कुकुरलाई कुकुर भन्दिन अब

ठेकदार प्रशासक वकिल विद्वान जे सुकै भन तर म तिम्रो कुकुरलाई कुकुर भन्दा पर केही देख्दिन भाे अब यस विषयमा केही लेख्दिन पनि तिम्रो कुकुरलाई कुकुर भन्दिन अब ।

Nepal Telecom ad

खगेन्द्र नेउपाने :

हैन !
साह्रै पाे रिसायाै त
के रे ?
तिम्राे कुकुरलाई कुकुर भन्न नहुने रे ?
कुकुरलाई कुकुर भन्दा तिम्राे पाे इज्जत जान्छ रे ?
ए हजुर !
मैले भेट्टाएकाे यादृच्छिकता यस्तै छ
मैले सिकेकाे शब्दकाेश त्यही छ
म कुकुरलाई कुकुरभन्दा फरक केही देख्दिन
म कुकुरलाई कुकुरभन्दा अलग्ग केही देख्दिन ।
समयले विवसताले काेही कुकुरहरु
सडककै बासिन्दा भए हाेलान्
माैका र अवसरले काेही कुकुरहरु
दरबार चढे हाेलान्
साेफासिन भए हाेलान्
बडाघरकाे शाैख पूरा गर्न
नक्कली ओैकातकाे विज्ञापन छर्न
काराराेही बने हाेलान्
पैसा थाेपर्दैमा कुकुर महान हुँदैन
मालिक्नीले अंगाल्दैमा कुकुरले जात फेर्दैन ।
केही ब्राण्डेड कुकुरहरु गधा जस्तै छन्
केही ब्राण्डेड गधाहरु कुकुर जस्तै छन्
ब्राण्डेड कुकुरहरु मालिक सुँघीरहन्छ
मालिककाे काखमा उँघीरहन्छन्
ब्राण्डेड गधाहरु असमयमा भुक्छन्
समयमा मालिककाे ओतमा लुक्छन् ।
भैगाे

तिम्रो कुकुरलाई केही नभनाैला
बरु तिमी नै भन
तिम्रो कुकुुरलाई नेता भन
तिम्रो कुकुरलाई अभिनेता भन
ठेकदार प्रशासक वकिल विद्वान जे सुकै भन
तर

तिम्रो कुकुरलाई कुकुर भन्दा पर केही देख्दिन
भाे अब यस विषयमा केही लेख्दिन पनि
तिम्रो कुकुरलाई कुकुर भन्दिन अब ।

०००
गाैरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
तीर

तीर

खगेन्द्र नेउपाने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x