साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बेसरम हाँसो

जतिखेर चाह्यो काला थैलाहरू मलाई तौलन सक्छन् जसरी चाह्यो काला थैलाहरू मेरो मोल लगाउन सक्छन् मेरो दैलो टेकेरै काला थैलाहरू फेरि उही बेरुजु स्वरहरूले चिच्याउँछन्।

Nepal Telecom ad

‘ए, खालि शिशी,
पुरानो कागज ….. ’
‘ए, खालि शिशी, ….
मेरो निद्रा टेकेर
अघि बढ्छन् यी केही भाँचिएका स्वरहरू
र, त्यसको छायाँमा देखा पर्छन् केही काला थैलाहरू
थैलामा छन् केही बेनाम बोतल
म आफ्नो चश्माबाट
त्यसको लेबल हराएका अक्षरहरूलाई
चिन्न सक्दिनँ
म हेर्छु
अहिले सर्वत्र व्याप्त छ
सहरभित्र त्यसको उपस्थिति
र, त्यसका दुर्गन्धयुक्त खप्टिएका
मैला दाँतहरू मलाई हेर्दै
बेसरमले हाँसिरहेका छन्
थैलाहरू काला छन्
काला छन् त्यसको बेहिसाबसँग
हुर्किरहेको ओँठको रङ
त्यसको ओँठको
हाँसो पनि कालै छ
र, त्यसको घिनलाग्दो थैलाहरूको सकसबाट
मुक्त हुन नसकेको भूगोलका किताबहरू
काला थैलाहरूभित्र बाँधिएका छन्
मेरो आँखाको आराम खोस्दै
अघि बढ्छन् फेरि यी कुरूप स्वरहरू
र, कराउँछन्
‘ए, खालि शिशी,
पुरानो कागज …
‘ए हुजुर, तपाईंको कुनै
खालि शिशी छ ?’
मुखभरि सुर्ती च्यापेका
यी काला थैलाहरू
मेरो चोकको भुइँमा पिच्च थुक्छ
र, त्यसको वाफको गन्धले
चोकका झ्यालहरूलाई एकपल्ट
बेस्मारी अँठ्याउँछ
पर्खालहरू नाघेर यी काला थैलाहरू
घरका छिँडीहरू चियाउँछन्
‘ए, खालि शिशी, ….
काला थैलाहरू आउँछन्
र, चोकहरूमा मलाई तौलन्छन्
एक किलो
दुई किलो
तीन किलो
काला थैलाहरू आउँछन्
र, मेरो मोल गर्छन्
एक सुका
एक मोहर
एक रुपैयाँ
जतिखेर चाह्यो
काला थैलाहरू मलाई तौलन सक्छन्
जसरी चाह्यो काला थैलाहरू
मेरो मोल लगाउन सक्छन्
मेरो दैलो टेकेरै
काला थैलाहरू फेरि उही
बेरुजु स्वरहरूले चिच्याउँछन्
‘ए हुजुर, तपाईंसँग खालि कागजहरू छ भने
मलाई दिइहाल्नू ….
मैले भर्खरै कोरेर सकेको
मेरो भूगोलको नक्सा सिरानीमा छ
र, त्योसँगै छ मेरो आफ्नो
एउटा परिपत्र
ती काला थैलाहरू
झ्याल बाहिरबाट मलाई घुरिरहेका छन्
र, त्यसका आँखाहरूले
मलाई भनिरहेका छन्
‘ए हुजुर, ऊ त्यो सिरानीको कागज
मलाई दिइहाल्नुस्
म लगिहाल्छु …’

२०४६

आँबुखैरेनी, तनहूँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ईश्वरहरुको युद्ध

ईश्वरहरुको युद्ध

भूपिन खड्का
भताभुङ्ग भएछ देश

भताभुङ्ग भएछ देश

दिनेश पाण्डेय
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
0
Would love your thoughts, please comment.x
()
x