सुलसुलेनिजामती स्रष्टाको रचनामा रमायो इटहरी
राष्ट्रसेवक कर्मचारीहरूद्वारा संकलित कविता संगालो ‘राष्ट्रसेवक काव्यकुञ्ज’ नामक कविता संग्रहको विमोचन विमर्श तथा रचना वाचन कार्यक्रमले इटहरी गुञ्जायमान भएको हो ।

इटहरी, श्रावण १४, २०७९ । राष्ट्रसेवक स्रष्टाहरूको एक जमघटले इटहरी गुञ्जायमान भएको छ । राष्ट्रसेवक कर्मचारीहरूद्वारा संकलित कविता संगालो ‘राष्ट्रसेवक काव्यकुञ्ज’ नामक कविता संग्रहको विमोचन विमर्श तथा रचना वाचन कार्यक्रमले इटहरी गुञ्जायमान भएको हो ।
एकीकृत सरकारी कर्मचारी संगठन नेपाल सुनसरी जिल्ला कार्य समितिद्वारा आयोजित सो कार्यक्रममा कविता संग्रहका बारेमा कवि मनु मञ्जिलले छोटो विवेचना गरेको सो कार्यक्रममा भुवन राई, प्रकाश राई, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव लगायतका वक्ताहरूले राष्ट्रसेवक काव्यकुञ्जका बारेमा मन्तव्य दिएका थिए ।
एकीकृत सरकारी कर्मचारी संगठन नेपाल सुनसरी जिल्ला कार्य समितिका अध्यक्ष गणेशप्रसाद भट्टराईको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि प्रदेश १ का सामाजिक विकास मन्त्री एवम् गीतकार राजन राईले राष्ट्रसेवक काव्यकुञ्जको विमोचन गर्दै आफू पनि सिर्जनामा रमाउन चाहने र साहित्यले समाजलाई उर्जा दिएर परिवर्तनका लागि घच्घच्याउने बताए ।
एकीकृत सरकारी कर्मचारी संगठन नेपाल सुनसरी जिल्ला कार्यसमिति सुनसरीले प्रकाशित गरेको सो कविता संग्रहमा बहालबाला र सेवा निवृत राष्ट्रसेवकहरूको कविता संकलन गरि प्रकाशनमा ल्याइएको हो । संग्रहमा १ सय २३ जना स्रष्टाहरूको कविता समेटिएको छ ।
कार्यक्रममा रमेश रेग्मी, अनु विज्ञाती, तेजकुमारी पराजुली, धीरेन्द्र शाह, अनिल किराती, केशव खतिवडा, प्रेमप्रकाश उप्रेती, खड्गबहादुर थापाले उक्त संग्रहमा प्रकाशित रचना वाचन गरेका थिए । यसै गरी अतिथि कविको रूपमा किरण सिवा, प्रज्वल पराजुली, बिराट अनुपम, टीका आत्रेय, कविता राई, देवान किराती लगायतकाले कविता सुनाएका थिए ।
-माधव पोखरेल ‘गोज्याङ्ग्रे’
उदयपुर, गाईघाट
Subscribe
Login
0 Comments
Oldest











































